Thursday, March 28
Shadow

संसदविघटनविरुद्ध आज प्रचण्ड-माधव समूहकोे देशभर जनप्रदर्शन, यस्तो छ जुलुसको रुट


  • -इ
  • इ+

काठमाडौं , पुस १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दैछ ।

उक्त समूहले राजधानी काठमाडौंसहित देशभर प्रदर्शन गर्ने जनाएको छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस सुरु हुने प्रचण्ड(नेपाल समूहले जनाएको छ ।

काठमाडौंमा उक्त समूहको जुलुस टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर, नक्शाल, रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरूको जुलुस निस्किने छ । सबै जुलुस भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रदर्शनीमार्गमा हुने विरोधसभालाई पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायत शीर्षस्थ नेताहरुले सम्बोधन गर्नुहुनेछ । जुलुसमा तोकिएका नारा मात्रै लगाउन र अनुशासित र मर्यादित हुन नेकपाले अपिल गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares