Thursday, March 28
Shadow

वकिल र प्रधानन्यायाधीशका समर्थक भनिनेहरूबीच बार परिसरमै भिडन्त


  • -इ
  • इ+

२ मंसिर, काठमाण्डौं
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र प्रधानन्यायाधीशविरुद्ध आन्दोलन बन्द गर्ने चेतावनी दिँदै बार परिसरमा प्रवेश गरेकाहरूबीच भडप भएको छ।

प्रहरी पुगेर स्थितिलाई नियन्त्रणबाहिर जानबाट रोकेको थियो। प्रहरीले कानुन व्यवसायीसँग भिड्न खोज्ने तीनजनालाई नियन्त्रणमा लिएको छ।

वकिलहरूका विरुद्ध अपशब्द बोल्दै बार परिसरमा पुगेकाहरू ले प्रधानन्यायाधीशविरुद्धको आन्दोलन नरोके ‘कालो कोट च्यातिदिने’ धम्की दिएका थिए। त्यसपछि कानुन व्यसायीहरू उनीहरूमाथि आक्रोशित भएका थिए।

वकिलहरूलाई धम्क्याएपछि पक्राउ गरेको तीनजनाको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares