Monday, April 29
Shadow

राजनिती

सडकदेखी सदनसम्म छैन काेराेनाकाे त्रास: जनस्वास्थ्यविद् पाण्डे भन्छन, भयावह स्थिति कम भएकाे छैन

सडकदेखी सदनसम्म छैन काेराेनाकाे त्रास: जनस्वास्थ्यविद् पाण्डे भन्छन, भयावह स्थिति कम भएकाे छैन

ब्यानर समाचार 2, राजनिती, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, पुष १३ नेपालमा आन्दोल गर्नु,नारा जुलुसका साथ सडकमा उत्रनु नौलो बिषय होइन। करिब एकमहिना अगाडि देखि माइतिघर मण्डलमा न्यायको लागि धर्ना बसेका किसानले न्याय नपाउदै सिंहदरबार बाट निकालिएका उचस्तरिय दलका प्रमुख नेतासम्म माइतिघर मण्डलमा भिडभाडका साथ देखियो। केही समय अगाडि अगाडि प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेसँगै सिंहदरबार देखि गाउँगाउँका नेता,कार्यकर्ता सलबलाउन थालेका छ्न। पार्टी बिभाजन पश्चात् राजनीति घटनाक्रमले बाटो फेरेको छ। देशैभर आन्दोलन चलिरहेको छ। राजसंस्थाको माग राख्दै सडकमा प्रदर्शन गर्ने समूह पनि रोकिएको छैन। अर्कोतिर कोरोना भाइरस (कोभिड१९)ले अन्य मुलुकमा जस्तै नेपालमा पनि आफ्नो क्षेत्र साघुरो बनाएको छैन। आइतबार मात्रै ४८१ जनामा पुष्टि भएको कोरोना भाइरसले सोही समयमा ६ जनाको ज्यान लग्यो। कोरोना भाइरसले अन्य देशमा देखाएको नयाँ रुप र मुलुकभर भइरहेको यस्ता गत...
प्रचण्डसँग डेढ घण्टा भेटवार्ता गरेर निस्कियो चिनियाँ टोली

प्रचण्डसँग डेढ घण्टा भेटवार्ता गरेर निस्कियो चिनियाँ टोली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १३ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले करिब डेढ घण्टा भेटवार्ता गरेको छ। सोमबार बिहान ८ बजेर ५३ मिनेटमा प्रचण्ड निवास खुमलटार प्रवेश गरेको चिनियाँ टोली १० बजेर २० मिनेट जाँदा बाहिरिएको छ। करिब डेढ घण्टा लामो भेटवार्ताको सुरुमै अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो। सार्वजनिक कुनै जानकारी नदिइ राजनीतिक भेटघाट गरिरहेको टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र राती प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो। आज सोमबार नै चिनियाँ टोलीले नेकपाका अर्का अध्यक्ष माधवकुमा...
चिनियाँ टोलीले आज दाहाल–नेपाल समूहसँग भेट्दै, सक्ला त नेकपा मिलाउन ?

चिनियाँ टोलीले आज दाहाल–नेपाल समूहसँग भेट्दै, सक्ला त नेकपा मिलाउन ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस १३ । सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फेरि जुटाउन चीन अग्रसर बनेको छ । नेकपा विभाजन भएको एक साता नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरिय टोली नेपाल आइपुगेको छ । यसैबीच नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले टोलीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको पुष्टि गरेका छन् । हिजो नेपाल आएलगत्तै भेटघाटमा सक्रिय रहेको टोलीले राष्ट्रपति विद्या भण्डारीसँग पनि शितलनिवासमा एक घण्टा भेटवार्ता गरेको थियो । राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको भेटका बारेमा औपचारिक जानकारी गराएको छैन । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली हिजो दिउँसो काठमाडौं ...
संसद् विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस , कुन नेताको सम्बोधन कहाँ ?

संसद् विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस , कुन नेताको सम्बोधन कहाँ ?

ब्यानर समाचार, राजनिती
काठमाडौं पुस १३ । संसद् विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गर्दैछ । संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेसले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको हो । आज हुने देशव्यापी प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले नेता-कार्यकर्तासहित सबैमा अपिल गरेका छन् । देउवाले शनिबार अपिल जारी गर्दै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा हुने प्रदर्शनमा सहभागी हुन नेता-कार्यकर्तासहित शुभचिन्तक तथा लोकतन्त्र पक्षधर सबैलाई आग्रह गरेका हुन् । अपिलमा देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरितको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमतसाथ उभिएको दाबीसमेत गरेका छन् । कांग्रेसले गत बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट १३ पुसमा १ सय ६५ वटै प्रतिनिधि सभातर्फका निर...
जसपाद्वारा कृष्णनगरमा बिरोध प्रदर्शन

जसपाद्वारा कृष्णनगरमा बिरोध प्रदर्शन

राजनिती, समाचार, स्थानिय तह
कृष्णनगर, पुस १२ जनता समाजबादी पार्टी (जसपा)ले आइतवार कपिलवस्तुको कृष्णनगरमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गरेको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएको जसपाले आइतवार कृष्णनगरमा प्रदर्शन गरेको हो । यसैक्रममा कृष्णनगर नगरपालिकामा पनि प्रदर्शन भएको छ । जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको बिरोध स्वरूप कृष्णनगरको लिंकगेटमा भेला भएका थिए । जसपाका नेता अकरम पठानले प्रधानमंत्री केपी ओलीले संसद विघटन गरेर संविधान विपरित काम गरेको बताए । संविधानको रक्षाका लागी जसपा को प्रत्येक कार्यकर्ता तत्पर रहेको समेत बताउनुभयो।साथै जसपाको बिरोध कार्यक्रममा सहभागी हुन समेत आग्रह गरे। विरोध प्रदर्शनमा बृजेश गुप्ता,अकिल अहमद, बजरंगी गुप्ता ,इंद्रदेव चौधरी जीवन श्रीवास्तव, गोपाल प्यारे चंदेल , छेदी प्र...
राष्ट्रपतिद्वारा पुस १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा पुस १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १२ राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालकाे स‌ंविधानकाे धारा ९३ काे उपधारा १ बमाेजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आह्यवान गरेको आइतबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् । मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियाे । संघीय संसदको प्रतिनिधिसभा भने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले विघटन गरेकी छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो । ...
स्वदेशमै रोजगारी सिर्जना गर्छु: श्रममन्त्री  चौधरी

स्वदेशमै रोजगारी सिर्जना गर्छु: श्रममन्त्री चौधरी

आर्थिक, ब्यानर समाचार 2, राजनिती, समाज
काठमाण्डौं, पुष १२। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताएका छन्। मन्त्रालयमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताए। “कोरोनाले व्यापार व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लागि पर्छु”, उनले भने । मन्त्री चौधरीले आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लैजाने बताए । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न आफू क्रि...
अविश्वास प्रस्ताव सामना गर्छु : मुख्यमन्त्री राई

अविश्वास प्रस्ताव सामना गर्छु : मुख्यमन्त्री राई

ब्यानर समाचार, राजनिती, स्थानिय तह
  काठमाण्डौं, पुष १२। प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आफुविरुद्धको अविश्वास प्रस्तावको सामना आरामले गर्ने बताएका छन। मुख्यमन्त्री राईविरुद्ध आइतबारमात्रै अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसलगत्तै राईले यस्तो बताएका हुन। उनले अविश्वास प्रस्ताव प्रदेश सरकार असक्षम भएर नभइ काम गर्न नसकेर लागेकाे समेत बताए।  ...
पार्टी  विभाजनकाे  असर गाउँगाउँमा,कन्चनपुरमा दुई समुहका कार्यकर्ताबीच झडप

पार्टी  विभाजनकाे  असर गाउँगाउँमा,कन्चनपुरमा दुई समुहका कार्यकर्ताबीच झडप

ब्यानर समाचार 2, राजनिती, समाज
काठमाण्डौं, पुष १२। पार्टी  विभाजनकाे  असर केन्द्र देखी  स्थायानिय तह र कार्यकर्तासम्म देखीन थालेको छ। कञ्चनपुरमा नेकपाको केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ । पार्टी कार्यालयमा बैठक बस्ने बारेमा विवाद भएपछि केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको हो । प्रचण्ड-नेपाल समूहले  बोलाएको बैठकमा ओली समूहले उक्त समूहलाई कार्यालय प्रयोग गर्न नदिई पार्टी कार्यालयमा तालाबन्दी गरेपछिप्रचण्ड-नेपाल समूहका कार्यकर्ता मुख्य गेटको ताल तोडेर थिए। साेही बिषयले झडपको स्थिति सिर्जनागरेकाे जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दियो । अहिले भने पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको र अवस्था सामान्य  छ।...
दूतावास पुगे चिनियाँ उपमन्त्री,अबकाे तयारी के?

दूतावास पुगे चिनियाँ उपमन्त्री,अबकाे तयारी के?

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, राजनिती
काठमाण्डौं, पुष १२। करिब एक बजे काठमाडौँ आइपुगेका चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझेउ चिनियाँ दूतावास पुगेका छन्। ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं पहिले प्रस्थान गरेका हुन। उनी सवा एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। नेपालमा सत्तारुढ दल नेकपा विभाजन र संसद् विघटनपछि उत्पन्न नयाँ राजनीतिक घटनाक्रमका बीच नेपाल आएका येझेउ केही समयपछि उनी राजनीतिक भेटमा सक्रिय हुने छन। नेपालमा सत्तारुढ दल नेकपा विभाजन र संसद् विघटनपछि उत्पन्न नयाँ राजनीतिक घटनाक्रमका बीच उनी काठमाडौं आएका हुन्। ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं पहिले प्रस्थान गरेका हुन।...