Friday, March 29
Shadow

बागमती प्रदेश अधिवेशनमा बानियाँ, केसी र प्रधान को प्रतिस्पर्धा


  • -इ
  • इ+

काठमाण्डौ , मंसिर १६
नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु भएको छ । बागमती प्रदेश अधिवेशनमा सभापतिको लागि ईन्द्रबहादुर बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधान मैदानमा उत्रिएका छन् । बानियाँ सभापति शेरबहादुर देउवा पक्षधर ,केसी पौडेल समूहका र प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् ।

सभापतिका उम्मेद्धवार बानियाँ र प्रधानले हिजो अपरान्ह र साँझ रिपोर्टर्स क्ल्ब नेपालमार्फत उम्मेदवारी घोषणा गरेका थिए । उता, पौडेल पक्षले पनि प्रकाशमान सिंहको निवासमा बसेको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । केसी लाई वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा र अर्जुननरसिंह केसीको समर्थन छ। केसी नुवाकोट कांग्रेसका पूर्वसभापति हुन्। नेपाली काग्रेंस नुवाकोटका निवर्तमान सभापति संविधान सभा सदस्य केसी रामचन्द्र पौडेल समुह वाट नेपालि काग्रेंस बागमति प्रदेशको सभापतिको सर्वसम्मत उम्मेदवार हुन् ।

आजबाट सुरु हुने प्रदेश अधिवेशन भोलि शुक्रबार उम्मेदवारहरूको मनोनयन गर्ने कार्यतालिका रहेको छ

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares