Thursday, March 28
Shadow

कांग्रेसको केन्द्रीय महाधिवेशनपछि १६ जिल्लाको अधिवेशन


  • -इ
  • इ+

 

मसिंर १६
काठमाडौँ ।

कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरू हुने भएकाले त्यसअघि अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको हो ।

समितिका सचिव जगन्नाथ श्रेष्ठले हाललाई ती जिल्लाको अधिवेशन स्थगित गरिएको, र केन्द्रीय महाधिवेशनपछि मात्रै ती जिल्लाको अधिवेशन हुने जानकारी दिए । उनका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, चितवन, कैलाली र बाँके लगायतका १६ जिल्लामा अधिवेशन हुन सकेको छैन ।

६१ जिल्लामा भने जिल्ला अधिवेशन भइसकेको छ । ‘अहिले जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेका छौँ,’ उनले भने, ‘अब केन्द्रीय महाधिवेशनपछि निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याउँछ, केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुनेछ ।’

कांग्रेसले विहीबार ७ वटै प्रदेशको अधिवेशन सुरू गर्दैछ । दिउँसो २ बजे सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक सातै प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares