Thursday, April 25
Shadow

दाहाल-नेपाल समूहद्धारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक


  • -इ
  • इ+

काठमाडौ, पुस १८
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधव कुमार नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज (शनिबार) पत्रकार सम्मेलन गरी नारायणकाजी श्रेष्ठको उपस्थितिमा प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो ।

सार्वजनिक गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम, पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन, पुस २१ गते राजनीतिक पार्टीहरुसँग काठमाडौंलगायत विभिन्न शहरमा अन्तरक्रिया गर्ने लगायत छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares