Saturday, April 20
Shadow

प्रभु मनि ट्रान्सफरद्धारा शोले यूवा क्लब तमानखोला लाम्मेलालाई खेलकुद सामाग्री सहयोग


  • -इ
  • इ+

लक्ष्मी तिवारी/काठमाण्डौं १९
विदेशबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्नका लागि विश्वासिलो माध्यम बनेको प्रभु मनी ट्रान्सफरले तमानखोला गा.पा.४ मा रहेको शोले युवा क्लबलाई खेलकुद सामग्री सहयोग गरेको छ । संचारकर्मी जसिन्द्र श्रीपालीको पहलमा प्रभू प्रभु मनि ट्रान्सफरले खेलकुद सामाग्री सहयोग गरेको हो।

प्रभू बैंक तथा ग्रुपमा अध्यक्ष समेत रहनुभएका बंंैकर देवि प्रकाश भट्टचनको जन्मथलो समेत रहेको उक्त क्लबले खेलकुद क्षेत्रमा मात्र नभएर समाजमा चेतना स्तर उकास्न, सामाजिक जनचेतनाको काम हरु समेत गर्न सकोस भन्ने अपेक्षा रहेको प्रभु मनी ट्रान्सफरको अपेक्षा रहेको बताउनु भएको छ । भट्टचन केहि वर्ष पहिले सोहि क्लबले प्रत्येक वर्ष आयोजना गर्ने जेष्ठ मेला समापन गर्न हेलिकप्टर मार्फत परिवारिक सदस्य सहित उक्त स्थानमा पुग्नुभएको थियो ।


हाल कोरोना महामारिको समय छ यो समय प्राय मान्छे गाउघरमा फुर्सदिला भएर बसेको छन , मान्छे मानसिक रुपमा मात्र तन्दुरुस्त भएर हुदैन शारिरिक रुपमा समेत मजबुत हुन आवश्यक छ , त्यस्को निमिक्त खेल खेल्न अति आबश्यक हुन्छ हाल क्लबमा खेलकुद सामाग्री अभाव देखिएकोले उक्त समस्या लाई मध्यनजर गर्दै आफुले प्रभु मनि ट्रान्सफरसंग समन्वय गरेको संचारकर्मी जसिन्द्रले बताउनुभएको छ ।

जसिन्द्रका अनुसार प्रभु मनि ट्रान्सफर,प्रभू बैंक तथा स्वयम अध्यक्ष देवि प्रकाश भट्टचन को यो पहिलो सहयोग नभई धेरै पटकको सहयोग मध्य एक रहेकोले प्रभू बैंक परिवार प्रति धन्यवाद ज्ञापन गर्नुभएकोछ । भट्टचनले यस अघि पनि उक्त गाउ र गाउका जनताको निमित्त आर्थिक एवम् भौतिक सहयोग गर्दै आउनुभएको छ । उहाले केहि हप्ता अगाडि मात्रै पश्चिम क्षेत्रलाई लक्षित गरि खरिद गरिएको एम्बुलेन्समा समेत ब्यक्तिगत रुपमा आर्थिक सहयोग गर्नु भएको थियो ।


हाललाइ संचारकर्मी श्रीपाली संग समन्वय गरि शोले युवा कल्बलाई ८ सेट भलिवल जर्सी, १५ थान फुटवल जर्सी , एक थान भलिवल, एक थान फुटवल ,पम्प र अन्य केहि खेलकुद सामाग्री सहयोग गरिएको हो साथै यो बाहेक केहि थान जर्सी श्रीपालीले ब्यक्तिगत रुपमा समेत सहयोग गरेको जानकारि दिनुभएको छ ।

जन्मभूमिको क्लबको निमिक्त सानै भएनी सहयोग गर्न पाएकोमा आफुहरु आभारि रहेको अध्यक्ष भट्टचनको भनाई छ साथै आगामी दिनमा समेत सहयोग गर्नुपर्ने विषयको प्रकृति हेरि आफुले सहयोग गर्ने उहाले बताउनुभयो । भट्टचनले आफ्नै कार्यकक्षमा संचारकर्मी जसिन्द्रलाई जर्सी हस्तान्तरण गर्नु भएको हो ।

आफुले उक्त सामाग्री गाउ पठाउने चाजोपाजो मिलाउदै गरेको र गाउ पुगे लगत्तै एउटा कार्यक्रम नै गरि क्लब लाई उक्त समाग्री हस्तान्तरण गर्ने जानकारि दिनु भयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares