Friday, April 19
Shadow

सडक निर्माणका क्रममा ढुङ्गाले लागेर रसुवामा एक मजदुरको मृत्यु


  • -इ
  • इ+

काठमाण्डौँ, पुष २०
रसुवामा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदुरकाे ज्यान गएको छ । ज्यान गुमाउनेमा नौकुण्ड गाउँपालिका १ यार्साका ४५ वर्षीय धनबहादुर तामाङ रहेका छन् ।

मङ्गलबार बिहान पाैने १० बजे धुन्चे–खाेदल सडक खण्डकाे केबुमा एक्स्काभेटरले सडक खन्ने क्रममा सडककाे तल नाली निर्माण गरिरहेका तामाङकाे ढुङ्गाले लागेर ज्यान गएकाे प्रहरीले जनाएकाे छ । एक्स्काभेटरले नाली निर्माण गर्ने ठाउँभन्दा झण्डै ५० मिटरमाथि काम गरिरहेको थियो ।

प्रहरीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ९ का २७ वर्षीय चालक रविन तामाङलाई एक्स्काभेटरसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares