Saturday, April 20
Shadow

प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भनेर कसले भन्यो ? कुनै पनि हालतमा हुँदैनः प्रधानमन्त्री ओली


  • -इ
  • इ+

काठमाडौँ, पुस १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् ।

आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने दाबी गरेका हुन् ।

प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै ओलीले पुनर्स्थापना हुनै नसक्ने तर्क गरे । उनले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए ।

उनले बेलायत र इजरायलको उदाहरण दिँदै आफूले गरेको संसद विघटन सही रहेको र स्वाभाविक भन्दै पुनर्स्थापना नहुने बताए ।उनले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको आरोप समेत लगाए ।

‘प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो रु कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर रु पुनर्स्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन भन्नुभएको होला,’ प्रधानमन्त्रीको भनाइ थियो ।
प्रतिनिधिसभा विघटन गर्नुका पछाडि आफूविरुद्ध पार्टीभित्रैबाट आएको अविश्वासको प्रस्ताव लगायतका कुरा रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

अध्यक्ष दाहालले पार्टीको काम नगरेर गुट सञ्चालन गरेर काम गर्न नदिएको आरोप समेत लगाए। ‘पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो। तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई काम गर्न नै दिनुभयो ।’ उनले भने।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares