
मोदि लाई सुझाव , पत्रकार प्रती आक्रोसित हुदै सरकार बाट बाहिरियो रास्वपा
काठमाडौँ - सरकारमा बस्ने कि बाहिरिनेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछाने मिडिया सञ्चालक र सम्पादकप्रति निकै आक्रामक देखिए। उनले पार्टीको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै भने 'सरकारलाई दिएको समर्थन कायम राख्ने तर सरकारबाट फिर्ता हुने।'पार्टीको निर्णय सार्वजनिक गरेपछि उनी आफूबारे उठेका प्रश्नहरू प्रकाशित समाचारबारे केन्द्रित भएका थिए। उनले नागरिकता र राहदानीमा प्रक्रियागत त्रुटि भएको हुनसक्छ भन्दै अदालतको आदेश र कानुनी कारबाही स्वीकार्य हुने बताए।
उनले नेपालका मिडियाहरूले सिन्डिकेट चलाउने गरेको र आफ्ना गलत काम लुकाउने गरेको भन्दै अहिले मिडियामा धेरै बेथिति रहेको भन्दै तीव्र आलोचना गरे।
'प्रमाणसहित समाचार छाप्नुस्, त्यो उकेरा कि सुकेराले लेखेकोमा मेरो भन्नु केही छैन। तर गर्दै नगर...