Monday, June 5
Shadow

स्थानिय तह

तारकेश्वर – ५ ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्‍यो

तारकेश्वर – ५ ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्‍यो

समाचार, स्थानिय तह
तारकेश्वर नगरपालिकाको ५ नम्बर वडाको नागार्जुन माबिको प्रांगणमा ५ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाइको कार्यक्रम आयोजना गर्‍यो । बुलन्द आवाजका संचालक राजन नेपालले जनताको प्रस्न , सुझाव लाई सहजीकरण गरेका थिए भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष शम्भु फुयालले गर्नुभएको थियो ।अतिथिहरुमा वडा सदस्य जयराम अर्याल ,सावित्री गुइदेल,रामकुमारी दाहाल ,अनन्तमणि आचार्य वडा सचिव संगिता शर्मा ,स्वस्थ्य प्रतिनिधि सुनिल फुयाल हुनुहुन्थ्यो  । उक्त कार्यक्रममा वडाका बासिन्दा ले खानेपानीको समस्या , सडकको समस्या ,सडक बत्ति को समस्या , स्वास्थमा थप सेवाका लागि प्रविधि ,पर्यावरणको रक्षा , सार्वजनिक जग्गा र सरकारी जग्गाको संरक्षण , शिक्षण संस्थाको समस्या , ढलको समस्या लगायत बिषयमा सुझाव /गुनासो हरु आएका थिए । वडा सचिब , नगरपालिका को सामाजिक बिकास संयोजक-परशुराम अर्याल , वडा सदस्यहरुले र  परशुराम अर्य...
टोखा नगरपालिकामा नेपाल शिक्षक संघको दोस्रो अधिवेशन सम्पन्न

टोखा नगरपालिकामा नेपाल शिक्षक संघको दोस्रो अधिवेशन सम्पन्न

ब्यानर समाचार, स्थानिय तह
२०७९/१०/२६ गते श्री तिलिङ्गाटार मा.बि.मा श्री सरोजकुमार पाण्डेज्युको सभापतित्वमा रबिन महर्जन, अध्यक्ष - ऋषि तिमल्सिना, सचिब - राजेन्द्र बुढाथोकी, सह-सचिब - हरिकृष्ण धिताल, सदस्यमा सृजना अधिकारी लगाएत केन्द्रिय प्रतिनिधिज्युको उपस्थितिमा टोखा न.पा.भित्र रहेको बिधालयको प्र.अ.तथा शिक्षकज्युहरुको उपस्थितिमा नेपाल शिक्षक संघ टोखा नगर समितिको दोस्रो स्थानीय अधिबेशन सम्पन्न भयो ।                  उक्त अधिबेशनबाट धुर्ब अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भयो। नयाँ कार्यसमितिलाई उपस्थित अतिथि हरुले हार्दिक बधाईका साथ सफल कार्यकालको सुभकामना दिनुभएको थियो । सरस्वतीको प्रतिमा अंकित मायाको चिनो निवर्तमान अध्यक्ष श्री सरोजकुमार पाण्डेज्युबाट अतिथि लगाएत संघमा रहेर सहयोग पुर्‍याउने सबैलाई बितरण भएको थियो ।...
तारकेश्वर नगरपालिका द्वारा तारकेश्वर मेयर कप रनिङशिल्ड प्रतियोगिताको उद्घाटन

तारकेश्वर नगरपालिका द्वारा तारकेश्वर मेयर कप रनिङशिल्ड प्रतियोगिताको उद्घाटन

खेलकुद, ब्यानर समाचार, स्थानिय तह
काठमाडौ - तारकेश्वर नगरपालिकाले तारकेश्वर मेयर कप रनिङशिल्ड प्रतियोगिताको उद्घाटन नगरप्रमुख कृष्णहरि महर्जनले गर्नुभएको थियोे । कार्यक्रमको अध्यक्षता तारकेश्वर -८ को वडा अध्यक्ष श्यामकृष्ण सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम संचालन तारकेश्वर-२ का वडा अध्यक्ष राधाकृष्ण खड्गीले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिमा नगरप्रमुख कृष्णहरि महर्जन हुनुहुन्थ्यो । बिशिस्ट अतिथिमा सिर्जना बुर्लाकोटी अर्याल हुनुहुन्थ्यो । अतिथिमा वडा अध्यक्ष हरु बिदुर सापकोटा , परशुराम अर्याल , शम्भु फुयाल , नरेन्द्रदास श्रेष्ठ , घनश्याम श्रेष्ठ , सानुकाजी खत्री , श्यामकृष्ण महर्जन , कुमार राई , कविराज बस्नेत र नगर शिक्षा समिति सदस्य तथा खेल संयोजक राजेन्द्रप्रसाद तिमल्सिना  हुनुहुन्थ्यो । कार्यक्रममा नगरपालिकाका खेलप्रेमी बुद्धिजीवी , समाजसेवी , सामुदायिक र संस्थागत स्कुलका प्रधानाध्यापक , क्याम्पस प्...
एकीकरण मार्ग पदयात्री लाई तारकेश्वर ३,४,५ का वडा अध्यक्षले गरे स्वागत र सम्मान

एकीकरण मार्ग पदयात्री लाई तारकेश्वर ३,४,५ का वडा अध्यक्षले गरे स्वागत र सम्मान

ब्यानर समाचार, ब्यानर समाचार 2, स्थानिय तह
पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्तिको अवसरमा नेपाली सेनाले गोर्खा देखी काठमाडौ पृथ्वीनारायण शाहले एकीकरणको क्रममा प्रयोग गरेको  पदमार्ग लाई स्मरण गर्दै गरेको " एकीकरण मार्ग पदयात्रा कार्यक्रम को स्वागत तारकेश्वर ३,४,५ का वडा अध्यक्ष क्रमशः परशुराम अर्याल , नरेन्द्रदास र शम्भु फुयालले पञ्चकन्या , पञ्चेबाजा , धिमेबाजा खादा माला ले जितपुरको पाचमाने भञ्ज्याङ् , तिनपिप्ले चोकमा गोलढुङ्गाको भ्युटावर , बसाहचौरको पृथ्वीनारायण माबिमा र गुह्येश्वरिमा स्वागत र सम्मान गरेका थिए । पृथ्वीनारायण माबी ले मन्तव्य सहितको भब्य स्वागत गरेको थियो जस्को अध्यक्षता वडा अध्यक्ष शम्भु फुयाल ले गर्नुभएको थियो । त्यस अवसरमा स्थानीय जनताको पनि भब्य उपस्थितले स्वागत गरेका थिए । ...
तारकेश्वर नगरपालिकाको बाह्रौं नगर सभा सम्पन्न

तारकेश्वर नगरपालिकाको बाह्रौं नगर सभा सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2, स्थानिय तह
तारकेश्वर नगरपालिकाको बाह्रौं नगर सभा तारकेश्वर नगरपालिका - ६ स्थित हेल्पिङ ह्यान्डको भवनमा सम्पन्न भयो। कार्यक्रम संचालन नगर प्रबक्ता राधाकृष्ण खड्गी ले गर्नुभएको थियो । सभाको सभाअध्यक्ष नगर प्रमुख कृष्णहरि महर्जनले गर्नुभएको थियो भने प्रमुख अतिथि पुर्व रक्षामन्त्री भिमसेनदास प्रधान जि हुनुहुन्थ्यो । विषेश अतिथिहरुमा प्रदेश सांसद अमन मास्के , रामबिर मानन्धर , रामेश्वर बोहरा , बिष्णुभक्त तिमल्सिना हुनुहुन्थ्यो । अतिथि हरुमा नगरका राजनैतिक दलका प्रमुख/प्रतिनिधि हरु थिए ।प्रमुख अतिथिले पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरिएको थियो । उद्घाटन पछि नगरप्रमुख कृष्णहरि महर्जनले नगरसभामा अर्धबार्षिक कार्यक्रमको समिक्षा सहित भएगरेका योजना र अब गरिने कार्यक्रम को पत्र बाचन गर्नुभएको थियो । स्वागत मन्तव्य विदुर सापकोटाले राख्नु भएको थियो भने वडा अध्यक्ष हरुको तर्फबाट नगरवासीको हितमा नगरबासी र नगरप...
मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योग र खानीहरू बन्द

मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योग र खानीहरू बन्द

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
मापदण्ड विपरीत जथाभावी संचालन भइरहेका क्रसर उद्योग र बालुवा खानीलाई जिल्ला प्रशासन कार्यालय धादिङले आइतबारदेखि पुर्णरुपमा संञ्चालनमा रोक लगाएको छ । गृह मन्त्रालयले देशभर अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न र दर्ता प्रक्रिया पूरा गरे नगरेको छानबिन गर्न निर्देशन दिएसँगै धादिङमा सञ्चालनमा रहेका १७१ वटा क्रसर, बालुवा धुने फिरफिरेलगायतका खानी आइतबारबाट बन्द गराइएको हो। २०७४ सालबाट स्थानीय तहको संरचना कार्यान्वयनमा आएपछि धादिङमा मापदण्डविपरीत अवैध उत्खनन निकै बढेर गएको थियो। गृह मन्त्रालयले प्राकृतिक स्रोतको उत्खनन र अवैध रूपमा निकासी पैठारी भएको भन्दै तत्काल बन्द गर्न निर्देशन गरेपछि जिल्ला प्रशासन कार्यालय धादिङले ढुङ्गा, गिट्टी र बालुवाका सबै उद्योग र खानीहरू बन्द गर्न निर्देशन दिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो। जिल्लामा सञ्चालन हु...
तारकेश्वर नगरपालिका : ६० % अनुदानमा कृषि सामग्रीहरू माग सम्बन्धी सूचना

तारकेश्वर नगरपालिका : ६० % अनुदानमा कृषि सामग्रीहरू माग सम्बन्धी सूचना

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
तारकेश्वर नगरपालिकाले ६० % अनुदानमा कृषि सामग्रीहरू वितरण गर्ने भएको छ। यस नगरपालिका भित्रका इच्छुक कृषक/ कृषक समूह कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले सात दिन (2079/10/2) भित्र देहाय बमोजिमका कागजात हरू सहित कृषि विकास शाखा मा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। विस्तृत जानकारी का लागि तल पत्रमा उल्लेख गरिएको छ । ...
बिदा लिएर बाली घुम्न गए बालेन

बिदा लिएर बाली घुम्न गए बालेन

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एक हप्ता लामो इन्डोनेसिया भ्रमणमा गएका छन् । मंगलबार श्रीमतीसहित इन्डोनेसिया गएका बालेनको यो व्यक्तिगत भ्रमण रहेको उनको सचिवालयले जनाएको छ । उनका स्वकीयसचिव भूवदेव शाहका अनुसार उनी पुष २५ गते नेपाल फर्किने कार्यतालिका छ । इन्डोनेसियाको बाली नेपालीहरुको लागि सबैभन्दा धेरै भ्रमण गन्तव्यको शहर हो । यहाँ जानको लागि पूर्ववत् भिसा लगाउनु नपर्ने भएकोले यहाँ नेपालीहरु धेरै घुम्न जाने गर्छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेनको यो पहिलो वैदेशिक भ्रमण रहेको पनि शाहले बताए ।...
टोखा नगरपालिका : सम्पत्ति कर, वहालकर , एवं व्यावसाय कर तिर्ने सम्बन्धी सूचना

टोखा नगरपालिका : सम्पत्ति कर, वहालकर , एवं व्यावसाय कर तिर्ने सम्बन्धी सूचना

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
टोखा नगरपालिकाले यस क्षेत्र भित्र दर्ता भई सञ्चालनमा आएका व्यक्ति तथा संघ संस्था लाई सम्पत्ति कर, वहालकर , एवं व्यावसाय कर तिर्न भनि एक सूचना जारी गरेको छ। साथै दर्ता नभएको व्यवसायीहरूले व्यावसाय दर्ता गरि कर तिर्न नगरपालिकाले यस सूचना द्वारा जानकारी गराएको छ। सूचना मा उल्लेख भए अनुसार नगर्ने व्यक्ति तथा संस्थालाई प्रचलित कानुन अनुसार कारबाही हुने बेहोरा समेत जानकारी गराईन्छ । ...
तारकेश्वर नगरपालिका : दर्ता सहयोगी छनौट सम्बन्धी सूचना

तारकेश्वर नगरपालिका : दर्ता सहयोगी छनौट सम्बन्धी सूचना

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
तारकेश्वर नगरपालिकाले नागरिकहरूको स्वास्थ्य बिमा कार्यक्रम का लागि जारी गरिएको सूचना अनुसार रित पुर्व निवेदन र छनौट समितिको निर्णय अनुसार उमेदवार छनौट भएको यसै सूचना द्वारा जानकारी गरिन्छ । जसमा मुख्य उम्मेदवार मा विकास तिमल्सीना रहनुभएको छ भने बैकल्पीक उम्मेदवार मा विन्दु तामाङ हुनुहुन्छ। उमेदवार मा छनौट हुनु भएको मा धेरै धेरै बधाई तथा शुभकामना। ...