Friday, April 26
Shadow

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह सम्पन्न


  • -इ
  • इ+

काठमाडौ, मंसिर २६
पार्टी एउटै तर फरक जिल्लाका गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा १, टुँसे निवासी अध्यक्ष कर्णबहादुर गुरुङ र हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा ४, जोमसोम निवासी उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार पोखराको हेम्जास्थित याम्दी गुम्बामा सामाजिक परम्परा अनुसार विवाह भएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर ४७ र उपाध्यक्ष शर्मिला ४६ वर्षका छन् ।

आपसी प्रेमसम्बन्ध नभए पनि उनीहरुबीच चिनजान धेरै वर्षअघिको हो । विगतमा अन्नपूर्ण सरक्षण क्षेत्र व्यवस्थापन समितिमा लामो समय काम गर्दै आएका थिए ।

विवाहपछि अध्यक्ष कर्णबहादुरले भने, ‘दुवै अन्तरजिल्लाका जनप्रतिनिधि भएको र पार्टी पनि मिलेकोले विवाह गरेका हौं । आखिर विवाह एक उत्सव हो ।’ २०४६ सालको जनआन्दोलनपछि सँगै विद्यार्थी राजनीति सुरु गरेका उनीहरु दुवै पूर्व एमाले हुन् । घरपझोङ उपाध्यक्ष गुरुङ पूर्व शिक्षिका हुन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares