Thursday, May 2
Shadow

स्थानिय तह

पाँच दिन लकडाउनको घोषणा

पाँच दिन लकडाउनको घोषणा

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाणडौं, पुष १९ कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि डोल्पामा पाँच दिन लकडाउनको घोषणा गरिएको छ। आइतबारदेखि पाँच दिन लकडाउन लगाइएको जिल्ला प्रशासन कार्यालय, डोल्पाले जनाएको छ। पुस २३ गतेसम्म सदरमुकाम दुनैको पूर्वमा लोचाखोला, पश्चिममा सुलिगाड, उत्तरमा भेरी पारीको सम्पूर्ण बस्ती र दक्षिणमा तिप्ला जानेबाटो क्षेत्रभित्र लकडाउन घोषणा गरिएको छ। यो अवधिमा बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट गर्न पाइनेछैन। लकडाउनमा पनि दैनिक उपभोग्य सामान खरिदका लागि समय तोकिएको छ। सदरमुकाम दुनै बजार क्षेत्रका खाद्यवस्तुलगायतका पसल बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खुला रहनेछन्। तर, होटल, रेस्टुरेन्ट, सैलुन, पुल हाउसजस्ता व्यवसाय पूर्ण रुपमा बन्द रहने छन्।...
चट्याङबाट मृत्यु भएका परिवारलाई रु एक-एक लाख सहयोग

चट्याङबाट मृत्यु भएका परिवारलाई रु एक-एक लाख सहयोग

आर्थिक, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । सप्तरीमा चट्याङबाट मृत्यु भएका चार जनाको परिवारलाई राहतस्वरुप रु एक/एक लाख प्रदान गरिएको छ । प्रदेश नं २ सरकारले राहतस्वरुप रु एक/एक लाखका दरले मृतक चार जनाको परिवारलाई आज सहयोग उपलब्ध गराएको हो । राजविराजस्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मृतक परिवारलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको हो । मन्त्री साहले सप्तरीको महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय केसीलाल साहको परिवारलाई रु एक/एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो । वर्षासँगै परेको चट्याङले गत असार ११ गते सप्तरीमा चार जनाको मृत्यु भएको थियो । घरमा गोसाइँ गाड्ने पूजाकर्मका लागि बुवाआमा र साथ...
बीरगंजमा ई–रिक्सा अव्यवस्थित, सम्बन्धित निकाय मौन

बीरगंजमा ई–रिक्सा अव्यवस्थित, सम्बन्धित निकाय मौन

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
वीरगंज १८ पुष । वीरगन्जमा सञ्चालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासीले ट्राफिक जाम तथा मनोमानी भाडा असुलीको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त बनेको छ । साथै, जथाभावी भाडा असुली गर्दा उपभोक्ता चरम मर्कामा पर्ने गरेका छन् । ई–रिक्सा सञ्चालनका लागि कुनै किसिमको मापदण्ड समेत बन्न नसकेकोले युवादेखि वृद्ध–वृद्धा तथा स–साना बालकहरुले पनि ई–रिक्सा चलाउने गरेको छन् । जसको परिणाम वीरगन्ज बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा चलाइरहेकाले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्या दिनदिनै बढिरहेको छ । वीरगन्जको घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठसम्म साँघुरा सडक, त्यसमा पनि ई–रिक्साहरुको घुइँचो भएकोले त्यस क्षेत्रमा विहान १...
मुर्ति चोरेको अभियोगमा जनप्रतिनिधि सहित ३ जना पक्राउ

मुर्ति चोरेको अभियोगमा जनप्रतिनिधि सहित ३ जना पक्राउ

अपराध, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । चितवनको रत्न नगरपालिका–१२ जिरौनाबाट बुद्धको मुर्तिसहित तीन जना पक्राउ परेका छन् । जिरौनास्थित जहारसिंह तामाङले पुरातात्विक महत्वको मुर्ति बिक्री प्रयोजनका लागि घरमा लुकाइछिपाई राखेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए । बागमती प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको संयुक्त टोलीले मुर्तिसहित उनीहरूलाई पक्राउ गरेको हो ।...
नुवाकोटको सबै स्थानिय तहका प्रचण्ड-माधब समुहका नेता कार्यकर्ताको भेला सम्पन्न

नुवाकोटको सबै स्थानिय तहका प्रचण्ड-माधब समुहका नेता कार्यकर्ताको भेला सम्पन्न

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, पुष १८ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले संसद विघटन गरे संगै विवादित बनेको नेकपाको ओली पक्ष र प्रचण्ड - माधब पक्षका नेता कार्यकर्ताहरुले एकले अर्का प्रति विरोध जनाईरहेका छन् । प्रचण्ड - माधब समुहले देश भर प्रधानमन्त्री ओलीको विरोध जनाईरहेको छ । शनिवार नुवाकोटको १२ वटै स्थानिय तहमा प्रचण्ड माधब समुहका नेता कार्यकर्ताहरु भेला भएका छन् । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटको ८८ वटै वडामा प्रचण्ड - माधब समुहका नेता कार्यकर्ता भेला भई प्रधानमन्त्री ओलीको कार्य गलत भएको भन्दै विरोध जनाएका छन् । तस्वीर  : ककनी गाउँपालिका वडा नं ८ मा भएको कार्यकर्ता भेला ...
ज्येष्ठ नागरिकलाई कोभिडबारे सचेतना

ज्येष्ठ नागरिकलाई कोभिडबारे सचेतना

समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौं, पुष १८ ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्च विराटनगरको वार्षिक साधारण सभा सम्पन्न भएको छ । विराटनगरमा शनिबार एक कार्यक्रमबीच सम्पन्न कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई विराटनगर महानगरपालिका वडा नम्बर १ कार्यालयले ज्येष्ठ नागरिकलाई मास्क सहयोग गरेको छ । वडाअध्यक्ष उद्धव अर्यालले वडा कार्यालयले ज्येष्ठ नागरिकलाई लक्ष्य गरी विभिन्न कार्यक्रम तय गरिएको बताए । भने,“ज्येष्ठ नागरिक समाजमा सम्पत्ती हुन अहिले महामारीका बेला उहाँहरुको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको सरोकार हो ।” कार्यक्रममा स्वास्थ्यकर्मीलाई सहभागी गराई ज्येष्ठ नागरिकलाई कोभिड १९ बाट बच्ने उपायबारे जानकारी गराइएको यिो । मञ्चका अध्यक्ष डिल्ली पोखरेलले कोभिड १९ का कारण चैतयता कुनै पनि गतिविधि गर्न नसकिएको भन्दै अब स्थिति सहज हुँदै गए तीर्थाटन गराउने जानकारी दिए । भने,“कोरोनाले ज्येष्ठ नगारिक नै बढी प्रभावित ब...
गुल्मीमा २ हजार ७८५ निजी आवास पुन:निर्माण सम्पन्‍न

गुल्मीमा २ हजार ७८५ निजी आवास पुन:निर्माण सम्पन्‍न

आर्थिक, समाज, स्थानिय तह
  काठमाण्डौं, पुष १८ वि.सं. २०७२ सालमा गएको भूकम्पबाट गुल्मीमा क्षति पुगेका २ हजार ७८५ निजी आवास पुन:निर्माण सम्पन्‍न भएको छ। राष्ट्रिय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय तम्घास गुल्मीका प्रमुख सूर्यनारायण झाका अनुसार हालसम्म गुल्मीमा २ हजार ७८५ जनाले निजी आवास पुन:निर्माण तर्फको अन्तिम किस्ता लिएका छन्। गुल्मीका कूल ४ हजार ४३६ लाभग्राहीमध्ये ४ हजार २०३ जनाले अझै सम्झौता गरेका छन्। सम्झौता गरेका लाभग्राहीहरूले पहिलो किस्ता लिइसकेका छन् भने दोस्रो किस्ता लिनेको संख्या भने ३ हजार ३७८ रहेको कार्यालयकी कम्प्युटर अपरेटर पार्वती खत्रीले जानकारी दिइन्। प्राधिकरणले तोकेको मापदण्ड अनुसार घर निर्माण नभएकाले पनि तेस्रो किस्ता लिनेको संख्या कम रहेको कार्यालयका फिल्ड इन्जिनियर बिष्णु पाण्डेले जानकारी दिए। कतिपयले ...
पर्यटन तथा नागरिक उड्डयन मन्त्री ढकाल नुवाकोटमा

पर्यटन तथा नागरिक उड्डयन मन्त्री ढकाल नुवाकोटमा

ब्यानर समाचार, राजनिती, स्थानिय तह
काठमाडौ, पुस १८ पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल आज(शनिबार) नुवाकोट पुगेका छन । नुवाकोटको बिकास निर्माण र धर्मिक तथा पर्यटकीय स्थलको अबलोकन गर्न नुवाकोट पुगेका मन्त्री ढकाललाइ विदुर ५ देबिघाट मा जनप्रतिनिधि तथा स्थानीयहरुले स्वागत गरेका छन । विदुर ५ का वडा अध्यक्ष शिवकुमार चित्रकारले मन्त्री ढकाललाइ स्वागत गर्दै नुवाकोटको धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराएका थिए । मन्त्री ढकाल जालपा देवि मन्दिर दर्शन पछी नेकपा पार्टी कार्यालय विदुरमा नेता तथा कर्याकर्ता सङग अन्तर्कृया गरेका छन ।...
सिमा नाकाबाट एक वर्षमा माइति नेपालले गर्यो ८३ जनाको उद्धार

सिमा नाकाबाट एक वर्षमा माइति नेपालले गर्यो ८३ जनाको उद्धार

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । माइती नेपाल बर्दियाले सिमा नाकाबाट एक वर्षमा ८३ जनाको उद्धार गरेको छ । मानब बेचबिखन तथा ओसारपसारविरुद्धका क्रियाकलाप सञ्चालन गर्ने क्रममा माइती नेपाल बर्दियाले सन् २०२० जनवरीदेखी डिसेम्बरसम्म एक वर्षको अवधिमा ८३ जनाको उद्धार गरेको जनाएको छ । सो अबधिमा नेपाल भारतको सिमा र देस भित्रै बिभिन्न हिंसामा परेका महिला तथा बालबालिका गरि ८३ जनालाई उद्धार गरि आवसिय परामर्श सेवा प्रदान गरिएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जनाकारी दिइन् । भारतबाट १ जनालाई उद्धार गरी नेपाल ल्याइएको उनले बताइन् । एक वर्षको अबधिमा खोजतलास तथा उद्धारका लागि ३७ वटा निवेदन परेको थियो । जसमध्ये १९ जना फेला परेका छन् । त्यस्तै जबरजस्ती करणी उधोगका २२ वटा, मानब बेचबिखनका ३ वटा, घरेलु हिंसाका ४९ वटा घट्नामा प्रभावितलाई आवसिय परामर्श एवं कानुनी सहायता प्रदान गरिएको माइती नेप...
विद्यार्थी अभावमा विशेष शिक्षा बन्द

विद्यार्थी अभावमा विशेष शिक्षा बन्द

शिक्षा, समाचार, समाज, स्थानिय तह
  काठमाडौं, पुस १८ । विद्यार्थी अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए । विसं २०६१ देखि विशेष शिक्षा सञ्चालनमा रहेको भए पनि विद्यार्थीको अभावमा बन्द भएको हो । उनले भने, “अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा आएको भए पनि विद्यार्थीको अभाव देखाउँदै विशेष शिक्षा बन्द भएको छ ।” पछिल्लो समयमा कोरोना भाइरसका कारणसमेत विशेष शिक्षाका लागि विद्यार्थी खोज्न नसकेको सम्बन्धित विद्यालयले जनाएका छन् । एकातिर अपाङ्गता भएका विद्यार्थीको शिक्षामा पहुँच पुग्न सकेको छैन...