Tuesday, April 23
Shadow

तमानखोलाको शान्ति मा.वि र बिष्णु आधारभुतमा २ लाख बराबरको पुस्तक हस्तान्तरण


  • -इ
  • इ+


जसिन्द्र श्रीपाली, काठमाण्डौं
तमानखोला गाउपालीका ५ खुंखानीमा अबस्थित शान्ति माबिका शिक्षक हिरा बहादुर छन्त्यालको पहल र सोहि बिधालयमा ७ वर्ष अध्यापन गराई हाल म्याग्दिमा अध्यापन गराई रहनु भएका शिक्षक तेज प्रसाद लामिछानेको सक्रियतामा शान्ति माबि बिद्यालय खुंखानी लाई ६ सय थान पुस्तक र बिष्णु आधारभुत बिद्यालय नर्जाखानीमा ५ सय थान पुस्तक हस्तान्तरण गरिएको हो।

उक्त पुस्तक शिक्षक लामिछानेले Education for life (Norway_ नामक संस्था संग सहयोग अपील गरि बिधालय परिवार लाई हस्तान्तरण गर्नु भएको हो । बिद्यालयका प्र.अ. शत्यनारायण सिंह आकाश ले लामो समय सम्म बिधालयमा पुस्ताकालय भएता पनी प्रभावकारी ढंगबाट संचालन हुन नसकेको बेलामा तेज प्रसाद सरको सहयोगले बिद्यालय परिवारलाई थप उत्साहित बनाएको बताउनु भएको छ । शिक्षाले मात्रै मानिस र समाज दुबैको चेतनास्तरमा परिर्वन ल्याउने र समाज परिर्वन गर्न सकिने भएकोले पुस्तकालय तर्फ बिधार्थि र अभिभावक को सहभागीता बढाउन निरन्तर प्रयासरत भएको बताउनुभएको छ ।

१ लाख २२ हजार बराबरको पुस्तक सहयोग गरेर शिक्षक तेज प्रसाद लामिछाने र सहयोगी संस्था Education for life (Norway_ ले आफुहरुलाई थप जिम्मेवारि थपिदिएको भन्दै सहयोगी शिक्षक र संस्थालाई प्र.अ आकाशले धन्यबाद ब्यक्त गर्नुभएको हो , स्थानीय तहका बिद्यालयका लागी पुस्तकालय असाध्यै आवश्यकता रहेको भन्दै शान्ति मा.वि का शिक्षक , कर्मचारी र शिक्षाप्रेमीले थप पुस्तक खरिदका लागी आर्थिक रकम संकलण गरेको समेत बताउनुभएको छ ।

ईन्टभ्यू नेपाल संग कुरा गर्दै बिष्णु आधारभुत बिधालयका प्र.अ ओम प्रसाद छन्त्यालले दुरदराजमा भएको बिद्यालय प्रति सरकारको समेत ध्यानाकर्षण हुन नसकेको अवस्थामा Education for life (Norway  जस्ता  मनकारि संस्थाको आखा पुगेकोमा खुशी ब्यक्त गर्नुभएको छ ।


दुर्गम गाउँ ठाउमा शिकाईको अन्य माध्यम नभएको,संचारको समेत राम्रोसंग पहुच नपुगेको कारण शिक्षामा सोचे अनुरुप फड्को मार्न नसकिएको अवस्थामा यसरि पुस्तक सहयोग हुनुले ठुलो टेवा मिल्ने उहाको भनाई रहेको छ।
हाल बिष्णु आधारभुत बिद्यालयमा १५० जना बिधार्थि अध्यनरत छन, प्रअ ओम प्रसाद छन्त्यालका अनुसार राष्ट्रीय पुर्णनिर्माणको सहयोगमा ४ कोठा र गाउपालीकाको बजेटमा ४ कोठे गरेर आठ कोठाको पक्कि भवन निर्माण कार्य अन्तिम चरणमा निर्माण छ । भवन सम्पन्न भएसंगै पुस्ताकायलको लागी छुट्टै कोठा बनाउने र पुस्ताकालयको प्रभाव बिधार्थिमा मात्र नभएर समाज केन्द्रित बनाउने बताउनु भयो । साथै देश बिदेशमा रहने सहयोगी मनहरु र संघ संस्थाहरु यस कार्यमा जोडिएर पुस्ताकालयको स्वरुप अझ बृहत बनाउने कार्यमा सहयोग गरिदिन समेत अनुरोध गर्नुभएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares