Wednesday, April 24
Shadow

नेपाल पक्षीय एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ओलीविरूद्ध रणनीति तय गर्ने


  • -इ
  • इ+

काठमाडौँ, फागुन २९ । नेकपा एमालेको माधव नेपाल पक्षले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ ।बैठक ११ बजे डाकिएको छ । बैठकमा काठमाडौँमा उपलब्ध नेपाल पक्षका केन्द्रीय सदस्यहरू भेला हुने भएका छन् ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकपक्षीय रूपमा कमिटी पुनर्गठन तथा विस्तार तथा महाधिवेशनको मिति तोकिएको बारे छलफल हुनेछ ।

अध्यक्ष ओलीले पेल्न खोजेको निष्कर्ष निकाले नेपाल समूहले त्यसको सशक्त प्रतिवादका लागि समानन्तर कमिटी गठन गर्दै अघि बढ्ने जनाएको छ ।

शुक्रबार साँझ बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले केन्द्रीय अध्यक्ष ओलीलाई पार्टीको समानान्तर कमिटी बैठकमार्फत चुनौती दिने निर्णय गरेको छ ।

माधव नेपाल पक्षलाई थाहै नदिइ एमालेको केन्द्रीय कमिटी बैठकले शुक्रबार अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गरेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares