Friday, May 3
Shadow

समाज

बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं मंसिर २६ पश्चिम बाग्लुङ्गको तमानखोला गाउपालीका ५ खुखांनीमा ३३३ मिटर लामो पुल बने संगै ओझेमा परेको खुखांनी गाँउ बिस्तारै चर्चामा आउन थालेको हो । नेपाल सरकार सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभागको सहयोगमा निर्मित यस ठूलोबिसाउना झोलुंगे पुल निर्मार्ण सकिए संगै यहा घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । १०० मे. टन अर्थात ७१९ जना पदयात्री भारवहन क्षमता भएको उक्त ठूलोबिसाउना पुलमा घुम्न आउने आन्तरिक पर्यटक लाई मनोरञ्जन संगै स्थानीय लाई समेत राहत पुगेको छ। ठूलोबिसाउना देखि देविस्थान मन्दिर (जुईधारा)सम्म जोडिएको यो पुल निर्माण भए संगै १ घण्टा लामो र उकालो बाटो हिड्नुपर्ने झन्झट हटेर २० मिनेटमा सरर आसपासको दृश्य अवलोकन गर्दै पुलको यात्रा गर्न पाएकोमा आफुहरु निकै खुशि रहेको स्थानीयको भनाई रहेको छ । ठूलोबिसाउना पु...
अझै तीन महिना चालक अनुमति पत्रका लागि ट्रायल नखुल्ने

अझै तीन महिना चालक अनुमति पत्रका लागि ट्रायल नखुल्ने

टिप्स, ब्यानर समाचार 2, समाचार, समाज
काठमाण्डौँ, मंसिर २६ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) अझै तीन महिना नखुल्ने भएको छ । जाडो महिनाभरी कोरोना भाइरसको जोखिम उच्च रहने भएकाले अझै तीन महिना अनुमति पत्र (ट्रायल) नखोल्नका आन्तरिक छलफल भएको यातयात व्यवस्था विभागले जनाएको छ । चालक अनुमति (ट्रायल) खोल्ने अधिकार प्रदेशको भौतिक मन्त्रालयलाई मात्र अधिकार हुन्छ । प्रदेशले खोल्ने अधिकार दिएपछि मात्र यातयात व्यवस्था विभागले अनलाइनप्रणालीलाई अनुमति दिने गर्दछ । यसभन्दा अघि कोरोना भाइरसको संक्रमणको दर उच्च हुँदा विभागले प्रदेश भौतिक मन्त्रालयसँग कुनै पनि सल्लाह नै नगरीक अनलाई सिस्टम बन्द गरेको थियो । विभागले भने प्रदेश सरकारले नै खोल्ने अनुमति नदिएको बताए पनि प्रदेश नम्बर ३ को भौतिक पूर्वधार मन्त्रालयले मंसिर २५ गते नै विज्ञप्ति जारी गर्दै खोल्नका लागि अनुमति दिएको छ ।...
मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तर्क्रिया कार्यक्रम सम्पन्न

समाचार, समाज, स्थानिय तह
कृष्णनगर, कपिलवस्तु मंसिर २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा अवस्थित मुस्लिम कमिटीको हलमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराल रहनु भयो । विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र, नेकपा केन्द्रीय सदस्य सिराज फारूकी, प्रदेश सांसद अर्जुन केसी, विजयनगर गांउपालिका अध्यक्ष गोपाल थापा रहनु भयो । अतिथिमा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्ला खां, कृष्णनगर नगरपालिका उप प्रमुख शब्नम खातुन, रहनु भयो । कार्यक्रममा स्वागत तथा शुभकामना लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि माननीय मंत्री बराल...
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिन अधिकारकर्मी माथी गर्यो प्रहरीले दुर्व्यवहार

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिन अधिकारकर्मी माथी गर्यो प्रहरीले दुर्व्यवहार

मुख्य समाचार, समाज
काठमाडौ, मंसिर २५ ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाण्डौँको माइतीघरमा शान्तिपूर्ण रुपमा ब्यानर लिएर बसेका न्यायका लागि मानव अधिकार संजालका अध्यक्ष इन्द्र प्रसाद अर्याललाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार दिवसको अवसरमा शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेका मानव अधिकारकर्मी माथी प्रहरीले दुर्व्यवहार पुर्वक पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिन प्रहरीले गरेको अमानवीय व्यवहारले मानव अधिकार नै उल्लंघन गरेको भन्दै मानव अधिकारकर्मिहरुले बिरोध जनाएका छन ।...
तमानखोलाको शान्ति मा.वि र बिष्णु आधारभुतमा २ लाख बराबरको पुस्तक हस्तान्तरण

तमानखोलाको शान्ति मा.वि र बिष्णु आधारभुतमा २ लाख बराबरको पुस्तक हस्तान्तरण

समाचार, समाज, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं तमानखोला गाउपालीका ५ खुंखानीमा अबस्थित शान्ति माबिका शिक्षक हिरा बहादुर छन्त्यालको पहल र सोहि बिधालयमा ७ वर्ष अध्यापन गराई हाल म्याग्दिमा अध्यापन गराई रहनु भएका शिक्षक तेज प्रसाद लामिछानेको सक्रियतामा शान्ति माबि बिद्यालय खुंखानी लाई ६ सय थान पुस्तक र बिष्णु आधारभुत बिद्यालय नर्जाखानीमा ५ सय थान पुस्तक हस्तान्तरण गरिएको हो। उक्त पुस्तक शिक्षक लामिछानेले Education for life (Norway_ नामक संस्था संग सहयोग अपील गरि बिधालय परिवार लाई हस्तान्तरण गर्नु भएको हो । बिद्यालयका प्र.अ. शत्यनारायण सिंह आकाश ले लामो समय सम्म बिधालयमा पुस्ताकालय भएता पनी प्रभावकारी ढंगबाट संचालन हुन नसकेको बेलामा तेज प्रसाद सरको सहयोगले बिद्यालय परिवारलाई थप उत्साहित बनाएको बताउनु भएको छ । शिक्षाले मात्रै मानिस र समाज दुबैको चेतनास्तरमा परिर्वन ल्याउने र समाज परिर्वन गर्न सकिने भएकोले प...
राजतन्त्रको पक्षमा प्रदर्शन गर्नेहरुको भिड दिनानुदिन बढ्दै

राजतन्त्रको पक्षमा प्रदर्शन गर्नेहरुको भिड दिनानुदिन बढ्दै

जिवनसैली, समाज
काठमाडौ, मंसिर २५ पछिल्लो दिन राजतन्त्रको पक्षमा प्रदर्शनहरु बढ्न थालेका छन्। सनातन संस्कृति समाज नेपालले आज हिन्दु राष्ट्र पुर्नस्थापनाको माग राजधानीमा प्रदर्शन गरेका छन्। काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म 'राजा आउ, देश बचाउ' भन्दै प्रदर्शन गरिएको हो। राजसंस्थाको माग गर्दै भएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। उनीहरुले संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै नारा लगाएका थिए। कोरोना भाइरस संक्रमण यथावत् रहेको अवस्थामा दैनिक रुपमा बढ्दै गइरहेको प्रदर्शनमा स्वास्थ्य मापदण्ड पालना भने भएको छैन। र्‍याली र कोणसभाहरुमा भौतिक दुरीको पालना भएको छैन भने प्रदर्शनमा अधिकांश सहभागिहरुले मास्क लगाएको देखिँदैन।...
शिक्षक हत्याको दोषीलाई कडा कारवाहीको माग गर्दै मोरङका सबै विद्यालय बन्द

शिक्षक हत्याको दोषीलाई कडा कारवाहीको माग गर्दै मोरङका सबै विद्यालय बन्द

मुख्य समाचार, समाज
काठमाडौ, मंसिर २५ मोरङका सबै विद्यालय आज बन्द गरिएका छन्। मिक्लाजुङ–१ बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठ हत्याको विरोधमा आज सम्पूर्ण विद्यालय बन्द भएका हुन्। नेपाल शिक्षक महासंघ मोरङको आह्वानमा विद्यालय बन्द गरिएको हो। महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी परीक्षाका कार्यक्रमलाई बाधा नपुग्नेगरी विद्यालय बन्दको आह्वान गरिएको महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देलले बताए। उनले विद्यालयमा निर्भिकतापूर्वक पठनपाठन गराउने वातावरण सिर्जना गर्न, शान्ति सुरक्षाको प्रत्याभूति अविलम्व कायम गर्न र भयरहित वातावरण सिर्जनाको माग गर्न एक दिन विद्यालय बन्दको आह्वान गरिएको बताए। यसैबीच नेपाल राहत शिक्षक समिति मोरङले पनि हत्याको विरोध गरेको छ। राहत शिक्षक समितिले दोषीलाई कडा कारवाहीको माग गरेको छ। प्रधानाध्यापक श्रेष्ठको मंसिर २३ गते बिहान नेत्रविक्रम चन्द...
धादिङकी ३७ वर्षीया महिलाले जन्माईन तिम्ल्याहा शिशु

धादिङकी ३७ वर्षीया महिलाले जन्माईन तिम्ल्याहा शिशु

अचम्मका कुरा, मुख्य समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २५ धादिङको जिल्ला अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको छ। जिल्लाको ज्वालामुखी गाउँपालिका-६ की ३७ वर्षीया रिम्की गुरुङले मंगलबार तीन छोरीलाई जन्म दिएकी हुन्‌। धादिङ अस्पतालका चिकित्सक कृष्णलाल उप्रेतीका अनुसार प्रसूति सेवा लिन आएकी गुरुङको अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउँदा तीन शिशुको जन्म भएको हो। आमा र नवजात शिशुहरूको अवस्था सामान्य रहेको र उनीहरूको तौल १८००,१५०० र २५०० ग्राम रहेको छ। अस्पतालले सयौं जनालाई प्रसूति सेवा दिइसकेको भएपनि शल्यक्रियाबाट एकपटकमा ३ शिशु जन्माएको अस्पतालको अभिलेखमै पहिलो भएको अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिए। जटिल प्रकारको उक्त प्रसूति सेवामा खटिने चिकित्सक र स्वास्थ्य कर्मचारीलाई अस्पताल प्रशासनले धन्यवाद व्यक्त गरेको छ। शल्यक्रिया गराउन अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ, डा.पुजश कर्माच...
तारकेश्वर नगर शाखाले दीप प्रज्योलन गरी ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनायो

तारकेश्वर नगर शाखाले दीप प्रज्योलन गरी ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनायो

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २४ कोरोनाबाट मुक्ति, शान्ति, सामाजिक सद्भाव र राजनीतिक स्थीरताको कामना सहित  ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाण्डौँको तारकेश्वर नगरपालिका शाखाले दीप प्रज्योलन गरी मनाएको छ । बुधबार साँझ तारकेश्वर नगरपालिका १० लोकतान्त्रिक चौतारामा एक कार्यक्रमको आयोजना गरी मनाईएको हो । आयोजित कार्यक्रममा बोल्दै शाखाका अध्यक्ष हरिराम तिमिल्सिनाले, पछिल्लो समय मानव अधिकार नै कुण्ठित हुदैँ गएको बताए । देशमा आम नागरीकले स्वतन्त्र भएर आफ्ना अभिव्यक्ति राख्दा होस् या न्यायको लागि छटपटाई रहेको होस् यस्तो अवस्थामा समेत मानिसले मानव अधिकारको प्रत्याभुति गर्न पाएको छैन । एउटा शिक्षकलाई घरबाट जबरजस्ति लगेर हत्या गरिन्छ, दिन प्रति दिन साना साना बालिकाहरु बलात्कृत हुनु परेको छ । एउटा मानव आफ्नो स्वतन्त्रताको अधिकारले बाँच्न सकिरहेको छैन् । मानव अधिकारका लागि बनेका संघ ...
सपनामा मृत्यु भएका मानिस देखिन्छन् भने यस्तो हुनसक्छ कारण

सपनामा मृत्यु भएका मानिस देखिन्छन् भने यस्तो हुनसक्छ कारण

अचम्मका कुरा, जिवनसैली, समाचार, समाज
काठमाण्डौँ, मंसिर २४ जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् । सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ । यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन् । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म रहन सक्छ । यस्ता सपनामा देखिने परिचित व्यक्ति जीवनमा बिरामी थिए वा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देखिने उनी...