Friday, April 26
Shadow

विश्वका तिब्र आर्थिक वृद्धि गर्ने १० देशहरुमा नेपाल परेको छ : प्रधानमन्त्री ओली


  • -इ
  • इ+

काठमाण्डौँ, पुष १७
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गरेको दाबी गरेका छन् । काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुनिया विश्वका १० वटा देशहरु जसले तिब्र आर्थिक वृद्धि गरे त्यसमा नेपाल परेको बताएका छन् । उनले मानव विकास सूचकांकमा नेपालले राम्रो प्रगति गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालको प्रधानमन्त्रीको बाहिर चर्चा हुदैनथ्यो, भारतको हरेक प्रधानमन्त्री को छ भन्यो भने हरेकलाई कण्ठ छ । अन्तर्राष्ट्रिय मंचमा हाम्रो कुरा सुन्न थालिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले, चिनियाँ राष्ट्रपति सी जीङपीङले सम्बृद्ध नेपालको अभियानमा सघाउछौ भन्नु भयो तर प्रचण्ड र नेपालले समृद्ध नेपालको बारेमा शब्द पनि उच्चरण गरेनन् ।’

प्रधानमन्त्री ओलीले देशमा अहिलेसम्म नभएको विकासका कम भएको भन्दै आफ्नै पार्टीका नेताहरुले सरकारले गरेको काम नदेखेको आरोप लगाए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares