Friday, April 26
Shadow

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक


  • -इ
  • इ+

काठमाडौं, चैत २ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको पनि उनले जानकारी दिए ।

सर्वदलीय बैठकको एजेण्डा नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको बुझीएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares