Wednesday, May 15
Shadow

राजनिती

काम चलाउ सरकारले के–के गर्न पाउँदैन ? कानुनविद्हरुको तर्क यस्तो छ

काम चलाउ सरकारले के–के गर्न पाउँदैन ? कानुनविद्हरुको तर्क यस्तो छ

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
‘काठमाडौं, पुस १४ । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेपछि सरकार स्वतः काम चलाउन हुन्छ, काम चलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएको कुरा लागू गर्न सक्दै,’ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ माघ १५ गते पार्टी कार्यालय धुम्बाराहीमा चेम्बर अफ कमर्सको कार्यक्रममा भनेका थिए, ‘संविधानविपरीत निर्णय गरेर यो सरकारले बर्बाद पार्यो ।’ अहिले यो सरकार पनि काम चलाउ नै भएको निष्कर्ष निस्किएपछि अब प्रश्न उठ्छ, काम चलाउन सरकारले गर्न पाउने र नपाउने काम के–के हुन् ? काम चलाउन भइसकेपछि नै मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेर संविधानको मर्म मिचिसकेपछि यो प्रश्न थप वाञ्छनीय भएको कानुनविद्हरुको तर्क छ । कानुनविद्हरु संविधानअनुसार नै कार्यकारिणी अधिकार नभएको प्रधानमन्त्री स्वतः काम चलाउ हुने र त्यस्तो सरकारले दैनिक प्रशासनिक कामबाहेक अरु काम गर्न नपाउने बताउँछन् । ‘य...
नेता खाँण भन्छन् – राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रजातन्त्रको रक्षा हुन सक्दैन

नेता खाँण भन्छन् – राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रजातन्त्रको रक्षा हुन सक्दैन

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान, लोकतन्त्र र प्रजातन्त्रको रक्षा हुन नसक्ने बताएका छन् । प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले सोमबार भैरहवामा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खाँणले यस्तो बताएका हुन् । संविधानको मर्मविपरीत प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमप्रति राष्ट्रपति साक्षी बसेको आरोप उनले लगाए । नेता खाँणले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान, प्रजातन्त्र, विधिको शासन र जनताको अधिकार सिध्याउन लागेको आरोप लगाए। साथै उनले प्रधानमन्त्रीको कदमले हजारौं सहिदको बलिदानबाट प्राप्त उपलब्धी नै संकटमा परेको बताए। पूर्वमन्त्री समेत रहेका नेता खाँणले प्रधानमन्त्रीले संविधान, प्रजातन्त्र, विधिको शासन र जनअधिकार सिध्याउन खोजेमा नेप...
चीनले भन्यो -नेपाल भ्रमण आन्तरिक मामलामा हस्तक्षेप नभइ मित्रता गहन पार्न हो

चीनले भन्यो -नेपाल भ्रमण आन्तरिक मामलामा हस्तक्षेप नभइ मित्रता गहन पार्न हो

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस १३ । उत्तरी छिमेकी चीनले जारी चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको प्रतिनिधि मण्डलको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउनका लागि केन्द्रित भएको तर कुनै हस्तक्षेपका लागि नभएको स्पष्ट पारेको छ । नेपालमा सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न संघर्षका कारण संसद विघटन भई राजनीतिक संकट उत्पन्न भएका बेला चीनले आफ्ना पार्टी नेताहरूको काठमाडौं अवतरण मित्रता तथा सहकार्यका विषयमा विचार विमर्शका लागि भएको दाबी गरेको हो । सोमबार बेइजिङमा आयोजना गरिएको परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता चाओ ली च्येनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त अपनाउँदैन ।’ बेइजिङमा रहेका भारतीय पत्रकारले सीपीसी केन्द्रिय समिति अन्तर्राष...
राष्ट्रपतिले विवेक प्रयोग नगर्दा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै देश दुर्घटनामा गयाे: नेता पौडेले

राष्ट्रपतिले विवेक प्रयोग नगर्दा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै देश दुर्घटनामा गयाे: नेता पौडेले

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १३ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिले विवेक प्रयोग नगर्दा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै देश दुर्घटनामा जान लागेको बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध देशभर विरोधमा उत्रिएको कांग्रेसको तनहुँको सभालाई सोमबार सम्बोधन गर्दै नेता पौडेलले संविधानको अक्षर र भावनामाथि राष्ट्रपति र प्रधानमन्त्रीले मिलिभगतमा प्रहार गरेको बताए । उनले नेपालको स्वाधीनता र अस्मिता बचाउने, लोकतन्त्रलाई समृद्ध बनाउने जिम्मेवारी आमकांग्रेसीमा आएको बताए ।...
मन्त्रिपरिषद विस्तार रोक्न माग गर्दै सर्वोच्चमा रिट

मन्त्रिपरिषद विस्तार रोक्न माग गर्दै सर्वोच्चमा रिट

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, पुष १३ प्रतिनिधिसभा विघटनपछि काम चलाउ सरकारका प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ । अधिवक्ताहरु लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गएर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरेका छन् । संविधानको धारा ७७ (१) ले प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने र अहिलेका प्रधानमन्त्री प्रतिनिधिसभा सदस्यसमेत नभएको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने जिकिर गरिएको छ । धारा ७७ (३) ले प्रधानमन्त्री पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्नेसम्मको अधिकार दिएको छ । संविधानको पालन र संरक्षण गर्ने प्रमुख कर्तव्यबाट राष्ट्रपति गम्भीर रुपमा चुकेको रिटमा उल्लेख छ । प्रधानमन्त्री र राष्ट्रपति दुवैबाट संविधानको गम्भी...
संसद् विघटनविरुद्ध नागरिक समूहकाे माइतीघरमा  डम्फूसहितको सांस्कृतिक बिराेध

संसद् विघटनविरुद्ध नागरिक समूहकाे माइतीघरमा डम्फूसहितको सांस्कृतिक बिराेध

ब्यानर समाचार 2, राजनिती, समाज
  काठमाण्डौँ, पुष १३ संसद् विघटनविरुद्ध बृहत नागरिक समूहले‍ सोमबार माइतीघरमा सोमबार डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरेको छ। समूहको साताव्यापी विरोध कार्यक्रम स्वरुप सोमबार विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकले डम्फूसहित प्रदर्शन गरेको हो। यसअघि बृहत् नागरिक आन्दोलनले समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको थियो।...
प्रधानमन्त्री केपी शर्मा ओलीकाे  पराजय  यात्रा सुरु भयाे: प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीकाे  पराजय  यात्रा सुरु भयाे: प्रचण्ड

ब्यानर समाचार 2, राजनिती
काठमाण्डौँ, पुष १३। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षकाे  पराजय  यात्रा सुरु भएकाे बताएका छन। जनसंस्कृतिक महासंघले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली पक्षले पराजय र अाफ्नाे पक्षकाे विजय यात्रा सुरू गरेकाे दावी गरेका हुन। प्रधानमन्त्रीले कलंकको टीका लगाएको भन्दै ओलीकाे मपाइत्व धेरै नटिक्ने दाहालले बताए। सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँडेको समेत बताएका दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीकाे पछाडि लागेर अाफु कमजाेर भएकाे बताए।...
महिला कर्मचारिलाई सेवाग्राहीले समेत फरक छुट्टाउछन: उपाध्यक्ष आचार्य

महिला कर्मचारिलाई सेवाग्राहीले समेत फरक छुट्टाउछन: उपाध्यक्ष आचार्य

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
  काठमाण्डौँ, पुष १३। २०७२ सालमा जारी भएको संविधान अनुसार मुलुकभर महिलाको सहभागिता बढेको छ। संविधानले हरेक स्थानीय तहमा प्रमुख, उपप्रमुख मध्ये एक महिला अनिवार्य गरेको थियो। त्यसपछि महिला सहभागिता बढ्यो तर प्रमुख पदमा भन्दा उपप्रमुख पदमा नै महिलाको सहभागिता बढी देखियो। यद्यपि संविधानले ताकेता गरेअनुसार अधिकार पाउन नसकेको कतिपय महिला जनप्रतिनिधिको गुनासो आइरहेको बेलामा नुवाकोट दुप्चेश्वर गाँउपलिकाकी उपाध्यक्ष अन्जु आचार्य भने महिलाले पद पाइएन भन्ने गुनासो गर्नु भन्दा यसलाई आफ्नो क्षमता देखाउने अवसरको रुपमा प्रयोग गर्नु पर्ने बताउँछिन्। संविधानले महिला अनिवार्य नगरेको भए महिलाको सहभागिता तुलनात्मक हिसाबमा निकै कम हुने भन्दै उनले भनिन्, ‘संविधानले महिला अनिवार्य भन्नुभन्दा अगाडि महिला सहभागिता नगराउन त भनेको थिएन तर महिलाले अवसर पाउन कठिन थियो।’ उनले थपिन, ‘पद तल्लो माथ...
‘प्रतिनिधिसभा विघटनमा सिङ्गो नेकपा जिम्मेवार छ’ : गगन थापा

‘प्रतिनिधिसभा विघटनमा सिङ्गो नेकपा जिम्मेवार छ’ : गगन थापा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १३ नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधिसभा विघटनको मुख्य दोषी सत्तारुढ दल नेकपा नै भएको बताएका छन् । गत पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पछि देशव्यापी विरोध भइरहेका बेला नेता थापाले यस्तो बताएका हुन् । नेता थापाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्दै राजनीतिक अपराध गरेको समेत आरोप लगाएका छन् । उनले आफ्नो घरझगडा मिलाउन नसक्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनकारी कार्य गरेको र यो देश र जनताको मर्म विपरित भएको समेत बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटन भएपछि नेपाली कांग्रेसले यसको विरोध गर्दै आएको छ । यसैक्रममा आज देशभर प्रदर्शन गरिरहेको हो । नेता थापाले आज नेपालगंजको विरोध कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।...
संसद् विघटनको विरुद्ध नुवाकोट कांग्रेसको विरोध प्रदर्शन

संसद् विघटनको विरुद्ध नुवाकोट कांग्रेसको विरोध प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १३ संसद् विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी शर्माओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेसले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । सोहि क्रममा नुवाकोटमा पनि नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सोमवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीको उपस्थीतिमा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले, प्रधानमन्त्री ओलीको एकल निर्णय आफैँमा असंवैधानिक र अमान्य भएको बताए । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामा, जिल्ला सभापति जगदिश्वरनरसिंह केसी लगाएतका नेताहरुले प्रधानमन्त्री ओलीको निर्णयको विरोध जनाएका छन् । ...