Sunday, April 19
Shadow

राजनिती

ओली समूहले पनि आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्दै

ओली समूहले पनि आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १८ । नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले आज (शनिबार) काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेला गर्ने भएको छ । बृहत कार्यकर्ता भेला भनेर प्रचार गरिएको कार्यक्रम दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीम सुरु हुँदैछ । भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ। यसअघि बुधबार पनि ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ताको भेला गरेको थियो।संसद् विघटनको निर्णय पछि नेकपा दुई समूहमा विभाजित भएपछि हरेक भेलामा प्रधानमन्त्री ओली स्वयम् उपस्थित हुँदै आएका छन् । उनले संसद विघटनलाई संवैधानिक भएको दाबी गर्दै आएका छन् । यता नेकपाको प्रचण्ड(नेपाल समूहले भने ओलीको कदमको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।...
प्रदेश १ का मुख्यमन्त्री राईले गरे थप एक सांसद ‘निलम्बन’

प्रदेश १ का मुख्यमन्त्री राईले गरे थप एक सांसद ‘निलम्बन’

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १८ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थप एक जना सांसदलाई संसदीय दल सदस्यबाट निलम्बन गरेका छन् । नेकपा संसदीय दलको विधानविपरित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै प्रचण्ड नेपाल पक्षका उपेन्द्र घिमिरेलाई संसदीय दलको गतिविधिबाट बञ्चित गरिएको जनाइएको छ । मुख्यमन्त्री राई निकट नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले घिमिरेलाई निलम्बन गरिएको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका छन् । राईले बिहीबार प्रचण्ड नेपाल समूहका १५ सांसदलाई निलम्बन गरेका थिए ।...
प्रचण्ड–नेपाल समूहद्वारा नेकपा सुदूरपश्चिमका अध्यक्ष थापालाई कारवाही गर्न सिफारिस

प्रचण्ड–नेपाल समूहद्वारा नेकपा सुदूरपश्चिमका अध्यक्ष थापालाई कारवाही गर्न सिफारिस

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १८ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई प्रचण्ड–नेपाल समूहले कारवाहीका लागि सिफारिस गरेको छ। शुक्रबार धनगढीमा बसेको नेकपाको चौथो बैठकले थापालाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारवाहीका लागि केन्द्रीय कमिटिलाई सिफारिस गरिएको नेकपा सुदूरपश्चिमका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार अब प्रदेश कमिटिले गरेको सिफारिसका आधारमा केन्द्रले थापालाई कारवाही गर्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा विभाजन भएको नेकपामा एक समूहले अर्को समूहले जिल्लादेखि केन्द्रसम्म कारवाही गर्ने क्रम चलेको छ। सोही क्रमममा थापालाई पनि कारवाही गर्न सिफारिस गरिएको हो। थापा ओली निकट नेता हुन्।...
प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कांग्रेस किन मौन ?

प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कांग्रेस किन मौन ?

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १८ । पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो। लगतै बसेको नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर ग¥यो। उसले भन्यो– ’प्रधानमन्त्रीको यो कदम सर्वसत्तावादी आकांक्षाबाट प्रेरित छ।’ कांग्रेसको यस्तो प्रतिक्रिया आएपछि धेरैले अनुमान गरे– नयाँ संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन र त्यसविरुद्ध कांग्रेस सडकमा उत्रिनेछ। पुस ६ गते पनि आफ्नै पहलमा प्रमुख दलहरूको बैठक राखेर कांग्रेसले त्यही कुरा दोहो¥यायो। आन्तरिक बैठकपछि थप छलफल गरेर अघि बढ्ने दलीय सहमति भयो। यसबीचमा कांग्रेसले पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन ग¥यो। तर उसले ...
दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस १८ । सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।प्रतिनिधिसभा विघटनपछि विभाजन देखिएपछि यो समुह अहिले सडकमा आएको छ । आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने नेता हिमाल शर्माले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक द्वन्द्वको सजाय जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई बनाएर असंवैधानिक काम गरेको भन्दै दाहाल-नेपाल समूह रूष्ट रहेको छ । सो कदमको अरू दलले पनि विरोध गरेपछि संयुक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ । यता दाहाल(नेपाल समूहलाई नेपाली कांग्रेसले तत्कालै संयुक्त आन्दोलनमा साथ नदिने भएपछि दोस्रो चरणको आन्दोलनमा जान लागेको हो । प्रतिनिधिसभा विघटन भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बनाए...
प्रतिनिधिसभा विघटनः प्रदेश २ मा स्थानीय तहसम्मै साताव्यापी आन्दोलन घोषणा

प्रतिनिधिसभा विघटनः प्रदेश २ मा स्थानीय तहसम्मै साताव्यापी आन्दोलन घोषणा

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रदेश २ मा साताव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल समूहले नेकपाको जनकपुरस्थित प्रादेशिक पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी १८ देखि २४ पुससम्म आन्दोलन गर्ने बताएको हो । प्रतिनिधिसभा विघटन गरेर ओलीले संविधान, संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशिता नै समाप्त पार्ने षड्यन्त्र गरेपछि आफूहरूले कडा आन्दोलन सुरु गर्न लागेको पत्रकार सम्मेलनमा नेताहरूले दाबी गरेका छन् । ओलीको प्रतिगामी कमदविरुद्ध एक हजार एक सय सदस्यीय प्रादेशिक संघर्ष समिति गठन गरिएको नेकपाका प्रदेश सहइन्चार्ज विश्वनाथ साहले बताए । साहकै संयोजकत्वमा गठित संघर्ष समितिले प्रदेशका आठवटै जिल्ला, स्थानीय तह तथा वडामा समेत संघर्ष समिति गठन गरिएको छ । संघर्ष समितिले १८ देखि २४ पुससम्म आन्दोलन...
अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित छ :  गौतम

अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित छ : गौतम

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझैपनि एकता जोगाउने सम्भावना जिवित रहेको बताएका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिदैँ यस्तो बताएका हुन् । नेकपा फुटिनसकेको र अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको उनले बताए । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनको भनाइ छ । उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेको बताए ।उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडि बढाउने पनि बताए ।...
पुर्नस्थापनाको आशा नगरी निर्वाचनको तयारीमा लाग्न सरकारको आग्रह

पुर्नस्थापनाको आशा नगरी निर्वाचनको तयारीमा लाग्न सरकारको आग्रह

ब्यानर समाचार 2, राजनिती, समाचार, समाज
काठमाडौं , पुस १७ । निर्वाचनको तयारीमा लाग्न राजनीतिक दलहरुलाई सरकारले आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरुलाई आगामी वैशाखमा हुने निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन् । शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संसद पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक दलहरुलाई आगामी वैशाखमा घोषणा भएको निर्वाचनको तयारीमा लाग्न अनुरोध गरे । उनले सरकारले निर्वाचनको तयारी गरेको, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा संसद पुर्नस्थापनाको आशा नगरी निर्वाचनमा लाग्न अनुरोध गरे । मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन पछि सरकारले गरेका कामको वैधानिकतामाथि प्रश्न उठ्ने गरेको भन्दै सरकारले गरेको काम संवैधानिक भएको बताए । सरकारले गरेको काम नेपालको कानून बमोजिम...
राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने, प्रतिनिधिसभा भंग गरेको भन्दै नेताहरूले गरे विरोध

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने, प्रतिनिधिसभा भंग गरेको भन्दै नेताहरूले गरे विरोध

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ, पुस १७ । राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ।अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका हुन । आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विषयमा दलका नेताहरूले विरोध गरेका छन् । नेकपाका सांसद दिनानाथ शर्मा, कांग्रेस सांसद जितेन्द्रनारायण देव र जसपा सांसद प्रमिला कुमारीले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी रहेको भन्दै विरोध गरेका थिए । साथै पूर्वसांसदहरूको निधनमा आजको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ।बैठकको आरम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । यसैबीच सभाका नेकपा संसदीय दलका नेता द...
गृहमन्त्री थापाको दाबि- स्थिरता कायम गर्न संसद विघटन , यो लडाइँमा हामी नै विजयी हुन्छौ

गृहमन्त्री थापाको दाबि- स्थिरता कायम गर्न संसद विघटन , यो लडाइँमा हामी नै विजयी हुन्छौ

ब्यानर समाचार, राजनिती
    काठमाडौं, पुस १७ ।  । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहेका गृहमन्त्री थापाले शुक्रबार नेकपा निकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यसतो बताएका हुन् । देशमा स्थायित्व ल्याउन सरकारले संसद विघटन गरेको उनले बताए । सरकारले संसद विघटन गरेर माध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सरकारले अग्रगामी कदम चालेको बताए । संसद विघटन भएसँगै पार्टी भित्रको एउटा पक्ष संसद पुनरस्थापनाको माग गर्दै पार्टीबाट अलग भएको समेत उनले बताए । तर पहिलाको संसदले स्थायित्व ल्याउन सक्छ या नयाँ संसदले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने क...