Friday, March 29
Shadow

सहिद सम्झना , कस्तो हाेला आन्दाेलन कारीहरुकाे अबस्था !


  • -इ
  • इ+

माघ १६ आज सहिद दिबस केही अग्रजहरुकाे याद आयाे जबानीमा आफ्नाे उर्जा पार्टीलाई समर्पण गरेर बुढेसकाल बेहाेरि रहनु भएका मातातीर्थका शिबगाेपाल रिजाल , त्यसै गरि अर्का लाेकतन्त्रकालागि जीवभर दुख झेलेर पार्टीका लगि बम समेत बाेकेर जाखिम जीवन बिताएका स्व स्यालाल श्रेष्ठकाे परिबार, लाेकतन्त्रका लागि चिन्ता गरिरहने र समकालीन साथीहरुकाे सम्झना गरिरहने सल्यानथानका ध्रुब खनाल , २०६२ /०६३ आन्दाेलनमा सकृय सहभागिता जनाउदा धाइते भएर सरीरकाे अङ्गनै गुमाएर पनि पुनर जीवन पाउनुभएका केदारनाथ तिमिल्सेना,पार्टीले आफुलाई अपमान सहन नसकि राजनीतिबाट अलगिएकी प्राध्यापक सुप्रभा धिमिरे जसकाे याेगदान लाेकतन्त्रका लागि अबिस्मरणीय छ,जेष्ठनागरिक स्याम बहादुर खड्का जाे प्रजातन्त्रशेनानी सङ्घ काठमाण्डौंकाे सभापति हुनुहुन्याे। प्रतिकुल स्वास्थ्य अबस्था हुदापनि अझै सङ्गठनमा देखिनु हुन्छ,कमला सर्मा राई उहाकाे २०६२/०६३ काे आन्दाेलनमा जेष्ठमहिलाकाे रुपमा कृयाशीलता थियाे,जेष्ठ आन्दोलनकारी समरज्ङग पाण्डे जाे कुलेस्वर तिर बस्नु हुन्थ्याे सपरिवार छाेरा नातीहरु सहित सधै आन्लदोनमा सहभागी हुने गर्नु हुन्थ्याे । गजेन्द्र मानन्धर आन्दाेलनका सामग्री झण्डा ब्यानर लिएर स्थायी आन्दाेलनकारीकाे रुपमा उपस्थित हुने र जनता उपस्थिति गराउने प्रयत्न फान पत्राचार मा सकृय रहनेथे। हरिबाल भट्टराई जाेअान्दालनमा गणतन्त्रकाे भाषण गर्ने गर्थे पछि बिपि बिचार भन्दै राजतन्त्र स्थापनामा लागेका थिए ,बिष्णुदेबी पुडासैनी दैनिक महिला सङ्ग समूह सहित उस्थित हुने गर्थिन, गाेमा देबी गुरुङ कृयाशील भएर पनि नेताकाे नजर बिमुख भएकी नरन्तर लाकतन्त्र लागि समरपित जनजाति महिला हुन, बीरेन्द्रभक्त श्रेष्ठ कुखुराकाे भाले चुनाब चिन्हले पंचायत बिरुद्ध धाबा बाेलेका ब्यक्तित्व अहिले पनि राजनीति मा चासाे राखिनै रहनु हुन्छ , शलिना पाण्डे (मर्सलजुलुम शाक्यकी अर्धाङ्गिनी) महिला सङ्धकाे नेतृ हुन। पार्टी बाट सुबिधा पाएका जेष्ठ हरुकाे नाम नलिई सबैलाई जयनेपाल ! यस्ता धेरै ब्यक्तित्व हुनुहुन्छ काठमाडौं जिल्लाका जाे अझै पार्टी मा सकृय हुनुहुन्छ वहाहरुकाे सम्झेर पनि उल्लेख गर्न अाबस्क ठानिन । प्रतिगमन बिरुद्धकाे आन्दाेलन पटक पटक धेरै पटक रगत बगाएर कही बर्ष अगाडि स्वर्गे हुनुभएका गाेपाल प्रसाद सुबेदीकाे परिबारकाे अबस्था के हाेला । यस्ता लाेकतन्त्रबादी काे पसिनाले पार्टीका उच्च ओहाेदामा पुगेर नाम र दामकाे सुबिधा अार्जन गर्नेले यस्ता लडाकु प्रति केही चासाे राखेमा उहाहरुकाे अशिर्बादले लाेकतन्त्रमा आधात्मिक शक्ति मिल्थ्याेकि ? माओकाल , पंचायत कालमा यातना दुख पाएका लुटिएका धेरै याेद्धाहरु हुनुहुन्छ काठमाण्डाैमा मैले मेराे सम्झनाम आफ्नाे कार्यर्कालमा बेहाेरेकाे जेष्ठहरु र सकृय हरुककाे प्रतिनिधिकाेरुपमा केहीनाम उल्लेख गरे हु। आन्दाेलनमा प्रचार प्रसार गर्ने पत्रकार जगतकाे उल्लेख्य याेयदान जति प्रसम्सा गरे पनि कमै हुन्छ मीनबज्राचार्य लगायतका सम्पूर्ण फाेग्राफर पत्रकालाई त सम्झने राज्यकाे चलननै छैन।खाेलातर्याे लाैराे बिर्सने परम्पराले गर्दा देशभर लाेकतन्तन्र स्थापनाका लागि जीवन अर्पेर काम गरेका याेगदान पुर्याएका राजनीति कर्मी जसले आफ्ना परिबार भन्दा देशकाे स्वतन्त्रतनकाे लागि मरिमेटे त्यस्ता लाेकतन्त्रका अनुयायी उनका परिबारकाे लगत राखी राेजगार एबअबसर दिन सके जनतामा भएकाे नैरास्यता समेत घटदै जानेछ । सहिद दिबसले सबैमा प्रेरणा देवाेस । राजनीतिमा सकृय रहनु भएका र राज सुबिधामा पुगेकाे र काठमाडौं बाहिरका नाम मैले उल्लेख गरिन क्षमा पार्थी छु।
लेखक – गाैरी प्रसाद दबाडी ,    नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य                                                                 २०६२/०६३ आन्दाेलन परिचालनकाे काठमाडौं कांग्रेस जिल्ला सचिब

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares