Wednesday, May 1
Shadow

राजनिती

दाहाल-नेपाल समूहद्धारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक

दाहाल-नेपाल समूहद्धारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौ, पुस १८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधव कुमार नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज (शनिबार) पत्रकार सम्मेलन गरी नारायणकाजी श्रेष्ठको उपस्थितिमा प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो । सार्वजनिक गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम, पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन, पुस २१ गते राजनीतिक पार्टीहरुसँग काठमाडौंलगायत विभिन्न शहरमा अन्तरक्रिया गर्ने लगायत छन् । ...
नेकपाको पत्रकार सम्मेलन, आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने

नेकपाको पत्रकार सम्मेलन, आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
  काठमाण्डौं, पुष १८ नेकपाले पुस १४ मा देशव्यापी प्रदर्शन गरेको थियो । पुस १७ मा सबै प्रदेशका बैठक समेत सम्पन्न भएका थिए । आज संघर्ष समितिको बैठक दुई बजे बस्ने र त्यसपछि पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने समिति संयोजक नारायणकाजी श्रेष्ठले बताए । नेकपाले यो बीचमा कांग्रेस र अन्य दलससँग मिलेर संयुक्त आन्दोलनका लागि प्रयास गरेपनि कांग्रेसकभित्र स्पष्ट मत जुट्न नसक्दा नेकपाले एक्लै आन्दोलन गर्ने भएको हो। संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने नेकपाले संघर्षका लागि प्रदेश र जिल्लास्तरमा पनि समिति गठन सुरु गरेको छ । संविधान र लोकतन्त्रविरोधीलाई असफल गर्न संघर्षको विकल्प नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।...
पर्यटन तथा नागरिक उड्डयन मन्त्री ढकाल नुवाकोटमा

पर्यटन तथा नागरिक उड्डयन मन्त्री ढकाल नुवाकोटमा

ब्यानर समाचार, राजनिती, स्थानिय तह
काठमाडौ, पुस १८ पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल आज(शनिबार) नुवाकोट पुगेका छन । नुवाकोटको बिकास निर्माण र धर्मिक तथा पर्यटकीय स्थलको अबलोकन गर्न नुवाकोट पुगेका मन्त्री ढकाललाइ विदुर ५ देबिघाट मा जनप्रतिनिधि तथा स्थानीयहरुले स्वागत गरेका छन । विदुर ५ का वडा अध्यक्ष शिवकुमार चित्रकारले मन्त्री ढकाललाइ स्वागत गर्दै नुवाकोटको धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराएका थिए । मन्त्री ढकाल जालपा देवि मन्दिर दर्शन पछी नेकपा पार्टी कार्यालय विदुरमा नेता तथा कर्याकर्ता सङग अन्तर्कृया गरेका छन ।...
ओली समूहले पनि आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्दै

ओली समूहले पनि आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १८ । नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले आज (शनिबार) काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेला गर्ने भएको छ । बृहत कार्यकर्ता भेला भनेर प्रचार गरिएको कार्यक्रम दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीम सुरु हुँदैछ । भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ। यसअघि बुधबार पनि ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ताको भेला गरेको थियो।संसद् विघटनको निर्णय पछि नेकपा दुई समूहमा विभाजित भएपछि हरेक भेलामा प्रधानमन्त्री ओली स्वयम् उपस्थित हुँदै आएका छन् । उनले संसद विघटनलाई संवैधानिक भएको दाबी गर्दै आएका छन् । यता नेकपाको प्रचण्ड(नेपाल समूहले भने ओलीको कदमको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।...
प्रदेश १ का मुख्यमन्त्री राईले गरे थप एक सांसद ‘निलम्बन’

प्रदेश १ का मुख्यमन्त्री राईले गरे थप एक सांसद ‘निलम्बन’

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १८ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थप एक जना सांसदलाई संसदीय दल सदस्यबाट निलम्बन गरेका छन् । नेकपा संसदीय दलको विधानविपरित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै प्रचण्ड नेपाल पक्षका उपेन्द्र घिमिरेलाई संसदीय दलको गतिविधिबाट बञ्चित गरिएको जनाइएको छ । मुख्यमन्त्री राई निकट नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले घिमिरेलाई निलम्बन गरिएको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका छन् । राईले बिहीबार प्रचण्ड नेपाल समूहका १५ सांसदलाई निलम्बन गरेका थिए ।...
प्रचण्ड–नेपाल समूहद्वारा नेकपा सुदूरपश्चिमका अध्यक्ष थापालाई कारवाही गर्न सिफारिस

प्रचण्ड–नेपाल समूहद्वारा नेकपा सुदूरपश्चिमका अध्यक्ष थापालाई कारवाही गर्न सिफारिस

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १८ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई प्रचण्ड–नेपाल समूहले कारवाहीका लागि सिफारिस गरेको छ। शुक्रबार धनगढीमा बसेको नेकपाको चौथो बैठकले थापालाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारवाहीका लागि केन्द्रीय कमिटिलाई सिफारिस गरिएको नेकपा सुदूरपश्चिमका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार अब प्रदेश कमिटिले गरेको सिफारिसका आधारमा केन्द्रले थापालाई कारवाही गर्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा विभाजन भएको नेकपामा एक समूहले अर्को समूहले जिल्लादेखि केन्द्रसम्म कारवाही गर्ने क्रम चलेको छ। सोही क्रमममा थापालाई पनि कारवाही गर्न सिफारिस गरिएको हो। थापा ओली निकट नेता हुन्।...
प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कांग्रेस किन मौन ?

प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कांग्रेस किन मौन ?

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १८ । पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो। लगतै बसेको नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर ग¥यो। उसले भन्यो– ’प्रधानमन्त्रीको यो कदम सर्वसत्तावादी आकांक्षाबाट प्रेरित छ।’ कांग्रेसको यस्तो प्रतिक्रिया आएपछि धेरैले अनुमान गरे– नयाँ संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन र त्यसविरुद्ध कांग्रेस सडकमा उत्रिनेछ। पुस ६ गते पनि आफ्नै पहलमा प्रमुख दलहरूको बैठक राखेर कांग्रेसले त्यही कुरा दोहो¥यायो। आन्तरिक बैठकपछि थप छलफल गरेर अघि बढ्ने दलीय सहमति भयो। यसबीचमा कांग्रेसले पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन ग¥यो। तर उसले ...
दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस १८ । सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।प्रतिनिधिसभा विघटनपछि विभाजन देखिएपछि यो समुह अहिले सडकमा आएको छ । आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने नेता हिमाल शर्माले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक द्वन्द्वको सजाय जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई बनाएर असंवैधानिक काम गरेको भन्दै दाहाल-नेपाल समूह रूष्ट रहेको छ । सो कदमको अरू दलले पनि विरोध गरेपछि संयुक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ । यता दाहाल(नेपाल समूहलाई नेपाली कांग्रेसले तत्कालै संयुक्त आन्दोलनमा साथ नदिने भएपछि दोस्रो चरणको आन्दोलनमा जान लागेको हो । प्रतिनिधिसभा विघटन भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बनाए...
प्रतिनिधिसभा विघटनः प्रदेश २ मा स्थानीय तहसम्मै साताव्यापी आन्दोलन घोषणा

प्रतिनिधिसभा विघटनः प्रदेश २ मा स्थानीय तहसम्मै साताव्यापी आन्दोलन घोषणा

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रदेश २ मा साताव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल समूहले नेकपाको जनकपुरस्थित प्रादेशिक पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी १८ देखि २४ पुससम्म आन्दोलन गर्ने बताएको हो । प्रतिनिधिसभा विघटन गरेर ओलीले संविधान, संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशिता नै समाप्त पार्ने षड्यन्त्र गरेपछि आफूहरूले कडा आन्दोलन सुरु गर्न लागेको पत्रकार सम्मेलनमा नेताहरूले दाबी गरेका छन् । ओलीको प्रतिगामी कमदविरुद्ध एक हजार एक सय सदस्यीय प्रादेशिक संघर्ष समिति गठन गरिएको नेकपाका प्रदेश सहइन्चार्ज विश्वनाथ साहले बताए । साहकै संयोजकत्वमा गठित संघर्ष समितिले प्रदेशका आठवटै जिल्ला, स्थानीय तह तथा वडामा समेत संघर्ष समिति गठन गरिएको छ । संघर्ष समितिले १८ देखि २४ पुससम्म आन्दोलन...
अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित छ :  गौतम

अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित छ : गौतम

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझैपनि एकता जोगाउने सम्भावना जिवित रहेको बताएका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिदैँ यस्तो बताएका हुन् । नेकपा फुटिनसकेको र अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको उनले बताए । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनको भनाइ छ । उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेको बताए ।उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडि बढाउने पनि बताए ।...