काठमाडौ, पुस १८
पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल आज(शनिबार) नुवाकोट पुगेका छन ।
नुवाकोटको बिकास निर्माण र धर्मिक तथा पर्यटकीय स्थलको अबलोकन गर्न नुवाकोट पुगेका मन्त्री ढकाललाइ विदुर ५ देबिघाट मा जनप्रतिनिधि तथा स्थानीयहरुले स्वागत गरेका छन । विदुर ५ का वडा अध्यक्ष शिवकुमार चित्रकारले मन्त्री ढकाललाइ स्वागत गर्दै नुवाकोटको धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराएका थिए ।
मन्त्री ढकाल जालपा देवि मन्दिर दर्शन पछी नेकपा पार्टी कार्यालय विदुरमा नेता तथा कर्याकर्ता सङग अन्तर्कृया गरेका छन ।