दिपक न्यौपाने, नुवाकोट
पछिल्लो समय मानिसहरु विशेषगरी घुम्नको लागि बढी रुचाउने गरेका छन् । नुवाकोट जिल्लामा येस्तो ठाउँ छ जहाँ पृथ्वीनारायण साहले राज्य एकीकरण गर्दा नुवाकोट हमला गर्नको लागि त्यस् ठाउँबाट सुरु गरेर नुवाकोट बिजय गरेका थिए ।
नुवाकोट बिजय गर्न पृथ्वीनारायण शाहले भाकल गरेका स्थान र भगवान श्रीमहादेवले सत्तिदेबिको प्राण त्याग भएपछि पृथ्वी भ्रमण गर्नी क्रममा सान्त वातावरणमा ध्यान गर्न गोसाइँकुण्ड जाने बेलामा यस ठाउँमा केहि बेरको विश्राम गरिसकेपछि आफुले साथमा लिगेको चिम्टा बिर्सेका कारण यस ठाउँको नाम चिम्टेश्वर रहन गएको हो भन्ने जनबिश्वास रहि आएको छ। यहाँ मनले आटेका कुरा भाकल गरेमा पूरा हुने बिश्वाग गर्नी गरेका छन् ।यस क्षेत्रबाट लाङटाङ ,गणेश,जुगल ,मानापाथी हिमाल तथा तिब्बतको केरुङ्ग लगायत नेपालका १५ जिल्ला अबलोकन गर्न सकिन्छ।
जिल्लाकै चर्चित ऐतिहासिक स्थान बेल्कोटगढी पर्यटकिय क्षेत्रको दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ । यस क्षेत्रमा स्थानीय सरकार, प्रदेश सरकारको सहयोगमा करिब २ करोड बराबरको भ्यु टावर र१ करोड बराबरको सिढि निर्माण भइरहेको छ । सिडि पर्यटन प्रबर्द्धन भएसङ्गै यस् क्षेत्रमा बसोबास गर्नी मानिसहरू खुसी भएका छन् ।यसै ठाँउका स्थानीय युवा नबिन न्यौपाने बताउनु हुन्छ चिम्टेश्वर हाम्रो गहना हो यसको संरक्षण गर्न र दिगो बनाउन सकियो भने यहाँका युवाहरु कमाउनको लागि बिदेश भौतारिन पर्नी छैन । चिम्टेश्वर संरक्षणको लागि केन्द्र बाट डि.पि.आर तयार भएको छ।
डि. पि.आर तयार भएसङ्गै यस क्षेत्रमा चहलपहल बढिरहेको छ। करिब २२१० मिटर उचाइमा रहेको यो ठाउँमा चिसो हवापानी पाइन्छ । काठमाडौं बाट ४५कि:मि को दुरिमा पर्ने यो ठाँउ सजिलैसँग पुग्न सकिन्छ ।अहिले यो ठाउँमा विशेषगरि उपत्यकामा बस्नी युवाहरु साइकल र्याली ,बाइक र्यालिमा आउने पिकनिक क्याम्पिङ्ग जस्ता कार्यक्रम गर्नी गरेका छन् । यो ठाउँ उच्च पहाडी भुभाग भयता पनि येस्को चुलीमा समथल भुभाग रहेको छ ।त्यस् कारण पनि पर्यटनकको लागि रोजाईको केन्द्र बनेको हो।
यहाँ प्रदेश सरकारको सहयोगमा विभिन्न कामहरु सन्चालन गरिएको छ। यश भित्र पिकनिक स्पोर्ट्स ,सितल पाटी,बन सफारी,सिमसार क्षेत्रको निर्माण भहिरहेको छ अन्य पारिवारिक वातावरणको अबलोकन पनि गर्न सकिन्छ ।