Thursday, April 25
Shadow

अझै तीन महिना चालक अनुमति पत्रका लागि ट्रायल नखुल्ने


  • -इ
  • इ+

काठमाण्डौँ, मंसिर २६
सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) अझै तीन महिना नखुल्ने भएको छ ।

जाडो महिनाभरी कोरोना भाइरसको जोखिम उच्च रहने भएकाले अझै तीन महिना अनुमति पत्र (ट्रायल) नखोल्नका आन्तरिक छलफल भएको यातयात व्यवस्था विभागले जनाएको छ ।

चालक अनुमति (ट्रायल) खोल्ने अधिकार प्रदेशको भौतिक मन्त्रालयलाई मात्र अधिकार हुन्छ । प्रदेशले खोल्ने अधिकार दिएपछि मात्र यातयात व्यवस्था विभागले अनलाइनप्रणालीलाई अनुमति दिने गर्दछ ।

यसभन्दा अघि कोरोना भाइरसको संक्रमणको दर उच्च हुँदा विभागले प्रदेश भौतिक मन्त्रालयसँग कुनै पनि सल्लाह नै नगरीक अनलाई सिस्टम बन्द गरेको थियो ।

विभागले भने प्रदेश सरकारले नै खोल्ने अनुमति नदिएको बताए पनि प्रदेश नम्बर ३ को भौतिक पूर्वधार मन्त्रालयले मंसिर २५ गते नै विज्ञप्ति जारी गर्दै खोल्नका लागि अनुमति दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares