Friday, April 26
Shadow

नेकपाको पत्रकार सम्मेलन, आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने


  • -इ
  • इ+

 

काठमाण्डौं, पुष १८

नेकपाले पुस १४ मा देशव्यापी प्रदर्शन गरेको थियो । पुस १७ मा सबै प्रदेशका बैठक समेत सम्पन्न भएका थिए ।

आज संघर्ष समितिको बैठक दुई बजे बस्ने र त्यसपछि पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने समिति संयोजक नारायणकाजी श्रेष्ठले बताए ।

नेकपाले यो बीचमा कांग्रेस र अन्य दलससँग मिलेर संयुक्त आन्दोलनका लागि प्रयास गरेपनि कांग्रेसकभित्र स्पष्ट मत जुट्न नसक्दा नेकपाले एक्लै आन्दोलन गर्ने भएको हो।

संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने नेकपाले संघर्षका लागि प्रदेश र जिल्लास्तरमा पनि समिति गठन सुरु गरेको छ । संविधान र लोकतन्त्रविरोधीलाई असफल गर्न संघर्षको विकल्प नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares