Thursday, March 28
Shadow

कांग्रेस नेता शेखर कोइरालाका दाजु निरन्जनको निधन


  • -इ
  • इ+


काठमाण्डौँ, पुष १९
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरन्जन कोइरालाको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उपचारत कोइरालाको आइतबार बिहान करिब एघार बजे निधन भएको भाइ शेखर कोइरालाले बताए । ‘उपचारकै क्रममा आइतबार बिहान दाजु बित्नु भयो’ हाल दिल्लीमै रहेका शेखरले भने ।

कोराना भाइरसको संक्रमण पुष्टि भएपछि ५ डिसेम्बरदेखि उनको अस्पतालमा उपचार चलिरहेको थियो । कोरोना संक्रमणबाट मुक्त भए पनि विगत केही दिनयता स्वास्थ्य जटिल बनेपछि उनलाई आईसियुमा राखिएको थियो । निरन्जन केशव कोइराला र नोना कोइरालाका दुई छोरामध्ये जेठा हुन् ।

कोइराला पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा सक्रियरुपमा संलग्न थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल उनका समकालीन हुन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारमा उनले केही समय पर्यटन मन्त्रालयको विज्ञका रुपमा समेत काम गरेका थिए । शेखरका अनुसार नेपालको पर्यटन क्षेत्रमा नीतिगत सुधार गर्न उनले अहं भूमिका खेलेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares