Thursday, April 25
Shadow

शर्माले पुन : केन्द्रीय सदस्य पदमै दिए उम्मेदवारी


  • -इ
  • इ+

मसिंर १६,काठमाडौं ।

 

आसन्न राष्ट्रिय प्रजातन्त्र पार्टिको एकता महाधिवेशनमा राप्रपाका केन्द्रीय सदस्य समेत रहेका मिडिया नेपाल केन्द्रीय अनुशासन समितिका संयोजक तथा सञ्चार उद्यमी वंशीकुमार शर्माले फेरी केन्द्रीय सदस्य पदमै उम्मेदवारी दिएका छन् ।

मिलनसार, प्रखर अनि स्पष्ट व्यक्ति एवं युवाहरुमाझ निकै लोकप्रिय नेता शर्मा राप्रपाको स्थापनाकालदेखि निरन्तर राजनीतिमा प्रवेश गरेका हुन् । राप्रपामा विभिन्न समूहहरुले उम्मेदवारी घोषणा गरिरहँदा उनले भने आफु संस्थापक प्यानलबाट उम्मेदवारी दिएको बताएका छन् । सबै नेताहरुका प्रिय मानिने नेता शर्मा राप्रपा विद्यार्थी कार्यकालमा स्ववियु निर्वाचनमा पनि चुनाव लडेका थिए ।

त्यस्तै दाङ जिल्ला सुकुम्बासी समाधान आयोगकाका सदस्य तथा प्रवक्ता, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको विकास समितिको सदस्य, विभिन्न संघसंस्थामा आबद्ध रही जिम्मेवारी सम्हाली सकेका शर्मा हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सल्लाहकार समेत रहेका छन् ।

राप्रपा जिल्ला कार्यसमिति दाङले पनि नेता शर्मालाई अगाडी बढाउने क्षेत्रबहादुर बस्नेतले जानकारी दिएका छन् । संविधान सभाको तत्कालीन दाङ क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचनमा भाग लिएका शर्मा हालको राप्रपा केन्द्रीय सदस्य हुन् । उनले आफुलाई अमुल्य मत दिएर राप्रपालाई बलियो बनाउने अभियानमा साथ दिन पनि हार्दिक आह्वान गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares