Tuesday, June 30
Shadow

समाचार

छ्हारी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा मङ्सिर २५ गते हुने

छ्हारी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा मङ्सिर २५ गते हुने

आर्थिक, टिप्स, समाचार
दिपक न्यौपाने,नुवाकोट, मंसिर २० बेल्कोटगढी नगरपालिकामा रहेकोे छ्हारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभामा सम्पुर्ण सेयर सदस्यलाई उपस्थितको लागि अनुरोध गरेको छ। यस संस्थाले १५ औं बर्ष पार गरी १६ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले वार्षिक उत्सवको अबसरमा ७५ बर्ष भन्दा माथिका सेयर सदस्यलाई सम्मान र सेयर सदस्यका छोरा छोरीले २०७७ सालको परिक्षामा विशिष्ट श्रेणी वा सो भन्दा माथी अङ्क ल्याइ उर्तिण गरेकालाई सम्मान गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम मङ्सिर २५ गते बिहान ठिक ११ बजे बेल्कोट भज्याङ्ग मा.बि मा हुने सो सस्थाका अध्यक्ष नारायण प्रसाद खनालले बताउनु भयो । साथै समयमा उपस्थित हुने सेयर सदस्य र कार्यक्रमको अन्तिम सम्म बस्ने सेयर सदस्य बाट गोलाप्रथा गरी १/१ जनालाई पुरस्कार दिने ब्यबस्था रहेको छ। साधारण सभामा उपस्थित हुने सेयर सदस्यलाई खाजा बापत २५० रुपैया उपलब्ध गर...
अबको एक वर्ष भित्रमा एमाले सरकारमा जाने अध्यक्ष : ओली

अबको एक वर्ष भित्रमा एमाले सरकारमा जाने अध्यक्ष : ओली

मुख्य समाचार, राजनिती, समाचार
  मसिंर १९,काठमाडौं ।   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एक वर्ष भित्रमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टी सरकारमा जाने दावी गरेका हुन् । अध्यक्ष ओलीले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए । धार्मिक सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहो(याएका छन्। अव मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तीका लागि...
शर्माले पुन : केन्द्रीय सदस्य पदमै दिए उम्मेदवारी

शर्माले पुन : केन्द्रीय सदस्य पदमै दिए उम्मेदवारी

राजनिती, समाचार
मसिंर १६,काठमाडौं ।   आसन्न राष्ट्रिय प्रजातन्त्र पार्टिको एकता महाधिवेशनमा राप्रपाका केन्द्रीय सदस्य समेत रहेका मिडिया नेपाल केन्द्रीय अनुशासन समितिका संयोजक तथा सञ्चार उद्यमी वंशीकुमार शर्माले फेरी केन्द्रीय सदस्य पदमै उम्मेदवारी दिएका छन् । मिलनसार, प्रखर अनि स्पष्ट व्यक्ति एवं युवाहरुमाझ निकै लोकप्रिय नेता शर्मा राप्रपाको स्थापनाकालदेखि निरन्तर राजनीतिमा प्रवेश गरेका हुन् । राप्रपामा विभिन्न समूहहरुले उम्मेदवारी घोषणा गरिरहँदा उनले भने आफु संस्थापक प्यानलबाट उम्मेदवारी दिएको बताएका छन् । सबै नेताहरुका प्रिय मानिने नेता शर्मा राप्रपा विद्यार्थी कार्यकालमा स्ववियु निर्वाचनमा पनि चुनाव लडेका थिए । त्यस्तै दाङ जिल्ला सुकुम्बासी समाधान आयोगकाका सदस्य तथा प्रवक्ता, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको विकास समितिको सदस्य, विभिन्न संघसंस्थामा आबद्ध रही जिम्मेवारी सम्हाल...
बागमती प्रदेश अधिवेशनमा बानियाँ, केसी र प्रधान को प्रतिस्पर्धा

बागमती प्रदेश अधिवेशनमा बानियाँ, केसी र प्रधान को प्रतिस्पर्धा

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौ , मंसिर १६ नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु भएको छ । बागमती प्रदेश अधिवेशनमा सभापतिको लागि ईन्द्रबहादुर बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधान मैदानमा उत्रिएका छन् । बानियाँ सभापति शेरबहादुर देउवा पक्षधर ,केसी पौडेल समूहका र प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् । सभापतिका उम्मेद्धवार बानियाँ र प्रधानले हिजो अपरान्ह र साँझ रिपोर्टर्स क्ल्ब नेपालमार्फत उम्मेदवारी घोषणा गरेका थिए । उता, पौडेल पक्षले पनि प्रकाशमान सिंहको निवासमा बसेको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । केसी लाई वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा र अर्जुननरसिंह केसीको समर्थन छ। केसी नुवाकोट कांग्रेसका पूर्वसभापति हुन्। नेपाली काग्रेंस नुवाकोटका निवर्तमान सभापति संविधान सभा सदस्य केसी रामचन्द्र पौडेल समुह वाट नेपालि काग्रेंस बागमति प्रदेशको सभापतिको सर्वसम्...
कांग्रेसको केन्द्रीय महाधिवेशनपछि १६ जिल्लाको अधिवेशन

कांग्रेसको केन्द्रीय महाधिवेशनपछि १६ जिल्लाको अधिवेशन

मुख्य समाचार, राजनिती, समाचार
  मसिंर १६ काठमाडौँ । कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरू हुने भएकाले त्यसअघि अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको हो । समितिका सचिव जगन्नाथ श्रेष्ठले हाललाई ती जिल्लाको अधिवेशन स्थगित गरिएको, र केन्द्रीय महाधिवेशनपछि मात्रै ती जिल्लाको अधिवेशन हुने जानकारी दिए । उनका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, चितवन, कैलाली र बाँके लगायतका १६ जिल्लामा अधिवेशन हुन सकेको छैन । ६१ जिल्लामा भने जिल्ला अधिवेशन भइसकेको छ । ‘अहिले जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेका छौँ,’ उनले भने, ‘अब केन्द्रीय महाधिवेशनपछि निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याउँछ, केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुनेछ ।’ कां...
गायक,सर्जक युनिक को शब्द र संगीतमा “लैजा दैव मलाई” म्युजिक भिडियो बजारमा सार्वजनिक

गायक,सर्जक युनिक को शब्द र संगीतमा “लैजा दैव मलाई” म्युजिक भिडियो बजारमा सार्वजनिक

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी ललितपुर, मसिंर १४ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र गायक तथा सर्जक युनिक भोजराज बि.क. को शब्द र संगीतमा “लैजा दैव मलाई” को म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । “लैजा दैव मलाई” गीतमा लोक प्रिय गायक शनी बिश्वोकर्मा र सुनिता बुढा क्षेत्री को सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ्ग गरेका हुन् । गीतले माया,प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ। कपिल लामाको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सारिका के.सी र विजय पुन,उत्तम कुमार कार्की र कृष्ण को अ...
फेरिदै ,चिनिदै चिम्टेश्वर : ट्रेकिङ र क्याम्पिङ्ग  गर्न सकिने ,साथै मनोरम हिमालय दृश्य (फोटो फिचर)

फेरिदै ,चिनिदै चिम्टेश्वर : ट्रेकिङ र क्याम्पिङ्ग गर्न सकिने ,साथै मनोरम हिमालय दृश्य (फोटो फिचर)

समाचार, समाज, स्थानिय तह
दिपक न्यौपाने, नुवाकोट ‌ पछिल्लो समय मानिसहरु विशेषगरी घुम्नको लागि बढी रुचाउने गरेका छन् । नुवाकोट जिल्लामा येस्तो ठाउँ छ जहाँ पृथ्वीनारायण साहले राज्य एकीकरण गर्दा नुवाकोट हमला गर्नको लागि त्यस् ठाउँबाट सुरु गरेर नुवाकोट बिजय गरेका थिए । नुवाकोट बिजय गर्न पृथ्वीनारायण शाहले भाकल गरेका स्थान र भगवान श्रीमहादेवले सत्तिदेबिको प्राण त्याग भएपछि पृथ्वी भ्रमण गर्नी क्रममा सान्त वातावरणमा ध्यान गर्न गोसाइँकुण्ड जाने बेलामा यस ठाउँमा केहि बेरको विश्राम गरिसकेपछि आफुले साथमा लिगेको चिम्टा बिर्सेका कारण यस ठाउँको नाम चिम्टेश्वर रहन गएको हो भन्ने जनबिश्वास रहि आएको छ। यहाँ मनले आटेका कुरा भाकल गरेमा पूरा हुने बिश्वाग गर्नी गरेका छन् ।यस क्षेत्रबाट लाङटाङ ,गणेश,जुगल ,मानापाथी हिमाल तथा तिब्बतको केरुङ्ग लगायत नेपालका १५ जिल्ला अबलोकन गर्न सकिन्छ। जिल्लाकै चर्चित ऐतिहासिक स्थान बेल्कोटगढी पर्...
यस्तो देखियो एमालेको महाधिवेशन

यस्तो देखियो एमालेको महाधिवेशन

राजनिती, समाचार
काठमाडौं, मसिंर १० नेकपा (एमाले) को दशौं महाधिवेशन सुरु भएको छ । शुक्रबार देखिदेवघाटमा सुरु भएको दशौं महाधिवेशन यस्तो देखियो फोटो फिचर:
जन्म दिनमा दीर्घरोगीलाई औषधि वितरण

जन्म दिनमा दीर्घरोगीलाई औषधि वितरण

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, मंसिर ९ पत्रकार राजेन्द्र गजुरेलले आफ्नो जन्म दिनको अवसरमा विदुर नगरपालिका वडा नं ५ मा नियमित औषधि सेवन गर्ने दीर्घरोगीलाई एक महिनाको लागि आवश्यक औषधि वितरण गरेका छन् । लकडाउनको समयमा आर्थिक स्थीति कमजोर भएका अशक्त वर्गलाई लक्षित गर्दै वडा कार्यालयले शहरी स्वास्थ्य केन्द्र माझिटार मार्फत वडा भित्र रहेका १५ जना मध्ये हाल ९ जनाले निःशुल्क औषधि सेवा लिदै आएका छन् । पत्रकार गजुरेलले आज वडा कार्यालयमा ४ जनालाई एक महिना सम्म पुग्ने औषधि हस्तान्तरण गरेका हुन् । बाकिँ ५ जनालाई आईतबार स्वर्गिय बासु बस्नेतको सम्झनामा अन्य साथिहरुको उपस्थीतिमा हस्तान्तरण गरिने उनले बताए । आफ्नो भनाई राख्दै गजुरेलले आफ्नो वडामा मात्र नभई अन्य ठाउँमा पनि सामाजिक कार्य गर्दै आएको र आवश्यकता अनुसार आफूले सकेको सहयोग आगामी दिनहरुमा पनि गर्दै जाने उनले बताए । साथै वडाध्यक्ष शिवकुमार चित्रकारले जन्...
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ बेलकोट गढी वडा नं ९ का कोइराला द्वारा जिल्ला सदस्य मा उमेद्वारी को घोषणा

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ बेलकोट गढी वडा नं ९ का कोइराला द्वारा जिल्ला सदस्य मा उमेद्वारी को घोषणा

समाचार, स्थानिय तह
मंसिर ९, काठमाडौं नेपाली कांग्रेस नुवाकोट जिल्ला बेल्कोटगढी नगरपालिका का एक उदयमान युवा नेता तथा समाजसेवी नवराज कोइराला द्वारा नुवाकोट क्षेत्र नं २ बाट जिल्ला सदस्य पदमा उमेद्धवारी को घोषणा गरेका छन् । लामो समय देखि नेपाली कांग्रेस को एक कर्मठ सिपाहि को भुमिका निर्वाह गर्दै आएका र गाउँ स्थानिय स्तर देखि केन्द्र सम्म कांग्रेस को सरकार हुनु पर्छ र कांग्रेस एउटा त्यस्तो लोकतान्त्रिक पार्टी हो । जसको मुलमन्त्र राष्ट्रिता समाजवाद र लोकतान्त्र छ । यो पार्टिमा कुनै गुटउपगुट हुदैन भन्ने धारणाका साथ अगाडि बद्नु पर्ने बताएका छ्न् ।...