Saturday, September 25
Shadow

राजतन्त्रको पक्षमा प्रदर्शन गर्नेहरुको भिड दिनानुदिन बढ्दै


  • -इ
  • इ+

काठमाडौ, मंसिर २५
पछिल्लो दिन राजतन्त्रको पक्षमा प्रदर्शनहरु बढ्न थालेका छन्। सनातन संस्कृति समाज नेपालले आज हिन्दु राष्ट्र पुर्नस्थापनाको माग राजधानीमा प्रदर्शन गरेका छन्।

काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म ‘राजा आउ, देश बचाउ’ भन्दै प्रदर्शन गरिएको हो।

राजसंस्थाको माग गर्दै भएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। उनीहरुले संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै नारा लगाएका थिए।

कोरोना भाइरस संक्रमण यथावत् रहेको अवस्थामा दैनिक रुपमा बढ्दै गइरहेको प्रदर्शनमा स्वास्थ्य मापदण्ड पालना भने भएको छैन। र्‍याली र कोणसभाहरुमा भौतिक दुरीको पालना भएको छैन भने प्रदर्शनमा अधिकांश सहभागिहरुले मास्क लगाएको देखिँदैन।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्