Thursday, May 2
Shadow

स्थानिय तह

दाइले आगो सल्काउँदा दुई वर्षीय बहीनीको मृत्यु

दाइले आगो सल्काउँदा दुई वर्षीय बहीनीको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । बैतडी जिल्लामा चार वर्षीय बालकले आगो सल्काउँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ । सिगास गाउँपालिका-३ साउन खेतमा बुधबार अपरान्ह खरमा आगो सल्काउँदा बालिकाको मुत्युभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । साउन खेतमा बस्ने मनवीर साउदको चार वर्षीय छोरा दीपेश साउदले आफ्नै घर पछाडि राखेको खरमा सलाई कोरेर आगो सल्काउँदा साथमा रहेकी दुई वर्षीया बहिनी रेखा साउदको जलेर घटनास्थलमानै मृत्यु भएको जनाइएको छ ।...
सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट तौलिहवामा

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट तौलिहवामा

आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौं, पुष १७ तौलिहवा । सिद्धार्थ बैंक लिमिटेडले पुस १५ गतेबाट कपिलवस्तु स्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ। बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको बैंकले जनाएको छ ।...
कपिलबस्तुमा जनता आवास निर्माणमा बिचौलियाको रजाइँ

कपिलबस्तुमा जनता आवास निर्माणमा बिचौलियाको रजाइँ

आर्थिक, मुख्य समाचार, स्थानिय तह
कपिलबस्तु, पुष १७ जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं ६ मा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेका घरमा मापदण्ड अनुसारको इट प्रयोग भएको छैन । वार्ड नं ६ को भिल्मी गाँउमा ७ वटा घर र कर्मा गाउँमा २ वटा गरी कुल ९ वटा घर निर्माण भईरहेको छ। घर निर्माण कार्य नै नियम बिपरीत भईरहेको छ। नियम अनुसार घर निर्माण हुन लागेको ९ जना को उपभोक्ता समितिले उक्त निर्माण कार्य गर्ने भए पनि वार्ड नं ६ मा यस्तो छैन। त्यहाँ बिचौलियले फाइदा उठाई रहेका छन। बिचौलियले घर निर्माणमा स्टीमेट बिपरीत कार्य गरेको देखिएको छ। स्टीमेटमा एक नंबर ईटा रहे पनि बिचोलियले तेस्रो नंबरको कम्सल ईट प्रयोग गर्दै आएको छ। एक जना (घर निर्माण हुने ब्याक्ती )अनुसार इँटा खासलदा हामीले तेस्रो नम्बरको इटा अस्वीकार गरेका थियौ । इटा ठीक छैन भन्दा पनि राजकुमारले भन्छन की जगमा ( बुनियाद ) यहीँ इटाबाट रहनेछ । पर्खालमा एक नंबर इट प्रयोग...
नेपाली कांग्रेस काठमाण्डौँले मनायो ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस

नेपाली कांग्रेस काठमाण्डौँले मनायो ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १६ नेपाली कांग्रेसले बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । देशभर विभिन्न कार्यक्रम गरेर कांग्रेसले ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । नेपाली कांग्रेस काठमाण्डौँले पनि एक कार्यक्रम गरि दिवस मनाएको छ । लामो प्रवासपछि बिपी कोइराला, गणेशमान सिंह लगायत कांग्रेस नेता स्वदेश फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा कांग्रेसले मनाउँदै आएको छ । २०३३ पुस १६ गते तत्कालीन कांग्रेस सभापति कोइराला र नेता सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । सोहि दिनको सम्झनामा कांग्रेसले आज देश भर उक्त दिवस मनाएको हो । काठमाण्डौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य किरण गिरीले मेलमिलापले नै देशको वर्तमान राजनितिलाई सुधार्न सक्ने बताए । नेकपामा मात्र नभई सबै राजनितिक दलमा मेलमिलापको भावना विकाश गर्नुपर्नेमा जोड दिए ।...
हिउँदे बिदामा पनि पठनपाठन शुरु, फागुनमा वार्षिक परीक्षा सञ्चालन

हिउँदे बिदामा पनि पठनपाठन शुरु, फागुनमा वार्षिक परीक्षा सञ्चालन

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
  काठमाडौं, पुस १६ । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए । बुधबारदेखि विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीको उपस्थित न्यून रहेको बताइएको छ । कोरोना त्रासका कारण जिल्ला बाहिरका शिक्षक आउन नमानेको र स्थानीय शिक्षकले विद्यालय खोलेर सञ्चालनमा ल्याएका हुन् । जिल्ला बाहिरका शिक्षक उपस्थित नहुँदा बुधबारदेखि खोलिएका गाउँपालिकाभित्र...
काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन

काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १५ । घोडाघोडी यातायात प्रालिले काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन गर्ने भएको छ । घोडाघोडी यातायात प्रालि र रुकुम पूर्व÷पश्चिम यातायात प्रालिको आज बसेको संयुक्त बैठकले काठमाडौँदेखि रुकुम पूर्वसम्म बससेवा सञ्चालन गर्ने निर्णय गरेको हो । मुस्ताङको जोमसोम, मुक्तिनाथ, म्याग्दीको दर्वाङ, बागलुङमा बससेवा सञ्चालन गरेको घोडाघोडी यातायात प्रालिले पहिलोपटक मध्यपहाडी राजमार्ग हुँदै रुकुमपूर्व बससेवा सञ्चालन गर्न लागेको हो । घोडाघोडी यातायात प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको चाहनालाई ध्यानमा राखेर काठमाडौँदेखि पोखरा, बागलुङ हुँदै रुकुमपूर्व बस सञ्चालन गर्न लागेको जानकारी दिए । बस काठमाडौँको नयाँ बसपार्कबाट छुट्ने छन् । घोडाघोडी यातायात प्रालिमा हाल ३० बस सञ्चालनमा रहेका छन् । उक्त प्रालिका बस पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्दछन् ।...
सात लाख ३३ हजार भातीय रुपैयाँसहित दुई जना पक्राउ

सात लाख ३३ हजार भातीय रुपैयाँसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १४ । सशस्त्र प्रहरी टोलीले धनुषा जिल्लाको नगराईन नगरपालिका–२ जटही स्थित सीमा ईलाकाबाट सात लाख ३३ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका–४ बस्ने ५८ वर्षीया पुष्पदेवी ठाकुर र २९ वर्षीय अजितकुमार ठाकुर छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ।  ...
दाङमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

दाङमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १४ । दाङको देउखुरीमा जीपले ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । लमही नगरपालिका ५ नर्तीमा लु२च ५६६४ नम्बरको जीपले सोमबार बेलुकी ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति ज्यान गएको हो ।...
पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरबाट पानी खसालियो

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरबाट पानी खसालियो

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १४ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । उनका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो । उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त र...
आफन्त नहुदा दलित युवकको तिन दिन पछि उठ्यो सब

आफन्त नहुदा दलित युवकको तिन दिन पछि उठ्यो सब

समाचार, समाज, स्थानिय तह
खगेन्द्र अबस्थि , कैलाली , पुस १३ । कैलालीमा आफन्त नहुदा एक दलित युवकको तिन दिन  पछि सब उठेको छ । जिल्लाको घोडाघोडि नगरपालिका ४ माघिमा रहेको एक दलित परिवारको युवाको सब तिन दिन पछि आज उठेको हो ।आफन्त नहुदा सब उठन् सकेको थिएन । मृतककि श्रीमति भने अपाङ्ग हुनुहुन्छ घरको अबस्था समेत एक दम नाजुक रहेको स्थानीयको भनाई रहेको छ । लगाउनलाई एक जोड कपडा नभयको हामिले देखेका नै छौ पुस महिनाको जाडोमा घरमा ओढ्ने ओछ्याउने नभयको र जाडोले कठङ्ग्रियर उहाको मृत्यु भएको मृतककि श्रीमतिले बताउनु भयो । साथै उहाँहरूको दनिय अबस्था देखेर दलित जनजागरण मञ्च र घोडाघोडि उधोग बाणिज्य संघ तथा बिभिन्न ब्यक्ति मिलेर न्यानो कपडा र आर्थिक सहयोग समेत गरेको छन । दलित जनजागरण मञ्च घोडाघोडिका अध्यक्षले गरिब विपन्न परिवार भएकाले केहि स्वार्थ नबोकि स्थलगत बुझ्दा मन रोएपछि आफुबाट र बिभिन्न संघसंस्थाको प्रतिनिधिद्वारा सहय...