Friday, April 19
Shadow

स्थानिय तह

हुम्लाकोे तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झर्‍यो, जनजीवन कष्टप्रद

हुम्लाकोे तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झर्‍यो, जनजीवन कष्टप्रद

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
हुम्ला, २२ पुस । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेंसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । हुम्लाकोे तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ । चिसोले सिमकोट आसपास चल्ने सडक अवरुद्ध भएका छन् । सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएको हो । समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइसम्म...
सडक निर्माणका क्रममा ढुङ्गाले लागेर रसुवामा एक मजदुरको मृत्यु

सडक निर्माणका क्रममा ढुङ्गाले लागेर रसुवामा एक मजदुरको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २० रसुवामा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदुरकाे ज्यान गएको छ । ज्यान गुमाउनेमा नौकुण्ड गाउँपालिका १ यार्साका ४५ वर्षीय धनबहादुर तामाङ रहेका छन् । मङ्गलबार बिहान पाैने १० बजे धुन्चे–खाेदल सडक खण्डकाे केबुमा एक्स्काभेटरले सडक खन्ने क्रममा सडककाे तल नाली निर्माण गरिरहेका तामाङकाे ढुङ्गाले लागेर ज्यान गएकाे प्रहरीले जनाएकाे छ । एक्स्काभेटरले नाली निर्माण गर्ने ठाउँभन्दा झण्डै ५० मिटरमाथि काम गरिरहेको थियो । प्रहरीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ९ का २७ वर्षीय चालक रविन तामाङलाई एक्स्काभेटरसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
कैलालीमा ७ किलो चरेशसहित होटल सञ्चालक पक्राउ

कैलालीमा ७ किलो चरेशसहित होटल सञ्चालक पक्राउ

अपराध, समाचार, समाज, स्थानिय तह
कैलाली, पुस २० । कैलालीमा चरेशसहित एक होटलका सञ्चालक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका अत्तरियास्थित जानकी होटलका सञ्चालक बलबहादुर धामी पक्राउ परेका हुन। उनको साथबाट ७ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ। धामीलाई प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले पक्राउ गरेको हो।...
ओझेल भित्रको बागलुङ थास्पुरी गाउँको  भित्रि कथा

ओझेल भित्रको बागलुङ थास्पुरी गाउँको भित्रि कथा

विचार, समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं २० बागलुङ जिल्ला साविक खुखांनी गाविस वडा नम्बर ६ हाल तमानखोला गा.पा. ५ मा पर्ने एउटा दलितहरुको बस्ति रहेको गाँउको नाम हो थास्पुरी ।यो गाउमा पुग्न ब्यापारिक केन्द्र बुर्तिवाड्ड बजार बाट १९ किलोमिटरको यात्रा पार गर्नुपर्दछ, समुन्द्रि सतह देखि करिव ३२ सय मिटर उचाईमा रहेको यस गाउको कथा भने बडो रोचक र आश्चर्य जनक छ । आजको विकाश ले थास्पुरी गाउको उबेलाको पिडा भुसुक्कै सिर्साएको छ अझ युवा पुस्तालाई यो कुरा सुनायो भने त यस्तो पनि हुन सक्छ भनेर उल्टै प्रश्न गर्छन तर अहिलेझै थिएन त्यो बेलाको थास्पुरी गाउ यति पढे पछि जोकोही लाई प्रश्न जन्मिन्छ वा जिज्ञासा लाग्छ उसो भए , कस्तो थियो त ? वा कस्तो हुदो हो त ? स्थानीयहरु संग गरिएको यो रोचक अनि आश्चर्य लाग्दो थास्पुरी गाउको कथा ।   करिवन १९७० साल तिर तीन घर ढुड्डा र छ घर खरको गरेर जम्मा नौ घर रहेको थास्पुरीको ...
गैंडाको खागसहित कैलालीमा एक जना पक्राउ

गैंडाको खागसहित कैलालीमा एक जना पक्राउ

अपराध, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २० कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए । उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी उपाध्यायले जानकारी दिए ।...
हुम्लामा भारी हिमपात : जनजीवन कष्टकर , किसान भने खुशी, हवाई सेवा बन्द

हुम्लामा भारी हिमपात : जनजीवन कष्टकर , किसान भने खुशी, हवाई सेवा बन्द

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , पुस २० । हुम्लामा भारी हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । हिजो दिउँसोदेखि वर्षा भएसँगै चिसो बढेर हिमपात भएको हो । मौसममा आएको बदलीसँगै एक्कासी बाक्लो हिमपात भएर जमिनमा बाक्लो हिउँ जमेको छ । जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र हिमपातले सेताम्य भएका छन् । चिसो निक्कै बढेपछि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । हिमपातका कारण जेष्ठ नागरीक तथा बालबालीकालाई भने चिसोले समस्या परेको छ । हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पनि बन्द भएको छ । यता वर्षासँगैको हिमपात भएकाले बाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन् ।...
बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बाजुरा, पुस २० ।बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको बडिमालिका नगरपालिका वडा नम्वर ६ कोर्धमा घाँस काट्ने क्रममा लडेर एक जनाको मुत्यु भएको हो । मृत्यु हुनेमा वडा नम्वर ६ कोर्धका धन बहादुर खड्का रहेका छन् । उनि शनिवार दिउसो घाँस काट्नको लागि घर नजिकै रहेको मेलामा गएका थिए । खड्का अवेर सम्म घरमा नआएपछि स्थानियले खोजि गर्दा आईतवार विहान घर नजिकै रहेको खणिल्ला मेलामा घाईते अवस्थामा भेटिएको र केही समयपछि उनको ३ बजे मृत्यु भएको स्थानीय जङग खड्काले जानकारी दिए ।...
प्रभु मनि ट्रान्सफरद्धारा शोले यूवा क्लब तमानखोला लाम्मेलालाई खेलकुद सामाग्री सहयोग

प्रभु मनि ट्रान्सफरद्धारा शोले यूवा क्लब तमानखोला लाम्मेलालाई खेलकुद सामाग्री सहयोग

खेलकुद, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
लक्ष्मी तिवारी/काठमाण्डौं १९ विदेशबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्नका लागि विश्वासिलो माध्यम बनेको प्रभु मनी ट्रान्सफरले तमानखोला गा.पा.४ मा रहेको शोले युवा क्लबलाई खेलकुद सामग्री सहयोग गरेको छ । संचारकर्मी जसिन्द्र श्रीपालीको पहलमा प्रभू प्रभु मनि ट्रान्सफरले खेलकुद सामाग्री सहयोग गरेको हो। प्रभू बैंक तथा ग्रुपमा अध्यक्ष समेत रहनुभएका बंंैकर देवि प्रकाश भट्टचनको जन्मथलो समेत रहेको उक्त क्लबले खेलकुद क्षेत्रमा मात्र नभएर समाजमा चेतना स्तर उकास्न, सामाजिक जनचेतनाको काम हरु समेत गर्न सकोस भन्ने अपेक्षा रहेको प्रभु मनी ट्रान्सफरको अपेक्षा रहेको बताउनु भएको छ । भट्टचन केहि वर्ष पहिले सोहि क्लबले प्रत्येक वर्ष आयोजना गर्ने जेष्ठ मेला समापन गर्न हेलिकप्टर मार्फत परिवारिक सदस्य सहित उक्त स्थानमा पुग्नुभएको थियो । हाल कोरोना महामारिको समय छ यो समय प्राय मान्छे गाउघरमा फुर्सदिला भ...
काठमाण्डौँ जान्छु भनेर हिडेका ककनीका तामाङ मृत अवस्थामा फेला

काठमाण्डौँ जान्छु भनेर हिडेका ककनीका तामाङ मृत अवस्थामा फेला

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १९ नुवाकोटको ककनी गाउँपालिका ५ थानसिङ बस्ने ४५ वर्षीय श्याम तामाङ घरदेखि करिब ४ किमि टाढा बाटोमा शनिवार साँझ मृत अवस्थामा फेला परेका छन् । पुस १५ गते काठमाडौं जान भनेर हिँडेका उनी शनिवार घर फर्कने क्रममा मृत फेला परेका हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
सभापति के.सीद्धारा पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सभापति के.सीद्धारा पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

राजनिती, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष १९ नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह के.सीले बेलकोटगढी नगरपालिका वडा नं १३ पाखुरेमा रहेको पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कोभिड १९ अर्थात कोरोनाभाइरसको प्रभावले बन्द रहेका विद्यालयहरु संचालनमा आए संगै विद्यालयहरुलाई स्वास्थ्य सामाग्री आवश्यकता रहेकाले सभापति के सीले उक्त विद्यालयलाई माक्स, सेनिटाइजर,थर्मल गन लगाएतका सामाग्री हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा बेल्कोटगढी नगरपालिका-काठमाडौं सम्पर्क समितिका अध्यक्ष श्याम ढुंगाना, नकुल पाण्डे,लागाएत स्थानिय र विद्यालयका शिक्षक, शिक्षिकाको उपस्थिति रहेको थियो । ...