Friday, April 26
Shadow

गायक,सर्जक युनिक को शब्द र संगीतमा “लैजा दैव मलाई” म्युजिक भिडियो बजारमा सार्वजनिक


  • -इ
  • इ+


महेन्द्र अधिकारी
ललितपुर, मसिंर १४

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र गायक तथा सर्जक युनिक भोजराज बि.क. को शब्द र संगीतमा “लैजा दैव मलाई” को म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

“लैजा दैव मलाई” गीतमा लोक प्रिय गायक शनी बिश्वोकर्मा र सुनिता बुढा क्षेत्री को सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ्ग गरेका हुन् ।
गीतले माया,प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।

कपिल लामाको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सारिका के.सी र विजय पुन,उत्तम कुमार कार्की र कृष्ण को अभियनय देख्न सकिन्छ । बिपिन छेत्रीले छायांकन गरेको भिडियोलाई उत्तम कुमार कार्कीले सम्पादन गरेका हुन् भने ड्रोन पाइलट सन्तोष महराको रहेको छ ।

मिडिया पार्टनरमा रेडियो नेशन १०३.९ मेगाहर्ज, रेडियो ईनर्जी १०६.२ मेगाहर्ज र नेपाली जनता खबर रहेको छ ।
बि.बि कृयशनको प्रस्तुति रहेको “लैजा दैव मलाई”म्यूजिक भिडियो बि बि कृयशन BB Creation को अफिसियल युट्युब च्यानल मार्फत् बजारमा सार्वजनिक भएको छ ।
सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।

भिडियो हेर्नुहोस :

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares