Saturday, April 18
Shadow

राजनिती

सांसद चन्द्र भण्डारी आज स्वदेश फर्कंदै

सांसद चन्द्र भण्डारी आज स्वदेश फर्कंदै

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी आज दिउँसो स्वदेश फर्कंदै छन् । भारतमा उपचार गराई उनी काठमाडौं फर्कन लागेका हुन् । उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको उनका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए । गुल्मी क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य भण्डारी आज दिउँसो नेपाल एयरलाइन्सको मुम्बई–काठमाडौं नियमित उडानमार्फत नेपाल फर्कन लागेका हुन् । भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा करिब साढे दुई महिना उपचार गराएर सांसद भण्डारी स्वदेश फर्कन लागेका हुन् । भारतमा उनको मुख्य अपरेसनलगायत उपचार गरिएको मीनप्रसादले बताए । अब बाँकी उपचार र हेरचाह नेपालमै गरिने उनले जानकारी दिए । उनका अनुसार काठमाडौंमै थप उपचार गराउने सांसद भण्डारीको इच्छापछि चिकित्सकसित सल्लाह गरी यहाँ ल्याउन लागिएको हो । ड्रेसिङलगायत कार्य यहीँ गरिने मीनप्रसादले बताए ।...
अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयप्रति माधव नेपालको विरोध

अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयप्रति माधव नेपालको विरोध

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अयोग्य लडाकुलाई दुई दुई लाख दिने निर्णय गलत भएको बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले शुक्रबार जनकपुरधाममा समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारको उक्त निर्णयको विरोध गरेका हुन् । देशमा आर्थिक सङ्कटका बीच प्रचण्ड नेतृत्वको सरकारले आफ्नै नेतृत्वको जनयुद्धका अयोग्य लडाकुहरू रकम दिनु गलत रहेको नेपालको भनाई छ । अध्यक्ष नेपालले यस्तो आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत रहेको भन्दै उनले यो निर्णय पहिलाकै हो कि नयाँ हो ? भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट पार्न आग्रह गरे।...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाइको हो । आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन । बैठकमा पार्टीले पाएको थप ४ मन्त्रालयमा को-कसलाई पठाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।...
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्न सक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल

मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्न सक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन् । आज बिहान मिटरब्याज पीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उनले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताए । मिटरब्याजको दीर्घकालीन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै प्रधानमन्त्री दाहालले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । ‘पीडितका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको छ’, उनले बताए । मिटरब्याज समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल ‘फिल्ड’मा गएर कारबाही गर्न सक्ने तथा न्यायिक अधिकार प्रयोग गर्न सक्ने आयोग बनाइने प्रधानमन्त्री दाहालले उल्लेख गरे । ‘त्यो प्रक्रिया अघि बढिसकेको छ’, उन...
मोदि लाई सुझाव , पत्रकार प्रती आक्रोसित हुदै सरकार बाट बाहिरियो रास्वपा

मोदि लाई सुझाव , पत्रकार प्रती आक्रोसित हुदै सरकार बाट बाहिरियो रास्वपा

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
  काठमाडौँ - सरकारमा बस्ने कि बाहिरिनेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछाने मिडिया सञ्चालक र सम्पादकप्रति निकै आक्रामक देखिए। उनले पार्टीको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै भने 'सरकारलाई दिएको समर्थन कायम राख्ने तर सरकारबाट फिर्ता हुने।'पार्टीको निर्णय सार्वजनिक गरेपछि उनी आफूबारे उठेका प्रश्नहरू प्रकाशित समाचारबारे केन्द्रित भएका थिए। उनले नागरिकता र राहदानीमा प्रक्रियागत त्रुटि भएको हुनसक्छ भन्दै अदालतको आदेश र कानुनी कारबाही स्वीकार्य हुने बताए। उनले नेपालका मिडियाहरूले सिन्डिकेट चलाउने गरेको र आफ्ना गलत काम लुकाउने गरेको भन्दै अहिले मिडियामा धेरै बेथिति रहेको भन्दै तीव्र आलोचना गरे। 'प्रमाणसहित समाचार छाप्नुस्, त्यो उकेरा कि सुकेराले लेखेकोमा मेरो भन्नु केही छैन। तर गर्दै नगर...
सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
काठमाडौँ । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ ।एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो ।सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ ।विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्तिकेन्द्रसमेत नयाँ समीकरण बनाएर सरकार फेरबदल गराउने कोसिसमा रहेका स्रोतको दाबी छ ।स्रोतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रकै केही नेता वर्तमान सत्ता समीकरण भत्काउन लागिपरेका छन् । यद्यपि, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सरकार गठन भएको छोटो समयमै सत्ता गठबन्धन भत्काउँदा सरकारप्रति नै ठूलो अविश्वास बढ्ने भएकाले त्यस्तो गर्न नहुने पक्षम...
सहिद सम्झना , कस्तो हाेला आन्दाेलन कारीहरुकाे अबस्था !

सहिद सम्झना , कस्तो हाेला आन्दाेलन कारीहरुकाे अबस्था !

ब्यानर समाचार, राजनिती, विचार
माघ १६ आज सहिद दिबस केही अग्रजहरुकाे याद आयाे जबानीमा आफ्नाे उर्जा पार्टीलाई समर्पण गरेर बुढेसकाल बेहाेरि रहनु भएका मातातीर्थका शिबगाेपाल रिजाल , त्यसै गरि अर्का लाेकतन्त्रकालागि जीवभर दुख झेलेर पार्टीका लगि बम समेत बाेकेर जाखिम जीवन बिताएका स्व स्यालाल श्रेष्ठकाे परिबार, लाेकतन्त्रका लागि चिन्ता गरिरहने र समकालीन साथीहरुकाे सम्झना गरिरहने सल्यानथानका ध्रुब खनाल , २०६२ /०६३ आन्दाेलनमा सकृय सहभागिता जनाउदा धाइते भएर सरीरकाे अङ्गनै गुमाएर पनि पुनर जीवन पाउनुभएका केदारनाथ तिमिल्सेना,पार्टीले आफुलाई अपमान सहन नसकि राजनीतिबाट अलगिएकी प्राध्यापक सुप्रभा धिमिरे जसकाे याेगदान लाेकतन्त्रका लागि अबिस्मरणीय छ,जेष्ठनागरिक स्याम बहादुर खड्का जाे प्रजातन्त्रशेनानी सङ्घ काठमाण्डौंकाे सभापति हुनुहुन्याे। प्रतिकुल स्वास्थ्य अबस्था हुदापनि अझै सङ्गठनमा देखिनु हुन्छ,कमला सर्मा राई उहाकाे २०६२/०६३ काे आन्दाेल...
गृहमन्त्रीमा  नियुक्त हुन रवि लामिछानेको चाहना, प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिए नयाँ  रणनीति

गृहमन्त्रीमा नियुक्त हुन रवि लामिछानेको चाहना, प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिए नयाँ रणनीति

ब्यानर समाचार, राजनिती
  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू गृह मन्त्रालयमा फर्किने चाहना जानकारी गराएका छन्। लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका हुन्। उच्च स्रोतका अनुसार लामिछानेले चितवन-२ मा हुने उपनिर्वाचनमार्फत् आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेका थिए। प्रधानमन्त्री प्रचण्डले भने लामिछानेलाई ठोस जवाफ र आश्वासन दिएनन्। उनले यसबारे कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गर्ने जवाफ दिए। लामिछानेभन्दा अगाडि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पनि बालुवाटारमा भेट भएको थियो। भेटमा ओलीले लामिछानेलाई गृहमन्त्री बनाउन दबाव ...
नागरिकता प्रकरणमा लामिछाने दोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद नरहने

नागरिकता प्रकरणमा लामिछाने दोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद नरहने

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ : सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त विवादपछि सुनाएको फैसलापछि उक्त पदहरू नरहने भएको हो । “रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन”, फैसलामा भनिएको छ, “निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मे...
गण्डकीमा ७ मन्त्रालय बनाउने निर्णय, आजै मन्त्रिपरिषद विस्तारको सम्भावना

गण्डकीमा ७ मन्त्रालय बनाउने निर्णय, आजै मन्त्रिपरिषद विस्तारको सम्भावना

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आइतबार सत्ता साझेदार दलको बैठकले गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति भएको थियो । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सिता सुन्दासले बताइन् । ‘आइतबार र सोमबार बिहान सत्ता साझोदारको बैठक बस्यो । बैठक लगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या ७ बनाउने निर्णय गरेको छ,’ सरकाकी प्रवक्ता समेत रहकी मन्त्री सुन्दासले भनिन् । मन्त्रालयको आंकडा र  कार्यक्षेत्र-    आजै साँझसम्म मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादीबाट २ र राप्रपाबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनाउने अधिकारीको तयारी छ ।   अधि...