Friday, April 19
Shadow

चट्याङबाट मृत्यु भएका परिवारलाई रु एक-एक लाख सहयोग


  • -इ
  • इ+

काठमाडौं, पुस १८ । सप्तरीमा चट्याङबाट मृत्यु भएका चार जनाको परिवारलाई राहतस्वरुप रु एक/एक लाख प्रदान गरिएको छ । प्रदेश नं २ सरकारले राहतस्वरुप रु एक/एक लाखका दरले मृतक चार जनाको परिवारलाई आज सहयोग उपलब्ध गराएको हो ।

राजविराजस्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मृतक परिवारलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको हो ।

मन्त्री साहले सप्तरीको महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय केसीलाल साहको परिवारलाई रु एक/एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

वर्षासँगै परेको चट्याङले गत असार ११ गते सप्तरीमा चार जनाको मृत्यु भएको थियो । घरमा गोसाइँ गाड्ने पूजाकर्मका लागि बुवाआमा र साथीसँगै कोशी नदी गएका बेचन यादव र कपाल काटन लगिएका हजाम नकछेदी ठाकुरको चट्याङ लागेर मृत्यु भएको थियो । बेचन महादेवा गाउँपालिकाका खरिदार थिए ।

यसैगरी लकडाउनका बेला विद्यालय बन्द भएपछि घर आएका उदयपुरको रानीवास खाँबुस्थित जनता माविका शिक्षक केसीलाल साहको धान रोप्ने खेतमा काम गर्न निक्लिएका बेला चट्याङ लागेर मृत्यु भएको थियो । खेतमा काम गरिरहेकी ललीतादेवी यादवको समेत सोही दिन चट्याङ लागेर मृत्यु भएको थियो ।

चट्याङ लागेर राजगढ गाउँपालिका–४ की २१ वर्षीया आशाकुमारी मण्डल र बेचनसँगै कोशी नदी गएका उनका साथी दीपक यादव घाइते भएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares