Sunday, April 19
Shadow

राजनिती

कांग्रेस नेता शेखर कोइरालाका दाजु निरन्जनको निधन

कांग्रेस नेता शेखर कोइरालाका दाजु निरन्जनको निधन

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १९ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरन्जन कोइरालाको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उपचारत कोइरालाको आइतबार बिहान करिब एघार बजे निधन भएको भाइ शेखर कोइरालाले बताए । ‘उपचारकै क्रममा आइतबार बिहान दाजु बित्नु भयो’ हाल दिल्लीमै रहेका शेखरले भने । कोराना भाइरसको संक्रमण पुष्टि भएपछि ५ डिसेम्बरदेखि उनको अस्पतालमा उपचार चलिरहेको थियो । कोरोना संक्रमणबाट मुक्त भए पनि विगत केही दिनयता स्वास्थ्य जटिल बनेपछि उनलाई आईसियुमा राखिएको थियो । निरन्जन केशव कोइराला र नोना कोइरालाका दुई छोरामध्ये जेठा हुन् । कोइराला पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा सक्रियरुपमा संलग्न थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल उनका समकालीन हुन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारमा उनले केही समय पर्यटन मन्त्रालयको विज्ञका रुपमा ...
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुन्छ : गृहमन्त्री

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुन्छ : गृहमन्त्री

ब्यानर समाचार, राजनिती, समाचार
गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही गरिने जानकारी दिनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आइतबार (आज) बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिनेमाथि मन्त्रालयले छानबिन सुरु गरिसकेको बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, 'राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानुनी र आपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारबाही गर्न निर्देशन दिएको छु ।' सङ्घले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारबाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो । 'आगामी वैशाखमा चुनाव गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा...
सभापति के.सीद्धारा पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सभापति के.सीद्धारा पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

राजनिती, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष १९ नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह के.सीले बेलकोटगढी नगरपालिका वडा नं १३ पाखुरेमा रहेको पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कोभिड १९ अर्थात कोरोनाभाइरसको प्रभावले बन्द रहेका विद्यालयहरु संचालनमा आए संगै विद्यालयहरुलाई स्वास्थ्य सामाग्री आवश्यकता रहेकाले सभापति के सीले उक्त विद्यालयलाई माक्स, सेनिटाइजर,थर्मल गन लगाएतका सामाग्री हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा बेल्कोटगढी नगरपालिका-काठमाडौं सम्पर्क समितिका अध्यक्ष श्याम ढुंगाना, नकुल पाण्डे,लागाएत स्थानिय र विद्यालयका शिक्षक, शिक्षिकाको उपस्थिति रहेको थियो । ...
प्रभु साह भन्छन् -प्रचण्डलाई जनतामाथि विश्वास छैन

प्रभु साह भन्छन् -प्रचण्डलाई जनतामाथि विश्वास छैन

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १८ । सहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा शनिबार आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले प्रचण्डले व्यक्तिगत स्वार्थको कारण संसद् विघटन गराउने अवस्था पैदा गरेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई महाधिवेशनमार्फत् पार्टीको अध्यक्ष तथा जनतामार्फत् नै देशको प्रधानमन्त्री चुन्न पटक–पटक आग्रह गर्दा नमानेकाले संसद् विघटन गर्नुपरेको जिकिर गरे । सोही भेलालाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्री ओलीले देशको संविधानमा व्यवस्था भएअनुसार नै संसद् विघटन गरेको बताए । उनले देशको संविधान, राष्ट्रियता, जनताको हक–अधिकार तथा जनादेशको रक्षाका लागि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको र उनको यस ...
प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भनेर कसले भन्यो ?  कुनै पनि हालतमा हुँदैनः प्रधानमन्त्री ओली

प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भनेर कसले भन्यो ? कुनै पनि हालतमा हुँदैनः प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् । आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने दाबी गरेका हुन् । प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै ओलीले पुनर्स्थापना हुनै नसक्ने तर्क गरे । उनले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए । उनले बेलायत र इजरायलको उदाहरण दिँदै आफूले गरेको संसद विघटन सही रहेको र स्वाभाविक भन्दै पुनर्स्थापना नहुने बताए ।उनले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको आरोप समेत लगाए । ‘प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो रु कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर रु पुनर्स्थापना...
नुवाकोटको सबै स्थानिय तहका प्रचण्ड-माधब समुहका नेता कार्यकर्ताको भेला सम्पन्न

नुवाकोटको सबै स्थानिय तहका प्रचण्ड-माधब समुहका नेता कार्यकर्ताको भेला सम्पन्न

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, पुष १८ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले संसद विघटन गरे संगै विवादित बनेको नेकपाको ओली पक्ष र प्रचण्ड - माधब पक्षका नेता कार्यकर्ताहरुले एकले अर्का प्रति विरोध जनाईरहेका छन् । प्रचण्ड - माधब समुहले देश भर प्रधानमन्त्री ओलीको विरोध जनाईरहेको छ । शनिवार नुवाकोटको १२ वटै स्थानिय तहमा प्रचण्ड माधब समुहका नेता कार्यकर्ताहरु भेला भएका छन् । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटको ८८ वटै वडामा प्रचण्ड - माधब समुहका नेता कार्यकर्ता भेला भई प्रधानमन्त्री ओलीको कार्य गलत भएको भन्दै विरोध जनाएका छन् । तस्वीर  : ककनी गाउँपालिका वडा नं ८ मा भएको कार्यकर्ता भेला ...
विश्वका तिब्र आर्थिक वृद्धि गर्ने १० देशहरुमा नेपाल परेको छ : प्रधानमन्त्री ओली

विश्वका तिब्र आर्थिक वृद्धि गर्ने १० देशहरुमा नेपाल परेको छ : प्रधानमन्त्री ओली

आर्थिक, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १७ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गरेको दाबी गरेका छन् । काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुनिया विश्वका १० वटा देशहरु जसले तिब्र आर्थिक वृद्धि गरे त्यसमा नेपाल परेको बताएका छन् । उनले मानव विकास सूचकांकमा नेपालले राम्रो प्रगति गरेको बताए । प्रधानमन्त्री ओलीले भने, 'नेपालको प्रधानमन्त्रीको बाहिर चर्चा हुदैनथ्यो, भारतको हरेक प्रधानमन्त्री को छ भन्यो भने हरेकलाई कण्ठ छ । अन्तर्राष्ट्रिय मंचमा हाम्रो कुरा सुन्न थालिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले, चिनियाँ राष्ट्रपति सी जीङपीङले सम्बृद्ध नेपालको अभियानमा सघाउछौ भन्नु भयो तर प्रचण्ड र नेपालले समृद्ध नेपालको बारेमा शब्द पनि उच्चरण गरेनन् ।' प्रधानमन्त्री ओलीले देशमा अहिलेसम्म नभएको विकासका कम भएको भन्दै आफ्नै पार्टीक...
दाहाल-नेपाल समूहद्धारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक

दाहाल-नेपाल समूहद्धारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौ, पुस १८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधव कुमार नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज (शनिबार) पत्रकार सम्मेलन गरी नारायणकाजी श्रेष्ठको उपस्थितिमा प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो । सार्वजनिक गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम, पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन, पुस २१ गते राजनीतिक पार्टीहरुसँग काठमाडौंलगायत विभिन्न शहरमा अन्तरक्रिया गर्ने लगायत छन् । ...
नेकपाको पत्रकार सम्मेलन, आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने

नेकपाको पत्रकार सम्मेलन, आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
  काठमाण्डौं, पुष १८ नेकपाले पुस १४ मा देशव्यापी प्रदर्शन गरेको थियो । पुस १७ मा सबै प्रदेशका बैठक समेत सम्पन्न भएका थिए । आज संघर्ष समितिको बैठक दुई बजे बस्ने र त्यसपछि पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने समिति संयोजक नारायणकाजी श्रेष्ठले बताए । नेकपाले यो बीचमा कांग्रेस र अन्य दलससँग मिलेर संयुक्त आन्दोलनका लागि प्रयास गरेपनि कांग्रेसकभित्र स्पष्ट मत जुट्न नसक्दा नेकपाले एक्लै आन्दोलन गर्ने भएको हो। संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने नेकपाले संघर्षका लागि प्रदेश र जिल्लास्तरमा पनि समिति गठन सुरु गरेको छ । संविधान र लोकतन्त्रविरोधीलाई असफल गर्न संघर्षको विकल्प नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।...
पर्यटन तथा नागरिक उड्डयन मन्त्री ढकाल नुवाकोटमा

पर्यटन तथा नागरिक उड्डयन मन्त्री ढकाल नुवाकोटमा

ब्यानर समाचार, राजनिती, स्थानिय तह
काठमाडौ, पुस १८ पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल आज(शनिबार) नुवाकोट पुगेका छन । नुवाकोटको बिकास निर्माण र धर्मिक तथा पर्यटकीय स्थलको अबलोकन गर्न नुवाकोट पुगेका मन्त्री ढकाललाइ विदुर ५ देबिघाट मा जनप्रतिनिधि तथा स्थानीयहरुले स्वागत गरेका छन । विदुर ५ का वडा अध्यक्ष शिवकुमार चित्रकारले मन्त्री ढकाललाइ स्वागत गर्दै नुवाकोटको धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराएका थिए । मन्त्री ढकाल जालपा देवि मन्दिर दर्शन पछी नेकपा पार्टी कार्यालय विदुरमा नेता तथा कर्याकर्ता सङग अन्तर्कृया गरेका छन ।...