Sunday, April 19
Shadow

राजनिती

‘दाहाल–नेपाल’ समूहले प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङलाई हटायो

‘दाहाल–नेपाल’ समूहले प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङलाई हटायो

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल-नेपाल’ समूहले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । नेकपा ‘दाहाल–नेपाल’ समूहको पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।स्थायी कमिटी बैठकले गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि दाहाल-नेपाल समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ । यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालको संयोजकत्वमा १० सदस्य कार्यदल गठन गरेको थियो ।पार्टी एकताका बाँकी काम गर्न र विभिन्न तहमा पदाधिकारी थप्ने गृहकार्यको लागि १० सदस्...
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सर्वाेच्चले जारी गर्‍यो कारण देखाउ आदेश

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सर्वाेच्चले जारी गर्‍यो कारण देखाउ आदेश

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २० संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सोमवार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा भएको सुनुवाइपछि कारण देखाउ आदेश भएकाले सरकारले लिखित जवाफ पेस गर्नुपर्ने भएको छ । अदालतले अन्तरिम आदेश छलफलका लागि बोलाउने आदेश समेत गरेको रिट निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्रबहादुर ओलीले जानकारी दिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओलीले संसद विघटनपछि कामचलाउ भइसकेको सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्नु गैरकानूनी हुने भन्दै सर्वाेच्चमा छुट्टाछुट्टै निवेदन दिएका थिए । निवेदकले रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका थिए ।...
प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो : नेतृ झाँक्री

प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो : नेतृ झाँक्री

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २० सत्तारुढ नेकपाकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेकी छन् । प्रतिनिधि सभा विघटनपछि विभाजित भएको (कानुनी मान्यता पाउन बाँकी) नेकपाको प्रचण्ड–नेपाल समूहकी झाँक्रीले हास्यव्यंग्यले मुलुक नचल्ने भन्दै प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेकी हुन् । केही दिनयता भइरहेका भेला र सभामा प्रधानमन्त्री ओलीले हास्यव्यंग्यको शैली प्रचण्ड–नेपाल समूहका नेताहरुको टिकाटिप्पणी गरिहेका बेला झाँक्रीको सो अभिव्यक्ति सार्वजनिक भएको हो । सोमबार चितवनको भरतपुरमा आयोजित नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्, ‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हा । देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।’ बाँचुन्जेल शक्तिमा र...
पत्नी सीताको उपचारका लागि दाहाल भारततर्फ

पत्नी सीताको उपचारका लागि दाहाल भारततर्फ

मुख्य समाचार, राजनिती, स्वास्थ्य
काठमाण्डौँ, पुष २० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज पत्नी सीताको उपचारका लागि भारत गएका छन् । पत्नी सीता दाहालको उपचार भारतको मुम्बइ गर्ने तयारी भएको छ । उनी सोमबार बिहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गरेको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष दाहालले हिजो आइतबारको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए । सीता दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने रोगवाट पीडित छिन् । मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी छन् । उनको स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बइ लगिएको हो । यसअघिपनि उनको अमेरिका, सिंगापुर र भारतमा उपचार गरिएको थियो ।...
दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २० । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा घोषित आन्दोलनका थप कदमबारे छलफल गर्न बैठक बस्न लागेको हो ।समूहले सरकारको असंवैधानिक कदमविरूद्ध घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने भएको छ । काठमाडौँमा प्रदर्शनसहित विरोध प्रदर्शनसहित कार्यक्रमण गरेको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रमण घोषणा गरेको छ ।आजको बैठकमा सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमलाई सशक्त र व्यवस्थित बनाउने विषयमा छलफल हुने नेता योगेश भट्टराईले जानकारी दिए ।उनले पार्टी एकीकरणका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल गरिने बताए । घोषित कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउन स्थायी कमिटीमा छल...
कांग्रेस एक्लै सडक संघर्षमा, दाहाल र नेपाल पक्षको प्रस्ताव अस्वीकार

कांग्रेस एक्लै सडक संघर्षमा, दाहाल र नेपाल पक्षको प्रस्ताव अस्वीकार

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २० । कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै पुस १३ गते सडक प्रदर्शन गर्ने भएको छ । यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडक संघर्षमा जाने भएको छ । उसले अरू दलसँग सहकार्य नगरी आफ्नै संगठनको बलमा संघर्षमा जाने निर्णय गरेको हो ।विघटनको विरोधमा संयुक्त संघर्षमा जान नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केही दिनअघि गरेको प्रस्तावलाई भने कांग्रेसले अस्वीकार गरेको छ । सरकारको कदमविरुद्ध सँगै आन्दोलनमा जान विभाजित नेकपा (प्रचण्ड-नेपाल) समूहले कांग्रेसको साथ चाहेको थियो । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार एक महिने संघर्षका कार्यक्रम घोषणा गर्दै अझै पनि कांग्रेसलाई पर्खेको बताएका थिए । तर त्यसको भोलिपल्ट आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अरू दलसँग सहकार्य नगरी आफ्नै संगठनको बलमा...
निर्वाचन आयोगले पठायो नेकपाका दुबै पक्षलाई  छुट्टाछुट्टै पत्र , के छ पत्रमा ?

निर्वाचन आयोगले पठायो नेकपाका दुबै पक्षलाई छुट्टाछुट्टै पत्र , के छ पत्रमा ?

पत्रपत्रिका, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २० । निर्वाचन आयोगले ओली पक्षलाई अवधि नतोकी र प्रचण्ड–माधव समूहलाई सात दिनभित्र लिखित जवाफ दिन भन्दै छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकताको विषयमा आयोगमा परेको विवाद निरुपण गर्ने प्रक्रियाअन्तर्गत आयोगले शुक्रबार पठाएको पत्रमा फरकफरक अवधि तोकिएको छ । प्रचण्ड–माधव पक्षलाई पठाइएको पत्रमा लिखित जवाफ दिनका लागि सात दिन म्याद दिइएको छ भने ओली पक्षलाई कुनै म्याद नतोकी जानकारी मात्र दिइएको पाइएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको हो । प्रचण्ड–नेपाल पक्षलाई पठाइएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद–९ अनुसार कारबाही गर्न सकिने जानकारी गराएको छ । ओली पक्षलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगक...
प्रधानमन्त्री ओली धनगढी आउँदै

प्रधानमन्त्री ओली धनगढी आउँदै

मुख्य समाचार, राजनिती
कैलालाी , पुस २० । प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी आउने भएका छन्। पुस २४ गते धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न ओली यहाँ आउन लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ। नेकपा विभाजन भएपछि पहिलो पटक ओली समूहले आयोजना गर्ने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्। प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणापछि ओली जिल्ला तथा प्रदेश दौडाहमा लागेका छन्। सोही कार्यक्रम अनुसार धनगढीमा पनि जनसभा आयोजना गरिएको नेकपाले जनाएको छ।...
प्रतिनिधिसभा विघटनः सर्वोच्चलाई ओलीको अडानयुक्त जवाफ

प्रतिनिधिसभा विघटनः सर्वोच्चलाई ओलीको अडानयुक्त जवाफ

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस २० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीको विशेषाधिकार रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। प्रधानमन्त्री ओलीले अर्को सरकार गठन हुन सक्ने अवस्थाको विद्यमानता नरहेको, विघटन राजनीतिक विषय रहेको, राजनीतिक अनुशासन कायम गर्न ताजा जनादेशका लागि सार्वभौम जनतामा जाने निर्णय लिएको, विघटन संविधानसम्मत रहेकोलगायत दाबीसहित सर्वोच्चमा न्यायिक पुनरावलोकनको विषय नरहेको जनाएका छन्। ‘मैले प्रतिनिधिसभा विघटनको सिफारिस कुनै वैयक्तिक लाभका लागि गरेको होइन, देश र जनताको हितको अगाडि पद र परिवार कहिल्यै मेरा प्राथमिकताका विषय बनेनन्’, प्रधानमन्त्री ओलीको जवाफमा छ। उनले लोकतन्त्रप्रतिको अटल प्रतिबद्धता र जनअधिकारका लागि आधा शताब्दीभन्दा बढी लडाइँ लडेको जनाएका छन्। ‘मैले कुनै अवाञ्छित स्वार्थका लागि काम गर्नुप...
कांग्रेसले पुस २५ देखि प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

कांग्रेसले पुस २५ देखि प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १९ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । पुस १३ गते पनि उसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।...