Tuesday, June 30
Shadow

समाचार

सङघीय क्षेत्रको अधिवेशनमा घलेको महाधिवेशन पदमा उम्मेदवारी

सङघीय क्षेत्रको अधिवेशनमा घलेको महाधिवेशन पदमा उम्मेदवारी

राजनिती, शिक्षा, समाचार
  मङसिर ४ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धादिङ क्षेत्र न. २ बाट डेभिड घलेको सङघीय क्षेत्रको अधिवेशनमा महाधिवेशन प्रतिनिधि (अल्पसङख्यक तर्फ) पदको उम्मेदवारी दिएका  छन् । महाधिवेशनलाई अझ प्रभावकारी रुपमा सफल पार्नका लागि नेपाली कांग्रेश पार्टी लाई माया गर्ने सम्पूणलाई सहयोग गर्नका लागि घलेले आह्वान गरेका छन् । घले सक्रिय रुपमा विद्यार्थी राजनितिमा लाग्दै आएका सहनशिलता भएको व्यक्ति हुन । युवाहरुको नेतृत्व अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् । विद्यार्थी राजनिति गर्दै आएका उनि शिक्षा क्षेत्रमा आएका विकृति,विशङगतिको न्युनिकरण गर्न अझै आवश्यक रहेको बताउदै आएका छन् । नेपाल विद्यार्थी संघ धादिङका पूर्व सचिव समेत रहेका घले युवाहरुमा चिरपरिचित, लगनशिल, मिहिनेती, अध्ययनशील, कर्तव्यनिष्ठ, सहयोगि र मिलनसार भावना भएका छन् ।  ...
वकिल र प्रधानन्यायाधीशका समर्थक भनिनेहरूबीच बार परिसरमै भिडन्त

वकिल र प्रधानन्यायाधीशका समर्थक भनिनेहरूबीच बार परिसरमै भिडन्त

समाचार
२ मंसिर, काठमाण्डौं प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र प्रधानन्यायाधीशविरुद्ध आन्दोलन बन्द गर्ने चेतावनी दिँदै बार परिसरमा प्रवेश गरेकाहरूबीच भडप भएको छ। प्रहरी पुगेर स्थितिलाई नियन्त्रणबाहिर जानबाट रोकेको थियो। प्रहरीले कानुन व्यवसायीसँग भिड्न खोज्ने तीनजनालाई नियन्त्रणमा लिएको छ। वकिलहरूका विरुद्ध अपशब्द बोल्दै बार परिसरमा पुगेकाहरू ले प्रधानन्यायाधीशविरुद्धको आन्दोलन नरोके ‘कालो कोट च्यातिदिने’ धम्की दिएका थिए। त्यसपछि कानुन व्यसायीहरू उनीहरूमाथि आक्रोशित भएका थिए। वकिलहरूलाई धम्क्याएपछि पक्राउ गरेको तीनजनाको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।।...
राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन हुने

राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन हुने

टिप्स, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २ राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । ११-१३ मंसिरमा तय भएको महाधिवेशनको उद्घाटन अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले गर्नेछन् । महाधिवेशनमा देश तथा विदेशबाट गरी चार हजार पाँच सय भन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ ।...
एमसीसी अनुमोदन गर्न व्यवसायी सङ्गठनको माग

एमसीसी अनुमोदन गर्न व्यवसायी सङ्गठनको माग

समाचार
काठमाण्डौं, कार्तिक २९ उद्योगी–व्यवसायीहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट जतिसक्दो छिटो अनुमोदन गर्दै कार्यान्वयनमा लैजान सरकारसमक्ष आग्रह गरेका छन् । एक महीनाकै बीचमा निजी व्यवसायीहरूका विभिन्न सङ्गठनले संयुक्त रूपमा सरकारलाई दुई वटा ज्ञापनपत्र बुझाइसकेका छन् राष्ट्रिय हितलाई ध्यानमा राख्न अनुरोध गर्दै उनीहरूले एमसीसी सम्झौता कार्यान्वयनमा आउन सकेमा महामारीबाट समस्यामा परेको नेपाली अर्थतन्त्रलाई राहत पुग्ने दाबीसमेत गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्दै नेपाल उद्योग वाणिज्य महासंघसहित नेपाल अमेरिका उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघका प्रतिनिधिहरूले ज्ञापनपत्रसमेत बुझाएका छन् । एमसीसी अन्तर्गतको प्रसारणलाइन निर्माण हुन नसके नेपालले प्रतिवर्ष ...
संचारकर्मी अधिकारीको नगद सहित मोबाईल फोन चोरी

संचारकर्मी अधिकारीको नगद सहित मोबाईल फोन चोरी

अपराध, समाचार
काठमाण्डौँ, कार्तिक २९ संचारकर्मी महेन्द्र अधिकारीको नगद रकम सहितको पर्स र मोबाईल फोन चोरी भएको छ । आईतबार बिहान ललितपुरको एकान्तकुना देखि काठमाण्डौँको नयाँ बस पार्क सम्म आउने क्रममा बसको एउटै सिटमा बसेको अपरिचित व्यक्तिले चोरी गरेको अधिकारीले बताए । पर्समा महत्वपूर्ण कागजात, नगद रुपैयाँ र करिब ३० हजारको मोबाईल फोन चोरी भएको उनले बताए । उनी रेडियो नेसनमा कार्यरत छन भने, राष्ट्रिय फोटो पत्रकार समुह नुवाकोटको सचिव समेत हुन् ।...
एशियन लाइफ इन्स्योरेन्समा जागिरको अवसर

एशियन लाइफ इन्स्योरेन्समा जागिरको अवसर

आर्थिक, जिवनसैली, टिप्स, ब्यानर समाचार 2, शिक्षा, समाचार, समाज, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक २८ एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरको लागि ५ जना कर्मचारीको माग गरेको छ । उपत्यका भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । कम्पनीमा आवेदन दिनको लागि स्नातकोत्तर गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्ने जनाएको छ । मंसिर ४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । ...
आजदेखि कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु, हेर्नुहोस् खोप केन्द्र

आजदेखि कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु, हेर्नुहोस् खोप केन्द्र

टिप्स, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २८ कोरोना भाइरसविरुद्धको फाइजर खोप आजदेखि लगाउन सुरु गरिएको छ । आजदेखि मंसिर ४ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउन लागिएको हो । यसको दोस्रो मात्रा मंसिर २७ गतेदेखि दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्वका १३२ देशका नागरिकहरुले लगाइसकेको फाइजर खोप नेपालमा पहिलोपटक लगाउन थालिएको हो । यो खोप १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्छ । खोप पाउने १२ वर्षमाथिका दीर्घ रोगीको समूह निर्धारण गरेर देशभर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पूर्जा अनिवार्य लिएर तोकिएको अस्पतालमा जान मन्त्रालयले अनुरोध गरेको छ ।अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको १ लाख ६२० डोज फाइजर खोप गत कात्तिक ८ गते नेपाल आइपुगेको थियो । कहाँ–कहाँ छन् खोप केन्द्र ? स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ...
राप्रपाले गर्‍यो ७६ जिल्लाको नेतृत्व चयन, कुन जिल्लामा को ? (नामावलीसहित)

राप्रपाले गर्‍यो ७६ जिल्लाको नेतृत्व चयन, कुन जिल्लामा को ? (नामावलीसहित)

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७६ जिल्लामा नेतृत्व चयन गरेको छ । पार्टीले भक्तपुरबाहेक ७६ जिल्लाको नेतृत्व चयन सम्पन्न गरेको हो । महाधिवेशन प्रचारप्रसार विभागका अनुसार भक्तपुर भने भागबण्डा मिल्न नसक्दा उत्पन्न विवादका कारण नेतृत्व चयन हुन सकेको छैन । भक्तपुरमा वडा तहको अधिवेशन सम्पन्न भएपनि क्षेत्र र जिल्लामा भने अधिवेशन हुन सकेको छैन । राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय प्रदान गरेकोको थियो । प्रदेश १ १) ताप्लेजुङ: अमृत साउदेन २) पाँचथरः जगतबहादुर थापा ३) झापाः केशव ओझा ४) इलामः याम प्रसाद चापागाई ५) संखुवासभा: महेश प्रेमी उदास ६) तेहथुमः टंक अधिकारी (७) धनकुटाः कुमारबहादुर थापा ८) मोरङ: माधव आचार्य ९) भोजपुरः केशर श्रेष्ठ ११) सुनसरीः दुर्गाबहादुर बस्नेत १२) उदयपुरः ध्रुव रायमाझी ...
टिकटक रियालिटी शो हुदैँ

टिकटक रियालिटी शो हुदैँ

जिवनसैली, टिप्स, मनोरञ्जन, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ टिकटकमा केन्द्रित टेलिभिजन रियालिटी शोको घोषणा गरिएको छ। शिखर नेपाल प्रालिले टिकटक स्टार नेपाल रियालिटी शो–२०७८ प्रसारणमा ल्याउने भएको हो। शोमा अभिनय, गायन, नृत्य तथा कलात्मक प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने बुधबार राजधानीमा आयोजिक पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएका छन्। शोमा गौरी मल्ल, रमेश उप्रेती र वर्षा शिवाकोटी निर्णायक रहनेछन्। शोको प्रतिस्पर्धामा प्रथम हुनेलाई कार, द्वितीयलाई मोटरसाइकल र तृतीयलाई स्कुटर उपहारसँगै उत्कृष्टभित्र पर्ने प्रतिस्पर्धीलाई कम्प्युटर, क्यामेरा, टीभी, फ्रिज, मोबाइल, घडीलगायतका उपहार प्रदान गरिने शोका निर्देशक हरि शर्माले जानकारी गराए। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फिल्कर्मीहरू भुवन केसी, सरोज खनाल, उद्धव पौड्याल, पुकार भट्टराई, सन्दीप अर्याल, ...
“मुसी” म्युजिक भिडियो डिजिटल बजारमा

“मुसी” म्युजिक भिडियो डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी/कार्तिक २६,ललितपुर पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायिका सुनिता बुढा र प्रितम पोख्रेलको आवाज रहेको “मुसी” बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । “मुसी” बोलको गीतमा शब्द र संगीत गायक पोख्रेलको रहेको छ। निर्देशक दिपेन्द्र तिमिल्सेनाले गीतलाई कथा वस्तुमा गाउँले परिवेश झल्काईदिएपछि गीतले दर्शकको मन हलक्क खिचेको छ। करण चैसिरले कैद गरिएको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् भने सो गीतमा कलाकार बल्छी धुर्बे मरिचमान श्रेष्ठ र (जुनकिरी) सरिता ढुंगानाको अभिनय रहेको छ । “मुसी” बोलको गीतले दर्शकको मन जितेको छ। भिडियो हेर्नको लागि तल क्लिक गर्नु हो...