Thursday, April 18
Shadow

ओझेल भित्रको बागलुङ थास्पुरी गाउँको भित्रि कथा


  • -इ
  • इ+

जसिन्द्र श्रीपाली, काठमाण्डौं २०

बागलुङ जिल्ला साविक खुखांनी गाविस वडा नम्बर ६ हाल तमानखोला गा.पा. ५ मा पर्ने एउटा दलितहरुको बस्ति रहेको गाँउको नाम हो थास्पुरी ।यो गाउमा पुग्न ब्यापारिक केन्द्र बुर्तिवाड्ड बजार बाट १९ किलोमिटरको यात्रा पार गर्नुपर्दछ, समुन्द्रि सतह देखि करिव ३२ सय मिटर उचाईमा रहेको यस गाउको कथा भने बडो रोचक र आश्चर्य जनक छ ।

आजको विकाश ले थास्पुरी गाउको उबेलाको पिडा भुसुक्कै सिर्साएको छ अझ युवा पुस्तालाई यो कुरा सुनायो भने त यस्तो पनि हुन सक्छ भनेर उल्टै प्रश्न गर्छन तर अहिलेझै थिएन त्यो बेलाको थास्पुरी गाउ यति पढे पछि जोकोही लाई प्रश्न जन्मिन्छ वा जिज्ञासा लाग्छ उसो भए , कस्तो थियो त ? वा कस्तो हुदो हो त ? स्थानीयहरु संग गरिएको यो रोचक अनि आश्चर्य लाग्दो थास्पुरी गाउको कथा ।

 

करिवन १९७० साल तिर तीन घर ढुड्डा र छ घर खरको गरेर जम्मा नौ घर रहेको थास्पुरीको नाम भने भिरालो र ठाडो भूभाग भएको कारण सिड्डो गाउको नाम नै थास्पुरी बस्न गएको त्यहाका अग्रज स्थानीयहरु बताउछन् हुन त पन्चायत काल तिर प्राय गाउ घरमा बेसा (गाउ बाट एक थरि बाली लगेर अर्को ठाउ बाट अर्को बाली साटेर ल्याउने प्रथा) बोक्न नहिडे सम्म परिवारको गुजारा चल्दैन थियो, हरेक परिवारको मुख्य मान्छेहरु साहुको बेसा बोक्न जानै पथ्र्थो नत्र साझ विहान तार्न मुस्किल हुन्थ्यो , साहुको भारि बोक्न गएकै बेला आफ्नो लागी पनि धेरथोर बोकेर आउनुपथ्र्यो, यो संस्कार जस्तै बनेको बाध्यात्मक अवस्था बाट थास्पुरी गाउ पनि अछुतो थिएन।

 

स्थानीय नर बहादुर सुन्चौरी भन्नुहुन्छ चामलको भात खान तिहार कुर्नु पथ्र्यो, गोरु तिहारको दिन भात नखाएपछि गोरु होईन्छ भन्ने पुरानो मानसिकताले वर्ष भरि नै दुख भोग्नु पथ्र्यो,यदि वर्ष भरिको दुख ले पनि चामल जोहो गर्न सकिएन भने गोरु हुन बाट बचिन्छ भन्ने मानसिकता बोकेर धानको एक केस्रा वाला सम्म भएनी जोहो गरिनुपथ्र्यो, उहा भावुक हुदै थप्नुहुन्छ मैले पन्ध्र सोह्र वर्षको उमेरमा पनि जुत्ता लाउन पाएको होईन यो मेरो मात्र समस्या भने होईन किनकी साहुको छोरा छोरी बाहेक सबैले प्राय खाली खुट्टा नै दैनिकि तार्नु पथ्र्यो, मैले सम्झना भए सम्म प्रन्ध वर्षको उमेरमा जुत्ता लगाए तर कपडाको वा अहिले आउने ब्राण्डेड होईन , काठको सोल बनाएर पुवाको टुना हालेर ।

 

दुख सुनाई नसक्नु छ कम्तिमा १ हप्ता देखि बढिमा १५ दिन सम्म लगाएर भारि बोक्न जानु पथ्र्यो बाटोमा खाने खर्च र पकाउने भाडा वर्तन आफै बोकेर जानुपथ्र्यो धेरै जस्तो ठाउमा बास पाईदैन थियो अनि त ओधार, जंगल वा बाटोमा बस्नुको विकल्प हुदैन थियो । दोहोरो भारी बोक्नुपर्ने बाध्यता एकातिर साहुको ऋणको चिन्ता अर्का तिर , १५ दिन लगाएर भारि बोकेर आएनि प्राय नगद दिदैन थिए त्यहि बोकेर ल्याएको बालि वा नुन बाट कति बोक्न सकेको छ त्यसको आधारमा ३,४ माना वा एक बटुको नुन दिएर श्रम शोषण गर्थे ,

हामीले छिमेकि गाउका आफन्तले झै अझ बढि दुख गरेनौ किनकि हाम्रो बस्तिमा हामी बाहेक अर्को समुदाय थिएनन् त्यसकारण त्यस्तो थिचोमिचोमा भने बस्नु परेन ।

 

गाउमा राम्रो लाउने मिठो खाने भन्ने त्यो प्रचलन नै थिएन किनकि को कहा जाने र राम्रो वा मिठो ल्याउने , त्यतिबेला कोहि देश परदेश जाने भन्ने पनी थिएन, सबैको दुख लगभग उस्तै र उहि थियो कोहि गई हाले भने भारत सम्म पुग्थे ।

अहिलेको जस्तो धारा, पधेरो उतिबेला थिएन, कुवा खोपेर वा काठको पानी जम्मा गर्ने  भाडा (डोठो) राखेर पानि खानुपथ्र्यो, एक पटक संगालेको पानिले हप्तौ पु¥याउनु पर्ने वाध्यता त्यो बेला थियो । गाई भैंसिले पनि त्यहि मान्छेले पनि त्यहि पानि खानुपर्ने त्यो कठिन परिस्थितीको साक्षि नया पुस्तामा विर वहादुर गोतामे सम्म पर्नु हुन्छ ।

 

त्यतिबेला मान्छेमा लोभ, स्वार्थ भेटिदैन थियो, आफनो लागी मात्र बनाउ, जोगाउ भन्ने मानसिकता बाट मान्छे दुर थिए र त प्रत्येक वर्ष जनताकै आपत नहोस भनेर राखिन्थ्यो ठुलो धरम भकारि ।

के हो धरम भकारि ? किन राखिन्थ्यो यो ?

उतिबेला अहिलेको जस्तो भण्डारण कक्ष थिएन, सिजन अनुसारको वालि ले केहि निश्चित समय मात्र खान पुग्थ्यो अर्थात १२ महिना पुरापुर खान पुग्दैन थियो , त्यहि आपतकालिन अवस्थालाई मध्यनजर गर्दै गाउको कुनै एउटा ठुलो स्वरुप भएको घर मा एउटा चोया बाट निर्मित मान्द्रो वा भकारि तयार गरेर अन्न भण्डार कक्ष निर्माण गरिन्थ्यो यसैलाई धरम घर भनिन्छ । धरम घर विशेष गरि भैपरि आउन सक्ने भोकमरि अनिकान वा अन्नपात अभावको बेला सहयोग पुगोस भनेर तयार गरिन्थ्यो, बालि भिœयाउने समयमा सबै गाउलेले उक्त धरम भकारिमा एक वाठी पा तीन देखि ६ माना सम्म अन्नपात जम्मा गर्थे चैत बैशाखमा गाउ भेला गरि अन्नपात वितरण गरिन्थ्यो , एक पाठी अन्न चलाए वापत एक माना ब्याजको रुपमा तिर्नु पथ्र्यो सबैको हितको निमिक्त भएकोले नै यसको नाम धरम भकारि भनिएको स्थानीय बताउछन ।

 

अहिलेको जस्तो महामारि उतिबेला पनि नभएका होइनन् , रोगको नाम थाहा हुदैन थियो प्राय सिजन अनुसारको रोग हुने भएकोले सबै प्रकृतिको समस्या लाई हैजा आउ जस्ता नाम दिईन्थ्यो , पटक पटक गाउ नै रित्तिन्छ जस्तो गरि मान्छे मर्ने रोग आए तर उबेला अहिले जस्तो हस्पिटल , डक्टर भन्ने केहि हुदैन थिए, ढुड्डे देवता लाइ पुज्नु, तिनकै नाममा भेडा बाख्रा बलि दिनुको विकल्प थिएनन् । सबै भन्दा बलियो र शक्तिशाली समय रहेछ , समय संगै सबै कुरा फेरिने रहेछ । त्यहि समय जन्मियो थास्पुरी मन्दली थान ,

 

किन यतिविधि बिश्वास छ मन्दली थान माथि ? के हो यस्को वास्तविकता ?

आजको युग बिज्ञान र प्रविधिको युग हो , अहिलेको समय प्राय मान्छेहरु देवि देवता भनेको केवल  आस्था वा आत्माशान्तिको एक विकल्प सम्झन्छन तर सोहि खुंखानी गाउको थास्पुरीमा पर्ने एउटा अझैसम्म पनी जनआस्था रहेको लोकप्रिय धार्मिक स्थल छ थास्पुरि मन्दली थान।

 

यो नाम पश्चिम बागलुङको केहि गाउहरुमा निक्कै प्रचलित छ ,मान्छेहरु थास्पुरी मन्दलीको नाम जुठो मुख उच्चारण गर्न डराउछन् , परिवारमा जुठो परेको समय त्यस ठाउ आसपास जान मान्दैनन् त्यो बाटो पारेर जाने पैदल यात्रीले त्यहि मन्दलीको नाममा दर्शन नगरि बाटो काट्न सक्दैनन् , त्यहा बर्सेनी ५० औ भाकलहरुमा खशी बलि चढाईन्छ , आजको युगमा डक्टर ,शिक्षकका रुपमा स्थापित भएका मान्छेहरु पनी त्यहा“ आस्था राख्छन पाठपूजा गर्छन आखिर किन यसरि  लोकप्रिय बन्यो त थास्पुरी मन्दली ? नर बहादुर सुन्चौरी यसो भन्नुहुन्छ ,

 

पहिले गाउमा गाईको बाच्छो, भैसिको पाडो, एक पछि अर्को गर्दै मर्नं थाले , स–साना बालबच्चा लामो समय विरामी हुने र एक पछि अर्को गर्दै ज्यान जान थाल्यो , जतिसुकै समधान खोजे नी यो क्रम रोकिएन मान्छेहरुमा त्रास छायो, सबै दुखित थिए , सोहि क्रममा नया गाउबाट एकजना धामी आए जस्ले १२ वर्ष देवीको थमौटी गर्नुपर्ने कुरा सुनाए, त्यहि धामिको सल्लाह बमोजीम त्यहाका अग्रज हरुले थमौटीको लागी खोला पारि पर्ने खुंखानी गाउको शेलेनारा भन्नेमा मन्दिर निर्माण गरि लैजाने सल्लाह गरे । थास्पुरी गाउ बाट झाक्रि धामि संगै देवीको नाममा भाले उठाएर लगियो , शेलेनारा भन्ने ठाउमा पुगेपछि उक्त भाले एकैपटक थौरैमा तीन सय मिटर लामो उडेर हाल जहा“ मन्दली थान छ सोहि स्थानमा आएर बस्यो , यो देखेपछि त्यहा जम्मा भएको स्थानीय , धामि, झाक्रि सबै चकित परेर सोहि ठाउमा मन्दिर निर्माण गरेर त्यस्को नाम मन्दिली थान नामांकरण गरे ।

 

त्यहा सुरुमा खमारीको रुख थियो हाल भने ओखरको बोट लगाइएको छ , त्यस मन्दिर भित्र ढुड्डाकै मुर्ति छ, जुन मुर्तिमा बलि दिएर रगत पारिदैन् बरु सिन्दुरले रंगीलो बनाईन्छ , यो थान सुरुमा श्रीपाली भाई बन्धुले स्थापना गरेता पनी यस्ले हाल भने खुखांनी थास्पुरी गाउकै परिचय झल्काएको छ, साथै सोहि मन्रि नजिकै सुन्चौरीहरुले पाठ पूजा गर्दै आएको कुल थान मन्दिर समेत छ , हाल यहा श्रीपाली , सुन्चौरी , गोतामे , हर्मेल लगायतका भाईहरुले दर्शन पाठ पुजा गर्छन भने यहाको देवीको नाममा पाठ पुजा गर्नेको संख्या असंख्य बन्दै गएको छ ।

 

समय बिस्तारै फेरिदै गयो, मान्छेहरु बिस्तारै चेतनशिल हुदै गए , बाटोमा बेसा बोकेर आउदै गर्दा मान्छे हरु स्कुल आएको गएको देखिन्थो यो कुराले गाउघरमा पनि बिद्यालय स्थापना गर्नु पर्छ भन्ने मानसिकता बन्दै गयो । अनि थास्पुरी गा“उमा पनी एकै कक्षाको भएनी बिद्यालय खोल्नुपर्छ भन्ने मानसिकता त्यहाको स्थानीयमा हुन थाल्यो , फागुन महिनामा सदरमुकाम बागलुङमा प्रधानपञ्च भेला हुन्थ्यो , त्यहि मौका पारेर आफ्नो गाउमा स्कुल माग गर्ने थास्पुरीका अग्रजहरुको सल्लाह थियो सो समय मान्छेहरु सामाजिक कामको पद धारण गर्न डराउथे । सामाजिक काममा अग्रसर अग्रजहरु मध्ये एक नाम थियो छम बहादुर गोतामे, उहा सामाजिक रुपमा निकै लामो समय काम गर्दै आउनुभएको थियो गाउमा बिकाश भिœयाउनु पर्छ भन्ने कुरामा निकै लागीपर्ने ब्यक्ति , छम बहादुर गोतामे संगै केहि अग्रजहरु बसेर गा“उमा स्कुल बनाउने बारे माग गर्न प्रधानपञ्च भेलामा बागलुङ जाने निर्णय भयो त्यो समय गाउमा यसरि सामाजीक काममा जानुपर्छ भन्ने मानसिकताको मान्छे खासै हुदैन थिए कारण सबै मान्छे आ आफनो काममा ब्यस्त रहन्थे । सबैको सल्लाह बाट नर बहादुर सुन्चौरी र केहि स्थानीय गएर २०४१ साल मा बिद्यायल माग गर्नु भयो, २०४२ सालमा ३ कोठे भवन तयार गर्ने प्रस्ताव पास भयो, स्थानीय जनश्रमदान र केहि आर्थिक सहयोगमा बिद्यालय त बन्यो तर तीन कोठे बिद्यालय बनेता पनी १ कक्षा बाहेक पढाउने अवस्था थिएन, एक त पढ्न लाई मान्छे ईच्छुक हुदैन थिए किनकी सबै स्थानीय हरु कामकाजमा ब्यस्त रहन्थे, सबैमा पढ्न पर्छ भन्ने मानसिकता बनी सकेको थिएन जस्ले गर्दा विद्यालयमा विधार्थी संख्या पुग्दैन थियो । त्यो भन्दा विशेष कुरा दलित हरुको बसोबास भएको ठाउ भएको कारण कुनै पनि शिक्षक थास्पुरी गाउमा पढाउन जान मान्दैन थिए तथापि बिद्यालय स्थापना हुनुमा एउटा गौरविलो नाम नेत्रनाथ सुवेदिको समेत हो जस्लाई स्थानीयहरु अझै याद र प्रसंसा गर्छन उहाको ।

 

ओझेलमा परेको खुंखानी थास्पुरीमा बिस्तारै विकाश र परिवर्तनको वास्ना आउन थाल्यो, स्थानीय हरुले आफ्ना छोराछोरी बिद्यालय पठाउन थाले १२,१४ दिनमा भारी बोकेर आउनुपर्ने ठाउ“मा भारि बोकेका घोडा खच्चर गाउमै पुग्न थाले जनतामा विस्तारै नैराश्यता हटेर खुशी थपिन थाल्यो ।

थास्पुरी गाउमा बिद्यालय भन्दा लामो समय देखिको समस्या शुद्ध ब्यबस्थित खानेपानीको थियो, स्थानीय हरु काठ बाट निर्मित पानि राख्ने भाडा (डोठो) मा पानी जम्मा गरेर खानुपथ्र्यो त्यहि ठा“उमा गाई,भैसिले त्यहि ठाउमा मान्छेले पानि पिउनुपर्ने बाध्यता लामो समय सम्म जिवित रहेको पछिल्लो पुस्ताका स्थानिय विर बहादुर गोतामे अझै प्रस्ट सम्झनुहुन्छ । उहा भन्नुहुन्छ घर भन्दा केहि पर पहरा खापेर सानो पानी निकालेका थियौ घण्टौको लामो पालो कुरेपछि पानि भर्ने मौका पथ्र्यो एक जना मान्छे त पानि भर्नकै निमिक्त हरेक दिन खटिनुपर्ने बाध्यता रहन्थ्यो।

 

 

उहाकै वुवा स्वर्गीय छम बहादुर गोतामे लाई त्यस गाउमा देखिएको पानीको समस्याले निकै दुखि बनाई रहेको थियो , उहाले उक्त पानीको हाहाकार लाई दुर गराएर थास्पुरी बासिन्दालाई सहजै पानी उपलब्ध बनाउने बारे निकै चिन्तित हुनुहुन्थ्यो, त्यो समय अहिलेको जस्तो सहयोगी संघ संस्था पनी थिएनन् , माग गर्न बागलुङ पुग्नुपथ्र्यो त्यो पनि पास हुने नहुने केहि टुड्डो लाग्दैन थियो । उहा निरन्तर रुपमा लागीरहनुभयो अन्तत २०४४ सालमा उहाकै नेतृत्वमा आइ.एन. एफ. नामक संस्थाको सहयोगमा तल्लो बस्तिलाई लक्षित गरि एउटा र उपल्लो बस्ति लाई लक्षित गरि एउटा धारा निर्माण भयो ,धाराको निर्माण भए संगै त्यहाको स्थानीयले लामो समय भोग्दै आएको समस्या हट्यो, घण्टौको लाईन बस्नु परेन ,गाई भैंसि संगै एकै ठाउमा पानी पिउन परेन , जनताको ओठमा खुशीको बहार छाउदै गयो।

 

गाउमा विस्तारै विकाशले गति लिदै गयो, टुकी बत्ति , दियालो बिस्तापित भए गाउ गाउमा बिजुली बल्न थाल्यो , सदरमुकाम झरेसि सुनिने फोनको टोन गाउ गाउमा सुनिन थाल्यो, देश प्रदेशमा भएका मान्छेहरु संग घरमै बसेर हेराहेर गर्न पाईएको छ, कस्ले सोच्यो र यस्तो दिन पनी आउछ भनेर , स्थानीय जय प्रकाश सुन्चौरी हर्षित हुदै सुनाउनुहुन्छ । उ बेलाको दुख सुनाउदा यस्तो कथा जस्तो लाग्ने कुरा पनि सत्य होला र भनेर उल्टै प्रश्न गर्छन अहिलेका पुस्ता, सबै कथा झै भएको छ समय नै परिवर्तन भएपछि सत्य पनि स्वयम् लाई झुठ झै लाग्ने ।

 

उबेला गाडि देख्न सबैभन्दा नजिक भनेकै सदरमुकाम बाग्लुड्ड पुग्नुपथ्र्यो , हाम्रो जिजू बाजे तीन महिना देखि छ महिना हिडेर काठमाण्डौ पुगेको इतिहास हामी स्वयमले सुन्न पाएका हौ कस्ले सोचोको थियो र पखेरै पखेरा भएको यो गाउमा पनि अहिले यसरि धुलो उडाउदै गाडि गुड्ला भनेर।

थास्पुरी गाउमा दिनमा तीन चार वटा सम्म गाडि ओहोर दोहोर गर्छन, बुटवल भैरहवा पुगेर ल्याउनुपर्ने खाद्यान्न गाउ गाउमै आएका छन , हाल थास्पुरीको गाबडाडा सम्म मोटर बाटो पुगेको छ थास्पुरी हुदै लाम्मेला सन्तर जोड्ने बाटो खन्ने नया समिति चयन भैसकेको छ, यो आर्थिक वर्षमा सन्तर डाडा निकाल्न बजेटले प्राप्त मात्रामा नपुगे पनि कालेगोठ नाम ठाउ सम्म पु¥याउने तार्गेट रहेको जय प्रकाश सुन्चौरी बताउनु हुन्छ ।

 

थास्पुरी गाउका प्राय युवाहरु बैदेशिक रोजगार को निमिक्त दक्षिण कोरियामा छन् । आर्थिक आयआर्जनका निमिक्त एकदमै राम्रो भएता पनी लो लहर र विदेशिने संकार जस्तै बनेको समयले भोली सक्षम युवा जति सबै बाहिरै रहिरने हुनकि भन्ने चिन्ता बढ्न थालेको स्थानीय विर बहादुर गोतामे बताउनुहुन्छ , उहा दलित समुदाय बाट एस.एल.सि. पास गर्ने उक्त गाउबाट पहिलो ब्यक्ति हुनुहुन्छ उहाले २०५१ सालमा एस.एल.सि. दिनुभएको थियो । युवालाई स्वदेशमै रोजगार युक्त बनाउन सकेमात्र देशको विकाश हुने उहाको भनाई छ।

 

 

 

 

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares