Friday, April 26
Shadow

शिक्षक हत्याको दोषीलाई कडा कारवाहीको माग गर्दै मोरङका सबै विद्यालय बन्द


  • -इ
  • इ+

काठमाडौ, मंसिर २५
मोरङका सबै विद्यालय आज बन्द गरिएका छन्। मिक्लाजुङ–१ बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठ हत्याको विरोधमा आज सम्पूर्ण विद्यालय बन्द भएका हुन्।

नेपाल शिक्षक महासंघ मोरङको आह्वानमा विद्यालय बन्द गरिएको हो। महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी परीक्षाका कार्यक्रमलाई बाधा नपुग्नेगरी विद्यालय बन्दको आह्वान गरिएको महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देलले बताए।

उनले विद्यालयमा निर्भिकतापूर्वक पठनपाठन गराउने वातावरण सिर्जना गर्न, शान्ति सुरक्षाको प्रत्याभूति अविलम्व कायम गर्न र भयरहित वातावरण सिर्जनाको माग गर्न एक दिन विद्यालय बन्दको आह्वान गरिएको बताए।

यसैबीच नेपाल राहत शिक्षक समिति मोरङले पनि हत्याको विरोध गरेको छ। राहत शिक्षक समितिले दोषीलाई कडा कारवाहीको माग गरेको छ।

प्रधानाध्यापक श्रेष्ठको मंसिर २३ गते बिहान नेत्रविक्रम चन्द‘विप्लव’ समूहले घरबाट अपहरण गरी धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको थियो। श्रेष्ठको आज बिहान अन्त्येष्टि गरिएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares