Friday, March 29
Shadow

मोदि लाई सुझाव , पत्रकार प्रती आक्रोसित हुदै सरकार बाट बाहिरियो रास्वपा


  • -इ
  • इ+

 

काठमाडौँ – सरकारमा बस्ने कि बाहिरिनेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछाने मिडिया सञ्चालक र सम्पादकप्रति निकै आक्रामक देखिए। उनले पार्टीको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै भने ‘सरकारलाई दिएको समर्थन कायम राख्ने तर सरकारबाट फिर्ता हुने।’पार्टीको निर्णय सार्वजनिक गरेपछि उनी आफूबारे उठेका प्रश्नहरू प्रकाशित समाचारबारे केन्द्रित भएका थिए। उनले नागरिकता र राहदानीमा प्रक्रियागत त्रुटि भएको हुनसक्छ भन्दै अदालतको आदेश र कानुनी कारबाही स्वीकार्य हुने बताए।

उनले नेपालका मिडियाहरूले सिन्डिकेट चलाउने गरेको र आफ्ना गलत काम लुकाउने गरेको भन्दै अहिले मिडियामा धेरै बेथिति रहेको भन्दै तीव्र आलोचना गरे।

‘प्रमाणसहित समाचार छाप्नुस्, त्यो उकेरा कि सुकेराले लेखेकोमा मेरो भन्नु केही छैन। तर गर्दै नगरेको, प्रमाणै नभएको विषयमा जे पायो त्यही लेखे मिडिया घेर्न आउँछु।’

जनमत अनुसार एउटा समझदारीमा अगाडि बढेको र सोही अनुसार सरकारमा सहभागी भएको भन्दै उनले चार वर्ष अगाडि आफूले सार्वजनिक रूपमा जानकारी गराएको अनि गृह मन्त्रालयलाई बुझाएको विषय उठाएर चरित्र हत्या गरेको दाबी गरे।

‘केही बाध्यता र केही रहर बोकेर विदेश गएको थिए। नेपाल फर्कन के-के आवश्यक पर्ला भनेर कागजपत्र जोहो गर्न नेपाल आएको थिए। म मात्र हैन लाखौँले गर्छन्। प्रक्रियागत रूपमा आम मान्छेले जे गरिरहेका थिए मैले त्यही गरे,’ उनले भने’ कानुनी रूपमा मेरा केही त्रुटि भएको हुनसक्छ। तर त्यही आधारमा सक्काउन खोजेर म सकिन्न।’

उनले आफू अहिले उपप्रधान तथा गृहमन्त्री केही नभएको भन्दै अबको पाँच वर्षमा प्रधानमन्त्री हुने गरी संसद्मा फर्किएर आउने दाबी गरे। उनले अहिलेको व्यवस्थाप्रति आफू प्रतिबद्ध रहेको दाबी गरे। उनले आफू राजावादी बन्न नहिँडेको तर जनतालाई राजा बनाउन हिँडेको बताए।

‘लखेट्दा लखेट्दा उपप्रधामन्त्री बनाए अब प्रधानमन्त्री बनाउने त होला,’ उनले भने ‘लोकतन्त्र थिएन भने म जस्ता व्यक्ति सांसद जितेर उपप्रधानमन्त्री बन्न सक्ने ल्याकत यही व्यवस्थामा रहेको छ। निरङ्कुश व्यवस्था भएको भए यो सम्भव थिएन,’ उनले भने।

उनले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता त्याग्नु नपर्ने कानुनको उपयोग गरेको भन्दै आम नेपाली जस्तै नेपाल फर्किएको र पासपोर्ट, आफूलाई चाहिने प्यान नम्बर सबै लिने काम गरेको र त्यसको आधारमा नेपाली पासपोर्ट लिएको स्वीकार गरे।

उनले राहदानी बनाए पनि अमेरिकी नागरिकता नत्यागेसम्म नेपाली राहदानी प्रयोग नगरेको बताए। उनले सोझो चिताएर राहदानी लिएको दाबी गरे। अन्य गैर आवासिय नेपालीले जस्तै नेपाल आएर राहदानी लिएकै हो। तर वेचेर खाएको त छैन नि।’

‘कुनै पनि काम गर्दा,अपराध गर्दा त्यसको असर र प्रभाव हुन्छ। मैले के बिराए ? मैले कानुनी झमेला झेल्नुपर्छ। मलाई केही समस्या छैन। मैले सार्वजनिक रूपमा बताएको छु। मैले प्रयोग र दुरुपयोग गरेको छैन’ उनले भने।

उनले प्रक्रियागत त्रुटि गरेको र त्यसको सजाय भोगिसकेको बताउँदै उनले आफूमाथि भएको प्रहार अदालतलाई प्रभावित गर्न गलत समाचार लेखेको दाबी गरे।

‘राहदानीको मुद्दा म आफैँ लड्छु। चार वर्ष अगाडि मैले भनेकै कुरा १२ भाइ पत्रकार जम्मा पारेर कहिले यताबाट अनि कहिले उताबाट पेलेको पेल्यै गरे,’ उनले भने।

कन्फ्लिक्ट अफ इन्ट्रेस्टको व्याख्या गरौँ भन्दै उनले अधिकांश ठुला मिडिया र त्यसका सञ्चालकहरूले पत्रकारिताको दुरुपयोग गरेको दाबी गरेका थिए।

‘नेपालको मिडियालाई रिझाएर मात्र पावर गेन गर्नुपर्ने ! देश चलाउने हो भने चितवन २ मा चुनाव लड्न आउनुस् को आउने हो,’ उनले भने।

उनले आफूलाई पूर्व गृहमन्त्रीको रूपमा कुनै सुरक्षा नचाहिने बताए। उनले अब मिडियासँग नडराउने भन्दै उनले भने’ केपी ओली डराउलान् तर म डराउन्न ।
उन्ले सबैको आलोचना गरिरहदा प्रचण्डको केही प्रशंसा गरेका थिए भने मोदिलाइ पनि नेपाल संग एजेन्ट मार्फत होइन सिधा सम्बन्ध राख्न सुझाव दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares