Friday, April 24
Shadow

राजनिती

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, चैत २ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको पनि उनले जानकारी दिए । सर्वदलीय बैठकको एजेण्डा नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको बुझीएको छ ।...
नेपाल-खनाल पक्षको निष्कर्ष:  भेला पनि नरोक्ने र चियापानमा पनि नजाने

नेपाल-खनाल पक्षको निष्कर्ष: भेला पनि नरोक्ने र चियापानमा पनि नजाने

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत २ । नेकपा एमालेको नेपाल-खनाल पक्षले चैत्र ४ र ५ गते बोलाएको कार्यकर्ताको राष्ट्रिय भेला नरोक्ने भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा ओली पक्षसँग भएको छलफलपछि नेपाल-खनाल पक्ष यस्तो निष्कर्षमा पुगेको हो । आफु पक्षका सांसद र केन्द्रीय सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग भएको भेटघाटका बारेमा ब्रिफिंग गर्दै नेपाल(खनाल पक्षले राष्ट्रिय भेला पनि नरोक्ने र मंगलबार प्रधानमन्त्री ओलीले बोलाएको चियापानमा पनि नजाने निर्णय गरेको हो । भेलामा सहभागी एक नेताका अनुसार ओली पक्ष पार्टी एक गरेर अगाडी बढ्ने मनसायमा नरहेको निष्कर्ष निकालेका छन् । नेपाल(खनाल पक्षले अध्यक्ष ओलीलाई फागुन २८ गतेको निर्णय मान्न नसकिने भन्दै सर्वोच्चको फैसला अनुसार पूर्ववत स्थिति अनुसार पार्टी अगाडी बढ्नु पर्ने आफ्नो धारणा राखेको थियो । अध्यक्ष ओलीले भने फागुन २८ को निर्णय खारेज गर्न...
प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई फोन, भेटवार्ताको प्रस्ताव!

प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई फोन, भेटवार्ताको प्रस्ताव!

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत २ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । उनले फोनमा भेट गर्न प्रस्ताव गरेका छन् । सोमबार टेलिफोन गरेर प्रधानमन्त्री ओलीले प्रचण्डसँग भेट्ने प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले बताए । यता ओलीको भेट्ने प्रस्तावलाई प्रचण्डले आफु पार्टीको बैठकमा भएको जनाकारी दिदै पछि जवाफ दिने बताएको बुझएको छ ।प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्ने नभेट्ने बारे अहिलेसम्म स्पष्ट भने नभएको बताइएको छ । ओली र प्रचण्डबीच पछिल्लो पटक पुस १५ गते प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न ओलीले नै फोन गरेको बेलामा भएको थियो ।...
ओलीले गरे चियापान कार्यक्रम आयोजना , नेपाल पक्षलाई पनि निम्तो

ओलीले गरे चियापान कार्यक्रम आयोजना , नेपाल पक्षलाई पनि निम्तो

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत २ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११ बजेदेखि चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम राखिएको हो । प्रधानमन्त्री ओलीको तर्फबाट पठाइएको एसएमएस वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई पनि पुगेको छ । चियापान कार्यक्रममा नेपाल पक्षका सबै नेतालाई डाकिएको हो । ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले एसएमएसमार्फत सो कार्यक्रममा उपस्थित हुन निम्तो पठाएका हुन् । ओलीले यही चैत ७ एमाले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उक्त बैठकमा सहभागी हुने सबै केन्द्रीय सदस्यहरुलाई चियापानको निम्तो दिइएको हो । यसलाई ओली पक्षले चैत ७ को बैठकका लागि पूर्वतयारी र आत्मियता बढाउने माध्यमका रुपमा व्याख्या गरेको छ । तर सर्वोच्चको निर्णयपछि पार्टी २०७५ जेठ २ ...
ओलीको विकल्प बन्लान् त देउवा ?

ओलीको विकल्प बन्लान् त देउवा ?

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती, विचार
काठमाडौं, चैत २ । कांग्रेसको सहभागिताबिना मुलुकले प्रधानमन्त्री केपी ओलीको विकल्प पाउने सम्भावना कमजोर बन्दै गएको छ। तर सत्ताका लागि सधैं मरिहत्ते गर्ने आरोप खेप्दै आएका शेरबहादुर देउवाको प्राथमिकतामा प्रधानमन्त्री परेको छैन। नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहका नेताहरूले समेत ओलीको विकल्प दिन सभापति देउवाले सरकारको नेतृत्वका लागि अग्रसरता लिनुपर्ने र त्यसका लागि आफूहरूको पूर्ण समर्थन रहेको पदाधिकारी बैठकमा बताएका छन्। यसअघि पौडेलसहित संस्थापन इतर समूहका नेताहरू देउवा प्रधानमन्त्री हुँदा पार्टीको महाधिवेशनमा समेत प्रभाव पर्ने भन्दै उनलाई कुनै हालतमा रोक्नुपर्ने पक्षमा थिए। तर देउवाले प्रधानमन्त्रीका लागि पार्टी हतारिने पक्षमा नरहेको बताउँदै आएका छन्। देउवाले आइतबार बारामा आयोजित कार्यक्रममा विगतमा मुलुकमा आइपरेका संकटको निकास कांग्रेसले दिँदै आएको बताए। अहिलेको संकटबाट मुलुकल...
बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन माओवादी केन्द्रको निर्देशन , २४ घण्टे स्पष्टीकरण माग

बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन माओवादी केन्द्रको निर्देशन , २४ घण्टे स्पष्टीकरण माग

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २९ । नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । सरकारमा बादल गृहमन्त्री, लेखराज भट्ट उद्योगमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, मणि थापा खानेपानीमन्त्री, प्रभु साह सिँचाईमन्त्री, दावा लामा खेलकुदमन्त्री र गौरीशंकर चौधरी श्रममन्त्री छन् । बादल माओवादी केन्द्रको नेतृत्व गर्दै ओली सरकारमा गएका हुन् भने भट्ट माओवादीकै कोटामा मन्त्री बनेका थिए । पाँचमन्त्री भने साबिकको नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएपछि बनेका हुन् । नेकपा विभाजनमा प्रचण्ड–माधव समूह छाडेर आफूतिर आएका उनीहरुलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका हुन् । २...
नेपाल–खनाल समूहले बोलायो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला

नेपाल–खनाल समूहले बोलायो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला

ब्यानर समाचार, राजनिती
काठमाडौंं, फागुन २९ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकले आउँदो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता भीम रावलले जानकारी दिएका छन् । बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका पदाधिकारीहरु हटाएर माओवादी केन्द्रबाट सरकारमा रहेकाहरुलगायत २३ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेपछि नेपाल–खनाल पक्ष आक्रोशित बनेको छ । ओलीको ‘एक्सन...
प्रचण्ड भन्छन् -अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न होइन

प्रचण्ड भन्छन् -अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न होइन

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पारेका छन् । प्रकाश बिकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन गर्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न नभएको स्पष्ट पारेका हुन् । सबैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको उनले जिकिर गरे ।उनले यसअघि पनि पटक पटक आफूलाई राक्षस प्रवृत्तिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए । त्यस्तै, प्रचण्डले जनताको बिचार सही भए सही नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे । आफूलाई पटक–पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफूलाई जोगाएको बताउँदै प्रचण्डले अबको आन्दोलन प...
अब कम्युनिष्टहरुसँग लड्ने बेला आयो:  सभापति देउवा

अब कम्युनिष्टहरुसँग लड्ने बेला आयो: सभापति देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन २९ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुसँग लड्ने बेला आएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले ओलीले कम्युनिष्ट एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेको बताउदै अहिले सबैभन्दा महत्वपूर्ण कुरा प्रजातन्त्र भएको बताए । उनले अहिले कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुपर्ने बताउदै उनले काँग्रेस बाहेकका पार्टी प्रजातन्त्रवादी नभएको दाबि गरे ।सभापति देउवाले काँग्रेसले सत्ताका लागि लोभ र हतार गर्नुनहुने भन्दै परिस्थिति आएमा जिम्मेवारीबाट नभाग्ने बताए । उनले भने,‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’ कार्...
नेपाल पक्षीय एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ओलीविरूद्ध रणनीति तय गर्ने

नेपाल पक्षीय एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ओलीविरूद्ध रणनीति तय गर्ने

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, फागुन २९ । नेकपा एमालेको माधव नेपाल पक्षले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ ।बैठक ११ बजे डाकिएको छ । बैठकमा काठमाडौँमा उपलब्ध नेपाल पक्षका केन्द्रीय सदस्यहरू भेला हुने भएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकपक्षीय रूपमा कमिटी पुनर्गठन तथा विस्तार तथा महाधिवेशनको मिति तोकिएको बारे छलफल हुनेछ । अध्यक्ष ओलीले पेल्न खोजेको निष्कर्ष निकाले नेपाल समूहले त्यसको सशक्त प्रतिवादका लागि समानन्तर कमिटी गठन गर्दै अघि बढ्ने जनाएको छ । शुक्रबार साँझ बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले केन्द्रीय अध्यक्ष ओलीलाई पार्टीको समानान्तर कमिटी बैठकमार्फत चुनौती दिने निर्णय गरेको छ । माधव नेपाल पक्षलाई थाहै नदिइ एमालेको केन्द्रीय कमिटी बैठकले शुक्रबार अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गरेको थियो ।...