काठमाडौं, पुस १८ । माइती नेपाल बर्दियाले सिमा नाकाबाट एक वर्षमा ८३ जनाको उद्धार गरेको छ ।
मानब बेचबिखन तथा ओसारपसारविरुद्धका क्रियाकलाप सञ्चालन गर्ने क्रममा माइती नेपाल बर्दियाले सन् २०२० जनवरीदेखी डिसेम्बरसम्म एक वर्षको अवधिमा ८३ जनाको उद्धार गरेको जनाएको छ ।
सो अबधिमा नेपाल भारतको सिमा र देस भित्रै बिभिन्न हिंसामा परेका महिला तथा बालबालिका गरि ८३ जनालाई उद्धार गरि आवसिय परामर्श सेवा प्रदान गरिएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जनाकारी दिइन् ।
भारतबाट १ जनालाई उद्धार गरी नेपाल ल्याइएको उनले बताइन् । एक वर्षको अबधिमा खोजतलास तथा उद्धारका लागि ३७ वटा निवेदन परेको थियो । जसमध्ये १९ जना फेला परेका छन् । त्यस्तै जबरजस्ती करणी उधोगका २२ वटा, मानब बेचबिखनका ३ वटा, घरेलु हिंसाका ४९ वटा घट्नामा प्रभावितलाई आवसिय परामर्श एवं कानुनी सहायता प्रदान गरिएको माइती नेपालले जनाएको छ ।
माइति नेपालले विगत २८ वर्षदेखी मानब बेचबिखनविरुद्ध रोकथाम एवं जनचेतना मुलक कार्यक्रम अन्तर्गत बिभिन्न पालिकासँग समन्वय र सहकार्य गर्दे पालिका तथा वडा स्तरीय अन्तर्क्रिया, अभिमुखीकरण लगाएतका कार्यक्रम गर्दै आएको छ ।