Friday, April 26
Shadow

हुम्लामा भारी हिमपात : जनजीवन कष्टकर , किसान भने खुशी, हवाई सेवा बन्द


  • -इ
  • इ+

काठमाडौं , पुस २० । हुम्लामा भारी हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । हिजो दिउँसोदेखि वर्षा भएसँगै चिसो बढेर हिमपात भएको हो । मौसममा आएको बदलीसँगै एक्कासी बाक्लो हिमपात भएर जमिनमा बाक्लो हिउँ जमेको छ ।

जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र हिमपातले सेताम्य भएका छन् । चिसो निक्कै बढेपछि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् ।

हिमपातका कारण जेष्ठ नागरीक तथा बालबालीकालाई भने चिसोले समस्या परेको छ । हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पनि बन्द भएको छ । यता वर्षासँगैको हिमपात भएकाले बाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares