Thursday, April 18
Shadow

ज्येष्ठ नागरिकलाई कोभिडबारे सचेतना


  • -इ
  • इ+

काठमाण्डौं, पुष १८

ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्च विराटनगरको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

विराटनगरमा शनिबार एक कार्यक्रमबीच सम्पन्न कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई विराटनगर महानगरपालिका वडा नम्बर १ कार्यालयले ज्येष्ठ नागरिकलाई मास्क सहयोग गरेको छ । वडाअध्यक्ष उद्धव अर्यालले वडा कार्यालयले ज्येष्ठ नागरिकलाई लक्ष्य गरी विभिन्न कार्यक्रम तय गरिएको बताए । भने,“ज्येष्ठ नागरिक समाजमा सम्पत्ती हुन अहिले महामारीका बेला उहाँहरुको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको सरोकार हो ।”

कार्यक्रममा स्वास्थ्यकर्मीलाई सहभागी गराई ज्येष्ठ नागरिकलाई कोभिड १९ बाट बच्ने उपायबारे जानकारी गराइएको यिो । मञ्चका अध्यक्ष डिल्ली पोखरेलले कोभिड १९ का कारण चैतयता कुनै पनि गतिविधि गर्न नसकिएको भन्दै अब स्थिति सहज हुँदै गए तीर्थाटन गराउने जानकारी दिए । भने,“कोरोनाले ज्येष्ठ नगारिक नै बढी प्रभावित बनेका छन । स्वास्थ्य जोखिममा रहेको कारणले सरकारले समेत विशेष कार्यक्रमहरु गर्न आवश्यक छ ।”

त्यस अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा आजीवन सदस्यता प्राप्त गर्ने सदस्यलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares