Friday, April 19
Shadow

अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयप्रति माधव नेपालको विरोध


  • -इ
  • इ+

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अयोग्य लडाकुलाई दुई दुई लाख दिने निर्णय गलत भएको बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले शुक्रबार जनकपुरधाममा समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारको उक्त निर्णयको विरोध गरेका हुन् ।

देशमा आर्थिक सङ्कटका बीच प्रचण्ड नेतृत्वको सरकारले आफ्नै नेतृत्वको जनयुद्धका अयोग्य लडाकुहरू रकम दिनु गलत रहेको नेपालको भनाई छ ।

अध्यक्ष नेपालले यस्तो आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत रहेको भन्दै उनले यो निर्णय पहिलाकै हो कि नयाँ हो ? भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट पार्न आग्रह गरे।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares