Monday, March 8
Shadow

सभामुख सापकोटा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता


  • -इ
  • इ+

काठमाडौं , पुस १४। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता गरेको छ ।

सभामुखको निवास लैनचौरमा भएको भेटमा नेपाल र चीनको द्विपक्षीय हित र चासोका विविध आयामका बारेमा छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

सभामुख सापकोटालाई उपमन्त्री क्वो ये चौले चिनियाँ नेशनल कांग्रेसका प्रमुखले पठाउनुभएको सन्देश हस्तान्तरण गर्नुहुँदै आगामी दिनमा दुई देशको संसद्बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभएको थियो ।

सभामुख सापकोटाले दुई देशबीचको जनस्तरकोे सम्बन्धलाई बढावा दिन जनप्रतिनिधिमूलक संस्थाको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि आफ्नोतर्फबाट सदैव तयार रहेको बताउनुभएको थियो ।

कोरोनाको प्रभाव कम हुने बित्तिकै एक अर्का देशमा भ्रमण आदानप्रदान गर्ने विषयमा समेत उहाँहरुबीच विचारविमर्श भएको थियो । सभामुख सापकोटाले कोरोना महामारी नियन्त्रणका लागि चीन सरकार र चिनियाँ जनताले देखाएको सहयोगको समेत त्यस अवसरमा प्रशंसा गर्नुभएको थियो ।

यस्तै प्रतिनिधिमण्डलले आजै पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेको थियो । छुट्टाछुट्टै भएको भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । आज बिहान मात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता भएको थियो ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्