Saturday, April 20
Shadow

बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल


  • -इ
  • इ+


जसिन्द्र श्रीपाली, काठमाण्डौं मंसिर २६
पश्चिम बाग्लुङ्गको तमानखोला गाउपालीका ५ खुखांनीमा ३३३ मिटर लामो पुल बने संगै ओझेमा परेको खुखांनी गाँउ बिस्तारै चर्चामा आउन थालेको हो । नेपाल सरकार सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभागको सहयोगमा निर्मित यस ठूलोबिसाउना झोलुंगे पुल निर्मार्ण सकिए संगै यहा घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।

१०० मे. टन अर्थात ७१९ जना पदयात्री भारवहन क्षमता भएको उक्त ठूलोबिसाउना पुलमा घुम्न आउने आन्तरिक पर्यटक लाई मनोरञ्जन संगै स्थानीय लाई समेत राहत पुगेको छ। ठूलोबिसाउना देखि देविस्थान मन्दिर (जुईधारा)सम्म जोडिएको यो पुल निर्माण भए संगै १ घण्टा लामो र उकालो बाटो हिड्नुपर्ने झन्झट हटेर २० मिनेटमा सरर आसपासको दृश्य अवलोकन गर्दै पुलको यात्रा गर्न पाएकोमा आफुहरु निकै खुशि रहेको स्थानीयको भनाई रहेको छ ।

ठूलोबिसाउना पुल निर्माण पश्चात खुखांनी लाई मात्र नभएर आसपासका छिमेकि गाँउ नर्जा, पात्ले,भित्रिवन, थास्पुरीका स्थानीय बासिन्दालाई समेत प्रत्यक्ष लाभ पुगेको स्थानीय युवा छविराज गोतामेले जानकारी दिएका छन ।

घुम्न आउने आन्तरिक पर्यटक लाई मध्यनजर गर्दै ठूलो बिसाउना नजिकै ५नम्बर वडा कार्यलयको संक्रियतामा पार्क निर्माण गर्ने तयारि रहेको वडा अध्यक्ष हिरा बहादुर श्रीपालीले बताए । आन्तरिक संगै बाह्य पर्यटकलाई समेत लोभ्याउने गरि आफुहरुले कदम चालेको उनको भनाई छ , उनि भन्छन यस पुलमा बन्जि जम्पको पनी राम्रो संभावना छ तर हाल हामीले अधिकांश बजेट शिक्षा र स्वास्थको निमिक्त खर्च गरेका छौ क्रमागत योजना भएको कारण निकट भबिष्यमा त्यो पनी संम्भव छ ।

ईन्जिनियरिङ एण्ड एजुकेशनल सर्भिसेस प्रा.ली को डिजाईनमा निर्माण भएको यस पुल बाट खुखांनी, थास्पुरी गाउँ र आसपासका क्षेत्रमा देखिने मनोरम प्राकृतिक दृश्यको अबलोकन गर्न सकिन्छ । हाल बिश्वमहारीको रुपमा फैलीएको कोरोना भाइरसको महामारीको समय भएतापनी ढोरपाटन नगरपालीका , र तमानखोला गाउपालीका को अन्य वडाबाट आन्तरिक पर्यटक दिनहुँ आउने गरेको स्थानीय ब्यबसायी शिवजी श्रीपाली ले जानकारि दिएका हुन । शिवजी श्रीपालीले पुल नजिकै सानो खाजा पसल गरेका छन घुम्न आउने मान्छेको समस्यालाई ध्यानाकर्षण गर्दै स्थानीयले समेत आफुलाई उक्त स्थानमा पसल राख्न पटकपटक आग्रह गरे पछाडि आफु तयार बनेको श्रीपालीको भनाई छ । हाल उनी घुम्न आउने मान्छे लाई चिया नास्ता खुवाएरै दिनहु ६/७ हजार कमाई गरेको बताउछन ।

परिवार संगै बसेर आफनै गाँउघरमा सानो तिनो ब्यबसाय गर्न सकेकोमा आफु हर्षित बनेको र बिस्तारै ब्यबसाय बढाउदै जाने तयारीमा रहेको उनले बताएका छन । अधिकांस घुम्न आउने मान्छेले यो भन्दा पहिले खुखांनी गाउँको बारेमा आफुहरुलाई थाहा नभएता पनी आर्कषक पुल घुम्न आउदा सुन्दर खुखांनीको समेत अबलोकन गर्न पाएकोमा हर्षित बनेको कुरा सुन्दा आनन्द लाग्ने शिबजीको भनाई छ । उनी थप्छन पहिले पहिले हामी खुंखानीका हौ भन्दा पनि जिल्ला भित्रका मान्छेले नै कहाँ हो खुखांनी भन्ने ? भनेर प्रश्न गर्थे अहिले आफ्नो गाँउ खुखांनी हो भन्न नपाउदै ए त्यो लामो पुल भएको गाँउ हैन भन्दै आफै परिचय दिन्छन यस्तो सुन्दा आफुलाई खुशी लाग्छ,  पुल ले हाम्रो खुखांनी लाई चिनायो

तमानखोलाको चिनारी बन्दै गएको ठूलोबिसाउना पुल मात्र नभएर खुंखानीमा प्रचारप्रसारको ओझेमा परेका अन्य थुप्रै पर्यटकीय सम्भावना बोकेका ठाँउहरु रहेकोले तिनको समेत प्रचारप्रसार र बिकाशको लागी आफुहरु निरन्तर प्रयासरत रहने अध्यक्ष हिरा बहादुर श्रीपालीले ईन्टरभ्यू नेपाल लाई जानकारि दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares