Thursday, April 25
Shadow

समाज

इटालीमा श्रीमतीसँग झगडा भएपछि ४ सय ५० किलोमिटर हिँडे श्रीमान

इटालीमा श्रीमतीसँग झगडा भएपछि ४ सय ५० किलोमिटर हिँडे श्रीमान

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाज
काठमाडौ, मंसिर २३ श्रीमतीसँग झगडा परेपछि इटालीका एक पुरूष ४ सय ५० किलोमिटर हिँडेका छन्।श्रीमतीसँग झगडा परेपछि एक हप्ताअघि रिसाएर घरबाट निस्किएका ती पुरूषले ४ सय ५० किलोमिटर हिँडेको बिबिसीले जनाएको छ। सो खबर बाहिरिएपछि इटालियनहरूले उनलाई ‘फोरेस्ट गम्प’को उपनाम समेत दिएका छन्। सन् १९९४ को सिनेमा फरेस्ट गम्पमा हलिउडका कलाकार टम ह्याङ्क्स हजारौं किलोमिटर हिँडेका थिए। इटालीको कोमोबाट हिँडेको एक हप्तापछि उनलाई एड्रियाटिक कोस्टको फानोमा बिहान २ बजे प्रहरीले रोकेको थियोउनलाई कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएका कर्फ्युको उल्लंघन गरेको भन्दै प्रहरीले रोकेको हो। ४८ वर्षीय ती पुरूषलाई प्रहरीले ४ सय ८५ डलर जरिवाना समेत तिराएको छ। प्रहरीले सुरूमा उनी ४ सय ५० किलोमिटर हिँडेको कुरा विश्वास गरेका थिएनन्। तर एक हप्ताअघि आफ्ना श्रीमान हराएको भन्दै उनकी श्रीमतीले कोमोमा उजुरी दिएकी थिइ...
म राष्ट्र सेवकनै हुनेछु

म राष्ट्र सेवकनै हुनेछु

विचार, समाज
पि.एल.आशिष, नुवाकोटे सामान्य नागरिकको दैनिकीबाट राष्ट्रको सिपाहीको भुमिकामा प्रवेश गर्दैगर्दा देशमा सशस्त्र द्वन्द चरम उत्कर्षमा पुगेको थियो । २०६० साल माघ महिनाबाट मैले यो देशको सिपाही बन्ने मनसाय प्रेरित भई नेपाल प्रहरीमा आवेदन दिएँ र मेरो सौभाग्यनै भन्नु पर्छ म तत्कालीन श्री ५ को सरकारको नजरमा एउटा सिपाहीको भुमिका निर्वाह गर्न योग्य सावित भएछु । तत्कालिन परिस्थीतिमा मैले बिद्रोही पक्ष अथवा माओबादी सेनाको हतियार बोकेर सरकारी कार्यालय, कथित सामान्ती तथा तत्कालीन अवस्थाका धनीमानी वा नेपाली काँग्रेसका नेता तथा कट्टर कार्यकर्ताहरु र नेपाल प्रहरी वा शाही नेपाली सेनाका परिवार समेतको पहिचान गरी छापामारको जत्था लिएर निजहरुलाई घेराहाल्दै अमानविय तथा निर्मम तरिकाले हत्या गरेर हाम्रो युद्ध सफल होस्......, ने.क.पा.माओबादी जिन्दाबाद्....., शाही नेपाली सेना मुर्दाबाद् जस्ता नारा लगाउँदै नेपाली गाउ...
सात दशकपछि भेटियो दोश्रो विश्वयुद्धमा सेनाले लेखेको प्रेमपत्र

सात दशकपछि भेटियो दोश्रो विश्वयुद्धमा सेनाले लेखेको प्रेमपत्र

अचम्मका कुरा, अन्तरवार्ता, जिवनसैली, समाज
काठमाडौ,मंसिर २३ वर्षौंपछि, त्यस्तो प्रेम पत्र भेटिएको छ, जुन दोस्रो विश्व युद्धमा एक फ्रान्सेली सिपाही मिमिले आफ्नी प्रेमिका एम्मीका लागि लेखेका थिए । यो प्रेम पत्र सात दशकपछि बल्ल भेटिएको हो । पत्रमा आफ्नाहरुसँग अलग्गिएर बस्नु परेको पीडाको वर्णन गरिएको छ । यो पत्र दोस्रो विश्वयुद्धमा खटिएका ५० लाख युवा सैनिकहरुले पठाएका मध्येका एक हो । यद्यपी यो पत्र उनकी प्रेमिका सम्म कहिले पुग्नै सकेन । अहिले सात दशकपछि यी सैनिकका नातीले आफ्नो हजुरबुबाले आफ्नी हजुरआमालाई पठाएको प्रेम पत्र सावर्जनिक गर्दैछन् ।...
मोरङमा शिक्षकको गोली हानी हत्या

मोरङमा शिक्षकको गोली हानी हत्या

अपराध, जिवनसैली, समाचार, समाज
  काठमाडौ,मंसिर २३ मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोक दर्शन थापाले  मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ का शिक्षकको हत्या भएको जानकारी दिए । उनले घटनाबारे थप विवरण आउन बाँकी रहेको भन्दै प्रहरी टोली घटनास्थलमा जाँदै गरेको बताए । प्रारम्भिक जानकारी अनुसार ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा विप्लव समूहको संलग्नता आशंका गरिएको उनले बताए ।  श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको बताइएको छ । प्रहरीका अनुसार मंगलबार बिहान साढे ५ बजेतिर उनी अपहरणमा परेको खबर प्रहरीमा पुगेको थियो  । लगत्तै उनको खोजी कार्यमा प्रहरी परिचालन भएकोमा  शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।...
बञ्चरेडाँडामा पुस पहिलो साताबाट काठमाडौँको फोहर विसर्जन गरिने

बञ्चरेडाँडामा पुस पहिलो साताबाट काठमाडौँको फोहर विसर्जन गरिने

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २३ बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा पुस पहिलो साताबाट फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । निर्माणले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताएको हो । केही समय कोरोना भाइरस सङ्क्रमणका कारण काम हुन नसकेको र निर्माण कम्पनीको आलटालका कारण काम नभए पनि अहिले काम तीव्र गतिमा भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार ल्याण्डफिल साइट निर्माणको कामअन्तर्गत अहिले माटो मिलाउने काम भइरहेको छ । दुई हप्ताअघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थलगत अवलोकनका क्रममा यही मङ्सिर १५ गतेदेखि फोहर व्यवस्थापन गर्न मिल्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सी...
बेहुलो बन्दा यस्ता देखिए रमेश प्रसाईं

बेहुलो बन्दा यस्ता देखिए रमेश प्रसाईं

जिवनसैली, समाज
काठमाडौ,मंसिर २२ चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिएका छन् ।उनले कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंहसँग विवाह गरेका हुन् । उनीहरुले धरानबाट विहे गरेका हुन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । २५ वर्षिया नन्दा पनि दृष्टीबिहिन हुन् । स्नातक तह सम्ममा अध्ययन गरेकि नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् । अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् । उनले काठमाडौंको कपनस्थित १२ जना बालबालिकालाई आश्रय दिएकी छन् । यस्तै रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्। पछिल्लो समय भने प्रसाई फरक परिचयका साथ युट्युबमा छाएका छन् । उनी अहिले दोहोरी गायकका रुपमा चर्चामा छन् । रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ ...
नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने

नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर २२ नेपाल र चीनले भोलि संयुक्तरुपमा भोलि सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएका छन् । नापी विभागले आज पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । नेपालका तर्फबाट पनि यसअघि सगरमाथाको उचाइ मापन गरिएको थियो । दुवै तर्फका अधिकारीहरुले भोलि संयुक्तरुपमा उचाइ सार्वजनिक गर्ने भएका हुन् । नापी विभागका महानिर्देशक प्रकाश जोशीले फिल्ड सर्वेबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन गरेको तथ्यांक र चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेर संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरिन लागेको जानकारी गराए । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका बेलामा नेपाल र चीनले संयुक्तरुपमा उचाइ घोषणा गर्ने सहमति भएको थियो ।...
मनोज गजुरेल दोस्रो विवाहको तयारीमा

मनोज गजुरेल दोस्रो विवाहको तयारीमा

जिवनसैली, समाज
काठमाडौ,मंसिर २२ वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलका प्रशंसक र शुभचिन्तकहरुका लागि खुशीको खबर छ । करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका छन् । गजुरेल चाँडै विवाह गर्ने तयारीमा छन् । यद्यपि विवाहको तिथि भने निश्चित भएको छैन । उनले आफू प्रेम सम्वन्धमा रहेको संकेत गरेका छन् । आफ्नो भावी जीवनसाथीको बारेमा भने उनले निकै कमलाई बताएका छन् । ‘साथीभाइको शुभकामना, सल्लाह र सुझावअनुसार मैले नयाँ जीवन शुरू गर्न लागेको छु, गजुरेलले अनलाइनखबरसँग भने, ‘अहिले यत्ति भनौं, अरू कुरा पछि थाहा भइहाल्छ ।’ गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए । मीना र मनोजका एक छोरा र एक छोरी छन् । डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर, ...
सह गोत्रीसँग किन गर्नु हुँदैन बिहे

सह गोत्रीसँग किन गर्नु हुँदैन बिहे

अचम्मका कुरा, जिवनसैली, समाचार, समाज
काठमाण्डौँ, मंसिर २१ हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वाज ऋषिको कुलमा जन्मेको हो । विवाहमा गोत्रविचार अत्यन्त महत्वपूर्ण कुरा हो । वेदपुराणहरूमा उल्लेख हुने सप्तऋषिका सन्तान नै उक्त गोत्रधारी हुन् । विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तऋषि हुन् । यसमा अगस्त्य ऋषिको नाम पछि जोडिन आउँछ । यिनै ऋषिका सन्तान दरसन्तान हामी हौं । दुई व्यक्तिको गोत्र एकै छ भने त्यसको अर्थ उनीहरू एउटै कुलमा जन्मेका हुन् । यसरी उनीहको पारिवारिक सम्बन्ध हुन्छ । हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ । मनुस्मृतिमा ...
दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्दै छु : अभिनेत्री श्वेता खड्का

दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्दै छु : अभिनेत्री श्वेता खड्का

जिवनसैली, विचार, समाज
काठमाण्डौं, मंसिर २१ यहि मंसिर २२ गते , सोमबार धनगढीका विजयेन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी अभिनेत्री श्वेता खड्काले आइतबार निकै भावुक हुदै फेसबुकमा स्टाटस लेख्दै जीवनको दुस्खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेको बताएकी छिन । आफ्ना परिवारका सदस्यको निरन्तर प्रयास, साथीसंगी, अग्रज र दिग्गज व्यक्तित्व लगायत शुभचिन्तकले दिएको हौसला, यो निर्णय लिन सफल भएको उनले बताएकी छन्। श्वेताले थप लेखेकी छन्,यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ ( के यो पुरुष प्रधान समाजले मेरो यो निर्णय स्वीकार गर्ला र ? यस्तो छ उनको स्टाटसस् म: जीवनको नविन यात्रामा जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्ट...