Friday, April 17
Shadow

राजनिती

राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयहरू कमजोर बन्यो: महामन्त्री थापा

राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयहरू कमजोर बन्यो: महामन्त्री थापा

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ,असार १८ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालयलाई उच्च प्राथमिकतामा राखेर संघीय शिक्षा ऐन तत्काल पारित गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् । उनले राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयहरू पनि कमजोर बनेको उल्लेख गरे । आज काठमाडौँमा भएको स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शतवार्षिक कार्यक्रममालाई सम्बोधन गर्दै उनले शिक्षालाई व्यवस्थित गर्ने र शिक्षा ऐनको प्रारम्भ समेत नहुँदा विश्वविद्यालयहरू थला पर्दै गएको बताए । महामन्त्री थापाले राजनीतिक दलकै कारण विश्वविद्यालय धराशायी बन्दै गएको समेत आरोप लगाए । उनले मुलुकमा संघीय व्यवस्था भए पनि शिक्षा प्राथमिकतामा पर्न नसकेको बताए । उनले विगत १०–१२ वर्षदेखि शैक्षिक अवस्था ओरालो लागेको दाबी गरे । महामन्त्री थापाले विद्यालयहरूमा आएको सङ्कटलाई सरकारले बुझ्न नसकेको भन्दै विद्यालय शिक्षामा बजेट कम छुट्याएको प्रति असन...
रााष्ट्रिय स्वतन्त्र पार्टी म्यागङको नेतृत्व मंगलबहादुरको काधमा

रााष्ट्रिय स्वतन्त्र पार्टी म्यागङको नेतृत्व मंगलबहादुरको काधमा

मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
नुवाकोट, देउराली १८ असार। रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को म्यागङ गाउँपालिकास्तरीय कार्यसमिति गठन गरिएको छ । आइतबार म्यागङको देउराली माने भञ्ज्याङमा आयोजित प्रथम पालिका भेलाले मंगलवहादुर तामाङको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो र भेलाले तामाङको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । उक्त भेलाले उप–सभापतिमा देवचरण खड्कालाई चयन गरेको रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट बागमती प्रदेश सदस्य लक्ष्मी पाण्डेले बताएका छन् भने यस्तै,सचिवमा जसमान तामाङ र कोषाध्यक्षमा मसिना तामाङ चयन भएका छन् । सदस्यहरुमा जगतमान तामाङ, विसुर तामाङ, धन वहादुर तामाङ र नेमा तामाङ रहेका छन् । यसअघि रााष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार मात्रै नुवाकोटको तारकेश्वर र किस्पाङ गाउँपालिकामा पालिकास्तरको कमिटि गठन गरिसकेको छ । पालिकास्तरमा गठन भएको समितिले वडास्तरमा वडा कमिटि गठन गर...
रााष्ट्रिय स्वतन्त्र पार्टी किस्पाङ सभापतिमा शिवप्रसाद भट्ट

रााष्ट्रिय स्वतन्त्र पार्टी किस्पाङ सभापतिमा शिवप्रसाद भट्ट

मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
नुवाकोट,किस्पाङ १७ असार। रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को किस्पाङ गाउँपालिका स्तरीय कार्यसमिति गठन गरिएको छ । शनिवार (हिजो) किस्पाङको काहुलेमा भएको आयोजित प्रथम पालिका भेलाले शिवप्रसाद भट्टको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो । उक्त भेलाले उप–सभापतिमा सोमेश तामाङ, सचिवमा श्रद्धा ढुङ्गाना र कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराईलाई चयन गरेको छ । यस्तै,सदस्यहरुमा दोलानन्द अधिकारी, अकिल बहादुर तामाङ, बम बहादुर तामाङ र बिक्रम तामाङ चयन भएको रास्वपा नुवाकोटका उप–सभापतिमा लक्ष्मी पाण्डेले बताउनु भएको छ ।  ...
बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

मुख्य समाचार, राजनिती, समाचार
हेटौँडा,१७ असार । बागमती प्रदेशसभाको बैठक (आज) आइतबार बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा भवन हेटौँडामा बस्न लागेको हो । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ । गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी वर्ष २०८०–८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि बैठक ३ दिनका लागि स्थगित गरिएको थियो ।...
प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयक २०८० माथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयक २०८० माथि छलफल हुने

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं ,असार १७ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार (आज ) बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । संसद् सचिवालयका अनुसार बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसै विधेयक माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ भने अर्थमन्त्री महतले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...
(जसपा)नेपालको विधान अधिवेशन आजदेखि प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदै

(जसपा)नेपालको विधान अधिवेशन आजदेखि प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदै

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,१० असार । जनता समाजवादी पार्टी (जसपा)नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन आज बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु हुनेछ । केन्द्रिय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, देशभरका भ्रातृ संगठन लगायतबाट तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् । विधान अधिवेशनको पहिलो दिन अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।...
मन्त्री किरातीले भने प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा देशमा शान्ति स्थापना भयो

मन्त्री किरातीले भने प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा देशमा शान्ति स्थापना भयो

मुख्य समाचार, राजनिती, समाचार, साहित्य/कला
काठमाडौं, असार ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको बाटो तर्फ ठूलो जग हाल्नसक्ने सम्भावना रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै पर्यटनमन्त्री किरातीले यस्तो बताउनुभएको हो । पर्यटनमन्त्री किरातीले प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताउनुभयो । उहाँले भुगोलका हिसावले सानो भए पनि नेपाल संस्कृति र भाषाका हिसावले सानो नभएको बताउनुभयो । ‘‘प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ । संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ । विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनु पर्छ । साहित्य संस्कृतिमा तपाईहरुले योगदान गरिदिनुहोस् अब हामी सुशासनक...
चित्त बुझ्नेगरि काम नगरे यो गठबन्धन फेरिन्छ : महामन्त्री थापा

चित्त बुझ्नेगरि काम नगरे यो गठबन्धन फेरिन्छ : महामन्त्री थापा

राजनिती, समाचार
काठमाडौं,असार ९ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरि काम नगरे यो गठबन्धन फेरिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले गठबन्धन ठीक ढंगले नचले र चित्त बुझेन भने गठबन्धन फेरिने बताएका छन् । नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको उनको भनाइ छ ।...
टोपबहादुर खोज्दै प्रहरी, अहिलेसम्म परेका छैनन् पक्राउ

टोपबहादुर खोज्दै प्रहरी, अहिलेसम्म परेका छैनन् पक्राउ

अपराध, ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं- नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझी अहिलेसम्म (शुक्रबार बिहान १० बजेर ७ मिनेट) पक्राउ परेका छैनन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । “पक्राउ पर्नुभएको छैन,” नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले भने, “हामीले खोज्दै छौँ । फेला पर्नुभएको छैन ।” नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरुद्ध गएको बुधबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रकम ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । सोही प्रकरणका उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।...
अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण र रोजगारी दिनुपर्छ : माधव नेपाल

अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण र रोजगारी दिनुपर्छ : माधव नेपाल

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने बताएका छन् । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै उनले रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा हुने बताएका हुन् । धनगढीमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले भने, ‘यसबारे कुरा उठेकै हो । यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन । पीडितहरूलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ ।’ मुलुक आर्थिक सङ्कटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने उनको तर्क छ । यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको उनको बताए । अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक सङ्कटबारे गठ...