Saturday, April 18
Shadow

राजनिती

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिएका हुन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००  मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे । सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदा...
एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित,  पाए १६७ सांसदको मत

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित, पाए १६७ सांसदको मत

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।  घिमिरे झापा–२ बाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००  मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे । सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त...

 मधेशले यसको प्रतिकार गर्नेछ ,मधेसी र थारुलाई पाखा लगाइयो : सिके राउत

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ । बुधबार राति ट्वीटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् । कुरा केवल जनमत पार्टीको होइन, जसपा , लोसपा , जनमत र नाउपा सबैलाई पाखा लगाउँदै ३शासकवर्गले बूलडोज गरेको हो, उनको आक्रोश छ । सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए । 'चरम नश्लवादीहरूको झुण्ड  पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्।  मधेशले यसको प्रतिकार गर्नेछ,' उनको ट्वीटरमा  उल्लेख  छ । सुरुदेखि सरकार गठनमा ...
नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नवनियुक्त मन्त्रीहरूले मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधान तथा ऊर्जा मन्त्रीमा राजेन्द्र लिङदेनले शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी र सुशीला श्रीपालीले संस्कृति पर्यटन राज्यमन्त्रीको शपथ लिएकी छन् । यस्तै नेकपा एमालेबाट हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वास्थ्य मन्त्री बनाएको छ । यसै गरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीको शपथ लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम मन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएकी छन् । यस्तै राप्रपाबा...
बागमती प्रदेश : मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

बागमती प्रदेश : मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे छलफलका लागि आज मंगलबार दिउँसो १२ः३० बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा मुख्यमन्त्रीले जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जानकारी गाइसकेको छ । जम्कट्टेल गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । २५ गते नियुक्त भएका मुख्यमन्त्री जम्मकट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपा...
प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद् बैठक

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार आज बिहान ११ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेकाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्। उनले पहिलो चरणमा आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए। सारथिमध्ये तीनजना उपप्रधानमन्त्री छन्। जसमा विष्णुप्रसाद पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन्। एमालेका पौडेलले अर्थ, माओवादीका श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र रास्वपाका लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। अन्य मन्त्रीमा एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र जनमतबाट अब्दुल खान छन्।...
देशभक्त बौद्धिक समुदायको ध्यानाकर्षण पत्र बुझ्ने समय दिएनन प्रधानमन्त्रीले

देशभक्त बौद्धिक समुदायको ध्यानाकर्षण पत्र बुझ्ने समय दिएनन प्रधानमन्त्रीले

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
स्वतन्त्र बौद्धिक समुदायले रिपोर्टस क्लबमा एक कर्यक्रम गरि प्रधानमन्त्री लाई नीति तथा कार्यक्रम निर्माणमा ध्यानाकर्षण गरेको छ । उक्त कार्यक्रम गोविन्द बोहरा ब्राह्मण ले संचालन गर्नुभएको थियो भने अध्यक्षता राजिव झा ले गर्नु भएको थियो । वक्ताहरूमा, राजिव झा, गोविन्द बोहरा "ब्रह्माण्ड", भुमिनन्द देवकोटा, नारायण शर्मा पौडेल, अनिल सिंह , दिनेश खनाल । भुमिनन्द देवकोटाले ध्यानाकर्षण पत्र पढेर ब्याख्या गर्नुभएको थियो । अनिल सिंहले आजसम्मका प्रगतिशील क्रान्तिकारी भनेर आएका कुनै पनि पार्टीले आफ्नो जनता प्रतिको दायित्व बुझ्न सकेनन । यस्तै हो भने अब जनताले फेरि अर्को आन्दोलन / युद्ध गर्ने स्थिति आउँछ यस्तो अवस्था हुन दिने छुट यो सरकारलाई छैन भन्नुभयो । नारायण पौडेलले आफू माओवादी युद्धमा लाग्दाको आदर्श र नारा जनताको पक्षमा नभएकोले आफुले पुनः आन्दोलनमा भाग लिन पर्ने स्थिति भएको बताउनुभयो । कार्यक्रम...
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चितता लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निर्णय भएको बताएका हुन् । उनले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिए । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको  बताए । उनले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए । उनले भने, ‘अर्थ...
बिकासको बहसमा बिहारको दृष्टान्त

बिकासको बहसमा बिहारको दृष्टान्त

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, विचार
- केशव दाहाल    सभ्यताले मान्छे, प्रकृति, समाज, संस्कृति, अर्थतन्त्रका विविध पक्षहरूको समग्र चित्र दिन्छ। हामीले विकासका बारेमा सोच्दा समग्र प्रकृतिबारे सोच्नुपर्छ। मान्छेबाहेकका जनावर, चराचुरुङ्गी र पर्यावरण पनि सोच्नुपर्छ। विकासको 'हार्डवेयर'मात्र होइन, सफ्टवेयरबारे पनि सोच्नुपर्ने हुन्छ। कला संस्कृति, संगीत र सभ्यताबारे पनि सोच्नुपर्ने हुन्छ। मानव समाजको समग्र चीज नै सभ्यता हुन् र सभ्यतालाई एक कदम अगाडि लैजाने कुरा विकास हो। तर, हाम्रा राजनीतिक अगुवाहरूले केबल पूर्वाधारलाई मात्रै विकासका रूपमा बुझ्ने गरेको देखिन्छ। पूर्वाधारभित्र पनि चौडा सडक, ठूला घर, ठूलो संरचना, ठूला एयरपोर्ट, रेल बनाउने त्यसबाट कुस्त पैसा कमाउने हुने कुरालाई नै विकास बुझिने गरेको छ। आम मान्छेले कुनै पनि कुराको आयतन बढ्नुलाई मात्रै विकास ठान्ने गरेका छन्। चुनावमा कुनै पार्टीले धेरै सिट ल्याए त्यस पार्टीको वि...
२५ मन्त्रालय  र पाँच उपप्रधानमन्त्री  बनाउने तयारी

२५ मन्त्रालय र पाँच उपप्रधानमन्त्री बनाउने तयारी

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्याउन त्यस्तो तयारी थालेका हुन् । प्रधानमन्त्री दाहालले आफ्नै पार्टी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका साथै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्रीको जिम्मेवारीमा सरकारमा सहभागी गराइसकेका छन् । अब राप्रपा र जसपालाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउने तयारी उनले गरेका हुन् । पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्र दुई दललाई उपप्रधानमन्त्रीसहित सरकारमा स...